एएफसी कपको एक खेलका सबै निर्णायकहरु महिला

क्वालालम्पुर, ३१ बैशाख । एसियाली फुटबल महासङ्घले मलेसियामा हुन लागेको पुरुषहरुको महादेशीय फुटबल प्रतियोगितामा सबै निर्णायकहरु महिला राख्ने घोषणा गरेको छ ।

जापानी मुख्य निर्णायक (रेफ्री) योशिमी यामाशिता र सहायक माकोटो बोजोनो तथा नाओमी तेशिरोगीलाई म्यान्मारको याङ्गुन युनाइटेड र कम्बोडियाको नागा वल्र्डबीचको खेल खेलाउने जिम्मेवारी दिइएको छ ।

थुवुन्ना रङ्गशालामा मङ्गलबार हुने यस प्रतिस्पर्धामा तीनै जना महिला निर्णायकले खेल सञ्चालन गर्नेछन् । एएफसीले एसियाली फुटबल महासङ्घको इतिहासमा क्लबस्तरीय खेलका लागि तीनै जना निर्णायक पहिलोपटक महिला रहेको जनाएको छ ।

एएफसी कपका खेलहरुमा यसअघि महिलाहरुलाई सहायक निर्णायकको भूमिकामात्र दिइएको थियो । सन् २०१४ मा पहिलोपटक अस्ट्रेलियाका सराह हो र एलिस्सोन फ्लाइनलाई यस्तो जिम्मेवारी दिइएको थियो ।

सन् २०१६ मा निर्णायकको दर्जा पाएकी अनुभवी यामाशिताले एएफसीको निर्णयप्रति प्रतिक्रिया जनाउँदै “मेरो सपना साकार हुन लागेकामा मलाई गर्व लागेको छ” भनिन् । रासस/एएफपी

 

एभिसी भलिबल : तुर्कमेनिस्तानद्वारा अफगानिस्तान पराजित

  काठमाडौँ, २ भदौ ।  तुर्कमेनिस्तानले अफगानिस्तानलाई पराजित गरी एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा

फ्रेन्च लिग : पिएसजी पराजित, खड्कियो नेयमारको अभाव

काठमाडौँ, २ भदौ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । प्रतियोगिताको दोस्रो खेलमा साविक च्याम्पियन पिएसजी रेनेससँग स्तब्ध

नेपाली युवा टोली भारत प्रस्थान

काठमाडौँ, २ भदौ । भारतको पश्चिम बंगालमा हुन लागको साफ यू १५ च्याम्पियनसीप खेल्न नेपाली युवा टोली भारत प्रस्थान गरेको छ ।  बुधबारबाट सुरु हुने

‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’

दमौली, २ भदौ । “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ