कतै तपाइँको मोटरसाइकल असुरक्षित ठाउँमा पार्किङ गरिएको त छैन ?

काठमाडौं । तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ । 

    चोरहरुले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपाइँको मोटरसाइकल भेटिने सम्भावना कम छ । काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गरेर पार्टपूर्जा परिवर्तन गर्ने चोरहरु सक्रिय छन् । मोटरसाइकल ग्यारेज सञ्चालक समेत यसमा संलग्न भएको खुल्न आएको छ । 

    यस्तै घटना काठमाडौँको गोकर्णेश्वरको अत्तरखेलमा भएको छ । स्थानीय राजन कार्कीको पार्किङ गरिएको मोटरसाइकल वैशाख २८ गते चोरी भएको भनी महानगरीय प्रहरी वृत्त बौद्धमा आएको निवेदन दर्ता भयो । त्यसको अनुसन्धान गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीको मोटरसाइकल मर्मत केन्द्रमा विभिन्न मोटरसाइकलका पाटपूर्जा फेला परेका छन् । 

    मोटरसाइल मर्मत केन्द्र ९ग्यारेज०मा चोरीको मोटरसाइकल लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले उक्त स्थानमा खोजी गर्दा उनको मोटरसाइकलका पार्टपूर्जा मोटरसाइकलबाट अलग्याइएको अवस्थामा फेला परेको थियो । 

    ग्यारेजमा फेला परेका अन्य ब्राण्डका मोटरसाइकलका पार्टपूर्जासमेत चोरीको भएको आशङ्का गरियो । ती पार्टपूर्जा बरामद गरी सम्बन्धित तीन जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएको छ । पक्राउ पर्नेमा काठमाडौँको शङ्खरापुर नगरपालिका–५ पालुबारीका ग्यारेज सञ्चालक तिलकबहादुर तामाङसहित निराजन ओझा र मोहम्मद सज्जाद खान रहेको बोगटीले बताए। 

    उक्त ग्यारेजबाट पार्टपूर्जा अलग गरिएको मोटरसाइकलको ट्याङ्की छ थान, साइलेन्सर पाइप, रिङ, टायर, लेगगार्ड र इञ्जिन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले पाटपूर्जा निकालेर फरकफरक मोटरसाइकलमा जोड्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । राससका अनुसार, प्रहरीले यसअघि पनि यस्ता घटना भइरहेकाले आफ्ना सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न र राम्ररी ताला लगाउन  अनुरोध गरेको छ । 

बाबुरामको ऐंसेलु मोह

काठमाडौं, ५ जेठ । राजनीतिक दल परिवर्तनमा निकै चञ्चल नेताको पहिचान बनाईरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अहिले गृहजिल्ला गोरखा पुगेका छन्

एकै वडामा १६३ को बालबिबाह

डोटी, ३१ वैशाख । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा

अवैध व्यवसायमा संलग्न एकदर्जन भारतीय याक एण्ड यति होटलबाट पक्राउ

  काठमाडौं । अवैध व्यवसाय संचालन गर्न नेपाली युवालाई तालिम दिन आएका भारतीय व्यवसायलाई प्रहरीले एक पाँचतारे होटलबाट नियन्त्रणमा लिएको छ । नेपालमा

जौको सातु र सर्वत खाई मनाइँदै अक्षय तृतीया

काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट