फरार रहेका राजनारायण पाठक विशेष अदालतमा उपस्थित

काठमाडौं, १ जेठ । नेपाल इन्जिनियरिङ कलेजको अनियमितता लुकाउने क्रममा भ्रष्टाचार गरेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राज नारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन् ।

यसअघि उक्त अनियमितता लुकाउन कलेजका तत्कानीलन अध्यक्ष लम्बोदर न्यौपानेले ७८ लाख रुपैयाँ घुस दिएको विषयमा भिडियो नै सार्वजनिक भइसँगै पदबाट राजिनामा दिएका पाठक फरार रहेका थिए ।

उनी विरुद्ध अख्तियारले गत चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आज उनी अदालतमा उपस्थित भएसँगै उनको बयान चलिरहेको थाहा भएको छ ।

बयानपछि बुधबार नै थुनछेकको लागि सुनुवाई हुने बुझिएको छ । सोही सुनुवाई पश्चात उनलाई पुर्पषका लागि थुनामा राख्ने वा धरौटी माग्ने वा साधारण तारेखमा राख्न आदेश दिइने सम्भावना रहेको छ ।

उनीसँगै मुद्दा लागेका अर्का प्रतिवादी लम्बोदन न्यौपाने भने हालसम्म फरार रहेका छन् ।

 

 

प्रेसरकुकर बमसहित विप्लवका सात कार्यकर्ता समातिए

  काठमाडौँ । काठमाडौँको नरेफाँटबाट बम बनाउने सामग्रीसहित नेत्रविक्रम चन्द विप्लवका सात कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको साथबाट

 गृहमन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला

 नागढुङ्गा र लगनखेलमा पनि बम भेटियो

काठमाडौं । काठमाडौँको नागढुङ्गा र ललितपुरको लगनखेलमा बम फेला परेको छ ।  नागढुङ्गाको इँटाभट्टा नजीकै भएको बम विस्फोटमा दुई जना घाइते भएको महानगरीय

विस्फोटमा विप्लव समूहको संलग्नता, तीनको मृत्यु

 काठमाडौँ  ।  तीन जनाको ज्यान जाने गरी आईतबार अपराह्न भएको विस्फोटमा विप्लव नेतृत्वको समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरीय