फरार रहेका राजनारायण पाठक विशेष अदालतमा उपस्थित

काठमाडौं, १ जेठ । नेपाल इन्जिनियरिङ कलेजको अनियमितता लुकाउने क्रममा भ्रष्टाचार गरेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राज नारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन् ।

यसअघि उक्त अनियमितता लुकाउन कलेजका तत्कानीलन अध्यक्ष लम्बोदर न्यौपानेले ७८ लाख रुपैयाँ घुस दिएको विषयमा भिडियो नै सार्वजनिक भइसँगै पदबाट राजिनामा दिएका पाठक फरार रहेका थिए ।

उनी विरुद्ध अख्तियारले गत चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आज उनी अदालतमा उपस्थित भएसँगै उनको बयान चलिरहेको थाहा भएको छ ।

बयानपछि बुधबार नै थुनछेकको लागि सुनुवाई हुने बुझिएको छ । सोही सुनुवाई पश्चात उनलाई पुर्पषका लागि थुनामा राख्ने वा धरौटी माग्ने वा साधारण तारेखमा राख्न आदेश दिइने सम्भावना रहेको छ ।

उनीसँगै मुद्दा लागेका अर्का प्रतिवादी लम्बोदन न्यौपाने भने हालसम्म फरार रहेका छन् ।

 

 

बाढीमा युवक बेपत्ता

सप्तरी, ८ साउन । सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बगेर आज सोही ठाउँका मो सलामतका छोरा ३४ वर्षीय मो नसिर मियाँ बेपत्ता भएका छन्

यात्रु र चालकको सहयोगी बन्दै मेट्रो ट्राफिक एफएम

काठमाडौँ, ८ साउन  । रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा सञ्चालनमा रहेको मेट्रो ट्राफिक एफएम (एफएम९५.५ मेगाहर्ज) यात्रु र चालकको सहयोगी

एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने

काठमाडौँ, ८ साउन ।  थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन्

करेन्ट लागेर एकको मृत्यु

विदुर, ८ साउन । करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय