अयाक्सका १९ वर्षिय डिफेन्डरलाई भित्र्याउँदै बार्सिलोना


एजेन्सी । च्याम्पियन्स लिगमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको बार्सिलोनाले टोलीमा व्यापक परिवर्तन गर्न लागेको छ ।

सोचे अनुरुप चल्न नसकेका स्टार खेलाडीलाई हटाउँदै नयाँ अनुहार ल्याउने प्रयासमा रहेको बार्साले यहि क्रममा अयाक्सका १९ वर्षिय कप्तान मथ्थायस डे लाइटलाई टोलीमा भित्र्याउने पक्का भएको छ ।

महँगा खेलाडी किन्न माहिर बार्साले उनलाई करिब ७५ मिलियन यूरोमा खरिद गर्न लागेको बताइन्छ । अहिले अनुबन्धनको कार्य अन्तिम चरणमा पुगेको बताईएको छ ।

१९ वर्षको उमेरमा नेदरल्याण्डसको क्यब अयाक्सको कप्तानी गर्दै च्याम्पियन्स लिगको सेमिफाइनल पु¥याएका डिफेन्डर मथ्थायसको प्रदर्शन पछिल्लो समय चर्चाको विषय बनेको थियो । उनको बलियो प्रदर्शनको बलमा अयाक्सले रियल मेड्रिड र युभेन्टसलाई हराउँदै सेमिफाइनल पुगेको थियो ।

सेमिफाइनलको पहिलो लेगमा टोटेनह्यामलाई १–० ले हराइ फाइनल पुग्ने पनि लगभग निश्चीत भएपनी दोश्रो लेगमा चुकेको अयाक्सको मुख्य प्रेरणा मथ्थायसलाई सोही बेला देखि बार्साले आँखा लगाएको बताइन्छ । युभेन्टसलाई हराउँदा उनले गोल पनि गरेका थिए ।

च्याम्पियन्स लिगनै अयाक्सको लागि मथ्थायसको अन्तिम प्रतियोगिता भएको अयाक्सका सिईओ एडविन भ्यान डर सारले बताइसकेका छन् । उनलाई खरिद गर्न युभेन्टस, लिभरपुल र मेनचेष्टर युनाइटेडले पनि इच्छा देखाएको बताइएको छ ।

बार्साले यसअघि अयाक्सकै मिड फिल्डर फ्रेन्की डे जोङलाई पनि टोलीमा भित्र्याइ सकेको छ । मेनचेष्टर सिटीसँग डे जोङ भित्र्याउने प्रतिस्पर्धामा बार्साले बाजी मारेको थियो ।

अयाक्सले दुई महत्वपूर्ण खेलाडी गुमाउनु अघि गत मे ५ मा विलेम दोश्रो क्लबलाई हराउँदै केएनभीबी कपको उपाधी जितिसकेको छ ।

 

इंग्लिस खेलाडीको ‘बल टेम्परिङ’ बारे मोन्टीको ठुलो खुलासा

एजेन्सी । भारतीय मुलका इंग्ल्याण्ड पूर्व क्रिकेटर मोन्टी पनेसरले इंग्लिस खेलाडीको ‘बल टेम्परिङ’ बारे ठुलो खुलासा गरेका छन् । उनले आफ्नो पुस्तक

पाकिस्तानको जर्सीमा धोनीको नाम ?

एजेन्सी । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको समर्थकहरु विश्वमै रहेका छन् । तल्लो क्रममा ब्याटिङ गर्ने उनी आफ्नो फरक शैलीका कारण पनि क्रिकेट समर्थक

बार्सालाई स्तब्ध पार्दै भ्यालेन्सिया बन्यो ‘कोपा डेल रे’ च्याम्पियन

एजेन्सी । च्याम्पियन्स लिगको उपाधि जित्न चुकेको बार्सिलोनाले कोपा डल रे को ट्रफी जित्ने मौका पनि गुमाएको छ । शनिबार राती भएको खेलमा बलियो

आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित

काठमाडौँ, ९ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान