सरकारसँग कांग्रेस रिसायो: तीनवटै विधेयक फिर्ता नलिए आन्दोलनको चेतावनी

 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका तीनवटा विधेयक सरकारले फिर्ता नलिए संसद र सडकबाट विरोध गर्ने भएको छ । 

सरकारले मिडिया काउन्सील, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटा विधेयक ल्याएकामा सरोकारवाला पक्षहरुबाट चर्को विरोध भैरहेको छ । कांग्रेसले यसबारे संसदीय दलमै छलफल गरेपछि यी तीनवटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

बुधबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले तीनवटै विधेयक संविधान प्रतिकूल रहेको निष्कर्ष निकाल्दै  तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

दलको बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँणले भने,‘संविधानको प्रस्तावना र भावना प्रतिकूल हुनेगरी आएका ती विधेयकहरु तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।’  

कांग्रेसले सरकारले ल्याएको मिडियासम्बन्धी विधेयकले प्रेस स्वतन्त्रताको हनन् गर्ने, मानव अधिकारसँग सम्बन्धित विधेयकले मानव अधिकारको अपमान गर्ने र राष्ट्रिय सुरक्षा परिषदसँग सम्बन्धित विधेयकले नेपाली सेनालाई प्रयोजनहिन बनाउने निष्कर्ष निकाल्दै त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको स्पष्ट पारेको छ ।

बैठकले ती विधेयक तत्काल फिर्ता गरेर संसदलाई सहज ढंगले संचालन नगरे सरकारविरुद्ध सडक र सदन दुवैमा संघर्ष चर्काउने चेतावनी पनि दिएको छ ।

प्रमुख सचेतक खाँणका अनुुसार, ती विधेयक तत्काल फिर्ता नलिए सरकारविरुद्ध सदन र सडक दुवै ठाउँबाट विरोध कार्यक्रम आयोजना गरेर दवाव सिर्जना गर्ने निर्णय गरिएकोे छ ।

 
 

अन्योलमा गणतन्त्र स्तम्भ

काठमाडौँ, १० जेठ ।  देशमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा निर्माण गर्न भनी नक्साको ढाँचा तयार गरिएको गणतन्त्र स्तम्भ अझै बन्ने नबन्ने अन्योलमा छ ।

नागरिकता विधेयकविरुद्ध तीन दल

बलेवा, ९ जेठ ।राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् ।केही

 नेताहरु नै बोल्न छाडे कांग्रेसमा !

काठमाडौं । नेपाली कांग्रेस जागरण अभियानमा जुटिरहेका बेला स्थानीय तहका नेता कार्यकर्ताले शीर्ष नेतृत्वलाई आलोचनाको तारो बनाईरहेका छन्

 प्रहरी र विप्लव कार्यकर्ताबीच मुठभेट

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच मुठभेट भएको छ ।