बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी सरुवा

काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो ।

 

त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो ।

स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरो प्रमुख डीआईजी नीरज शाहीले अनौपचारिक अनुरोध गरेका थिए । ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्य भूमिकामा छन् ।
सरुवाको अधिकार महानिरीक्षकमा निहित भए पनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुने गरी भएको सरुवालाई अर्थपूर्ण रूपमा हेर्नेुपर्ने एक उच्च प्रहरी अधिकारीले कान्तिपुरलाई बताए । तीन महिने समयसीमा दिएर ब्युरोलाई अनुसन्धान गर्ने जिम्मेवारी दिए पनि एक महिनाभन्दा बढी बाँकी छ ।

अनुसन्धान निष्कर्ष नजिक पुग्नै लागेका बेला डीएसपी कटुवालको सरुवा भएको हो । ब्युरोका प्रमुख डीआईजी शाहीले डीएसपी कटुवालको सरुवा निर्णय आए पनि त्यसले केही फरक नपर्ने बताए । ‘सरुवाको कुरा आए पनि यहीं काम गरिरहनुभएको छ,’ उनले भने । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले अनुसन्धान संस्थागत काम भएकाले व्यक्तिको सरुवाले असर नपार्ने बताए । (कान्तिपुर दैनिकबाट)

पशुपतिनाथको कमाइ सवा अर्ब

काठमाडौं : पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ। भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २९ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो। यही

मोदीलाई ३५२ सिट, दुई तिहाइका लागि ९ सिट पुगेन

नयाँदिल्ली (एजेन्सी) : भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ३०३ सिटमा विजयी भएको छ। निर्वाचन परिणामअनुसार सत्तारूढ भाजपा नेतृत्वको संयुक्त

‘डाक्टर अंकल’ को सम्झनामा शहर शोकमग्न

 विराटनगर । वरिष्ठ बालरोग विशेषज्ञको रुपमा चिनिएका दिंवगत डा. विमल अग्रवालको असामयिक निधनले यस क्षेत्रका वयस्क मात्र होइन बालबालिका पनि शोकमग्न

१५ जेठमा ८ हजारलाई सरकारी कर्मचारी बन्ने अवसर खुल्दै

काठमाडौं । लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै