सुनिल ग्रोवरले भुलेनन् कपिलसँगको दुश्मनी

एजेन्सी । कमेडियन कपिल शर्मालाई सफलताको शिखरमा पु¥याउन महत्वपूर्ण भुमिका खेलेका सुनिल ग्रोवर हाल फिल्म ‘भारत’ को काममा व्यस्त छन् ।

दुईवर्ष अगाडि हवाइजहाजमा कपिलले दुव्र्यवहार गरेपछि टुटेको यि दुई पूर्व मित्रको सम्बन्ध अहिले सम्म जोडिन सकेको छैन । पछिल्लो समय विवाह गरेर बानी व्यवहार सुधारेका कपिलले त्यसबेला आफु गलत रहेको बताउँदै माफी मागेपनि सुनिलले कपिलसँग पुनः मिलेर काम गर्न अस्विकार गरिसकेका छन् ।

यहि विषयमा पछिल्लो समय एक अन्तर्वार्तामा कुरा गर्दै सुनिलले अझै दुश्मनी नभुलेको आशय व्यक्त गरेका छन् । डीएनएलाई दिएको अन्तर्वार्तामा उनले यसबारे बोलेका छन् ।

यसअघि अन्य प्रोडक्सन हाउसबाट संचालित ‘द कपिल शर्मा शो’ लाई अहिले सलमान खानको प्रोडक्सन कम्पनीले संचालन गरिरहेको छ । आफुले लगानी गर्ने भएकोले कपिलसँग काम गर्न सलमानले सुझाएको सुनिलले बताए ।

सलमानले उक्त शो मा आफुलाई फर्कन सुझाव दिएपनि आफु नगएको उनले खुलाशा गरे । कुराकानीकै क्रममा उनलाई ‘द कपिल शर्मा शो’ हेर्ने गर्नु भएको छ भन्ने प्रश्नमा उनले आफुले काम नगरेको शो आफुले नहेर्ने गरेको भन्दै कुटनैतिक जवाफ दिए ।

उनले कपिलको शो को कमजोरी उल्लेख गर्दै उक्त शो पुरानै कलाकारको पुरानै काम देखाइएको आरोप पनि लगाए । उनले आफुलाई कमेडी मनपर्ने भएकोले नयाँ टिम र नयाँ विषयवस्तुमा काम गर्ने इच्छा रहेको बताए ।

फिल्म ‘भारत’ मा सलमान खान, केटरीना कैफसँग काम गरेका सुनिल अहिले अन्य कार्यक्रमहरुमा पनि व्यस्त रहेको बताइन्छ ।   

 

सांसद बने यी बलिउड सेलिब्रेटीहरु

एजेन्सी । भारतको राजनीतिमा बलिउडको प्रभाव ठुलो रहेको एकपटक पुनः पुष्टी भएको छ । चुनावको मुखमा बलिउडका नायक नायिकालाई पार्टीमा प्रवेश गराई टिकट दिने

अजय देवगणले शेयर गरे २० वर्ष पुरानो तस्विर

एजेन्सी । चर्चित बलिउड नायक अजय देवगणले सामाजिक संजालमा २० वर्ष पुरानो तस्विर सार्वजनिक गरेका छन् । अजयले समकालीन नायिका तब्बूसँगको उक्त तस्विर

करीना र सैफको फिटनेस सूत्र यस्तो छ

एजेन्सी । बलिउडको चर्चित जोडी सैफ अली खान र करीना कपूर स्वस्थ्य जीवनशैली अपनाउने कलाकारको सूचीमा पर्छन् । व्यस्त फिल्मी करियरको बिचमा आफ्नो छोरा

१७ वर्षपछि को बन्छ करोडपतिको अंग्रेजी संस्करण बन्द हुँदै

एजेन्सी । प्रश्नको सहि जवाफ दिएर टन्नै पैसा जित्न सकिने रोचक टेलिभिजन शो ‘हु वान्ट्स टु बी मिलिनियर’ बन्द हुने भएको छ । सन् २००२ मा सुरु गरिएको यस