पाकिस्तानमा बम बिस्फोट, ४ प्रहरी मारिए

इस्लामाबाद, ३१ बैशाख । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा कम्तीमा चार जना प्रहरी मारिएका छन् ।

प्रहरीका अनुसार उक्त बिस्फोटमा अरु १२ जना घाइते भएका छनत् । सिभिल अस्पताल क्वेटाका प्रवक्ता वसिम बाइजले चार जना प्रहरीको मृत्यु भएको र घाइतेमध्ये एकको अवस्था निकै गम्भीर रहेको जानकारी दिए ।

प्रान्तका प्रहरी प्रमुख मोहसिन हसन बटले मस्जिद बाहिर सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी बम बिस्फोट गराइएको बताए । मस्जिदमा साँझको समय स्थानीयहरु नमाज पढ्न लागेकै समय बिस्फोट भएको थियो ।

उनले मस्जिद बाहिर पार्किङ गरिएको मोटरसाइकलमा बम राखेर रिमोट कन्ट्रोलबाट बिस्फोट गराएको देखिएको बताए । निकै शक्तिशाली देखिएको उक्त बिस्फोटबाट चारवटा सवारी साधनका साथै नजिकका दर्जनौं पसलमा क्षति पुगेको छ ।

प्रहरीले बिस्फोट नभएको अर्को एउटा बम पनि फेला पारेको थियो । उक्त बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

प्रधानमन्त्री इमरान खानले आक्रमणको निन्दा एवं भत्र्सना गरेका छन् । रासस/सिन्ह्वा

 

 मोदी संसदीय दलको नेतामा सर्वसम्मत  

नयाँ दिल्ली । भारतीय जनता पाटी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री

बेलायती प्रम थेरेसा मे द्वारा पार्टी अध्यक्ष पदबाट राजिनामा 

एजेन्सी । बेलायती प्रधानमन्त्री थेरेसा मे ले आगामी जुन ७ बाट लागु हुने गरी कन्जर्भेटीभ पार्टीबाट राजिनामा दिएकी छिन् ।  बेलायतलाई युरोपियन

गान्धी हराउने इरानीको सामाजिक संजालमा चर्चा

एजेन्सी । भारतीय लोकसभा चुनावमा काँग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई चुनावमा हराउन सफल भएकी नेतृ स्मृती इरानीको सामाजिक संजालमा चर्चा चुलिएको छ

घरभाडा आकाशिंदा गूगलका कर्मचारीलाई संकट

एजेन्सी । लामोदुरीको यात्रा गर्नेहरुको लागि गाडीको प्रयोग गर्नु सामान्य नै हो । सहज यात्राको लागि निजी सवारी राख्ने धेरैको रहर र बाध्यता हुने गरेको छ