प्रधानमन्त्री कपमा पारस खेल्ने, सन्दीप नखेल्ने

काठमाडौं ३१ वैशाख । राष्ट्रिय स्तरको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता भोली अर्थात् बुधबार देखि शुरु हुँदैछ । सर्वाधिक पुरस्कार राशीको ५० ओभरको यो प्रतियोगिताको सबै खेलहरु कीर्तिपुर स्थित मैदानमा हुने बताइन्छ ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनको अवस्थामा रहेकोले राष्ट्रिय स्तरको प्रतियोगिता गराउन असमर्थ रहेको कारण राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रधानमन्त्री कपको नाममा पछिल्लो दुई संस्करण यस प्रतियोगिताको आयोजना गरिसकेको छ ।

यस तेश्रो संस्करणको प्रधानमन्त्री कपमा सात प्रदेश र तीन विभागिय टोली सहित कुल १० टोलीको सहभागिता रहेको छ ।

नेपालमा पछिल्लो समय क्रिकेट प्रतियोगिताको नाममा फाट्टफुट्ट मात्र केहि प्रतियोगितामा मात्र हुने गरेको  छ । केहि समयअघि नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा क्रिकेट तर्फ आयोजना भएको प्रतियोगिता र त्यसैको छनौट खेल मात्र आयोजना भएको थियो । यि बाहेक तीन फ्रान्चाइज टी–२० प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल), एभरेष्ट प्रिमियर लिग (ईपीएल) र धनगढि प्रिमियर लिग (डीपीएल) मात्र भएको छ ।

एकदिवसिय मान्यता पाएको नेपालमा विशेषगरी ५० ओभरको प्रतियोगिता शुन्य प्राय नै रहेको छ । यसले नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा अवसर प्राप्त हुने सम्भावना नै बन्द रहेको छ ।

टी–२० प्रतियोगितामा भने प्रशस्तै आकर्षण रहेको कारण अधिकांश खेलाडीहरुले खेल्ने भएपनि राष्ट्रिय स्तरको प्रतियोगिता भने प्राय खेलाडीहरुले विभिन्न बहानामा छुटाउने गरेको थाहा भएको छ ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यसअघिको दुबै प्रधानमन्त्री कप प्रतियोगिताको खेलहरु खेलेका थिएनन् । पारसले आफु त्यस प्रतियोगिताको बेला देश बाहिर रहेकोले प्रतियोगिता खेल्न नपाएको बताएका छन् । पारसले यसपटक पुनः प्रदेश ३ बाट क्रिकेट खेल्ने जानकारी दिएका छन् । उनले यसअघि एपीएफबाट खेल्ने गरेको भएपनि करार नविकरण नभएकोले प्रदेश ३ बाटै खेल्ने निर्णय लिएको बताइएको छ । त्यस्तै ज्ञानेन्द्र मल्ल पनि यसपटक पारस जस्तै प्रदेश ३ कै जर्सीमा खेल्ने भएका छन् ।

यो संस्करणको प्रतियोगितामा भने राखेपले खेलाडीहरुलाई पत्राचार गर्दै प्रतियोगितामा सहभागी हुन आग्रह गरेको थाहा भएको छ । प्रतियोगितामा सहभागी नहुने खेलाडीहरुलाई स्पष्टीकरण सोध्ने तयारी गरेको पनि बताइएको छ ।

त्यस्तै पछिल्लो ६ महिनादेखि निरन्तर टी–२० प्रतियोगिताहरुमा व्यस्त रहेका स्टार लेगस्पीनर सन्दीप लामिछानेले यो संस्करणको प्रधानमन्त्री कप नखेल्ने बताएका छन् । आइतबार विमानस्थलमा कुरा गर्दै उनले यस प्रतियोगितामा नखेल्ने बताएका हुन् । लामोसमय सम्म अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा व्यस्त रहेकोले आफुले आराम गर्ने तथा परिवारसँग समय बिताउने भएकोले यस प्रतियोगितामा खेल्न नसक्ने बताएका थिए ।

यि बाहेक सागर पुन र सुवास खकुरेलले चोटको कारण यो प्रतियोगिता गुमाउने भएका छन् । पछिल्लो समय राष्ट्रिय टोलीमा रहेका सुवासको हातको चोट र लामो समयदेखि राष्ट्रिय टोली बाहिर रहेका सागरको खुट्टाको चोटको कारण यो प्रतियोगिता नखेल्ने बताए ।

एकदिवसिय संरचनामा खेलिने यस प्रतियोगिताको विजेता टोलीले २० लाख र ट्रफी पाउने बताइएको छ । त्यस्तै उपविजेताले १० लाख र ट्रफी पाउने भएको छ भने सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, उत्कृष्ट ब्याटसम्यान र बलरलाई समान ५० हजारका साथ ट्रफी दिइने जानकारी दिइएको छ ।

सहभागी १० टोलीलाई दुई समुहमा विभाजन गर्दै लिग चरणको खेलहरु हुने र दुबै समुहको शिर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्  ।

 

आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित

काठमाडौँ, ९ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान

सावित्राको शानदार प्रदर्शन, सेथु बन्यो लिग च्याम्पियन

काठमाडौं, ८ जेठ । स्टार महिला फुटबलर सावित्रा भण्डारी साम्बाको २ गोल सँगै सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ । आज भएको फाइनलमा खेलमा

सीपीएलको ड्राफ्ट आज, नेपाली क्रिकेटरको सम्भावना कति ?

काठमाडौं, ८ जेठ । चार नेपाली खेलाडी पनि ड्राफ्ट सूचीमा परेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट आज लन्डनमा हुँदैछ । नेपाली समयअनुसार साँझ ७ः४५

हृदयघात भइ फुटबल मैदानमै ढलेका रेफ्रीको मृत्यु

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको ए डिभिजन फुटबल खेलको क्रममा रेफ्रीको मृत्यु भएको छ । आइतबार भएको खेलमा ३१ वर्षिय रेफ्री भिक्टर ह्युगो