सुन्दर स्त्रीतिर मन जानुको कारण

एउटा प्रश्न प्राप्त भएको छ, ब्रह्मचर्य भनेको के हो ? ब्रह्मचर्यमा उपलब्ध नभईकन कुनै पनि मानिस बोधमा जान सक्दैन । ध्यानस्थ हुन सक्दैन । ध्यानको लागि ब्रह्मचर्य अत्यावश्यक छ । केलाई ब्रह्मचर्य भनिन्छ । हामीले जसलाई ब्रह्मचर्य भनेर बुझेका छौं, यो पनि ध्यानको लागि उपयोगी छ । तर, त्यसले पुग्दैन । त्यो वास्तविक ब्रह्मचर्य हैन । हामीले बुझेको ब्रह्मचर्य भनेको कामवासनालाई दबाउनु हो । कामवासना मनमा जागेको छ त्यसलाई व्यक्त हुन नदिनु हो । 

तर ब्रह्मचर्य भनेको सहज हुनुपर्छ, स्वाभाविक हुनुपर्छ । मनमा कामवासनाको भाव नउठ्नुचाहिँ ब्रह्मचर्य  हो । तर, मनमा चाहिँ वासनाको थुप्रो भाव छ । तर बाहिर व्यक्त गर्न, भोग्नचाहिँ नपाउनु यो त झन् ब्रह्मचर्य होइन । यसले त मनलाई झन् विचलित बनाउँछ । मनभित्र तीव्ररुपमा कामवासनाका, भोगका इच्छाहरु वेगवान छन् । बाहिर प्रकट नगराउँदैमा के हुन्छ र ? भित्र बलिराखेको छ, आगो दन्किराखेको छ । आगोलाई कतिन्जेल छोप्ने ? कुनै दिन विस्फोट हुनेवाला छ । जुन दिन विस्फोट हुन्छ जीवनभरि छोपेर राखेका विकारहरु एकैपटक संसारले थाहा पाउँछ ।
धेरै ठाउँमा यस्तै–यस्तै भएका छन् ।

धेरै साधुहरुलाई विभिन्न प्रकारका आरोपहरु लागेका छन् । कारण यही हो भित्रबाट त ब्रह्मचर्य थिएन । तर बाहिरबाट ब्रह्मचर्य देखायो, देखाएर त के भयो । मनमा हुनुप¥यो नि, राग मनमा छ, बाहिर वैराग देखाएर के हुन्छ ? बरु भित्रभित्र वैराग भयो भने बाहिर राग भए पनि केही हुँदैन । ब्रह्मचर्य साधनाको लागि मानिसले श्रीमती छोड्यो, घर परिवार छोड्यो । साधु बनेर बस्यो, मन्दिरमा आश्रममा  गयो । तर, त्यहाँ पनि मनमा त लिएरै गयो । श्रीमती छोड्यो अलग कुरा हो तर स्त्रीलाई छोड्न सकेन । कुनै एउटी सुन्दरी स्त्री देख्यो भने मन त उतै  गयो ।

आहा, भोगको इच्छा तुरुन्तै जाग्यो । उसको भोगको इच्छा त्यतिखेरसम्म नजाग्न सक्छ, जतिखेरसम्म सुन्दरी स्त्री देख्दैन । देखपछि भोगको इच्छा जाग्यो । त्यही भएर कतिपय व्यक्तिहरुले यही आँखाले हेरेर त म कामवासनामा गएको हुँ भनेर आँखासमेत फुटाएका कथाहरु पनि हामी सुन्न पाउँछौँ । आँखा फुटाएर के हुन्छ ? वासना आँखामा थिएन, वासना मनमा थियो । आँखा त माध्यम थियो, आफूभित्रको वासनालाई बाहिर प्रकट गराउने माध्याम मात्र हो । ब्रह्मचर्य कामवासनालाई जबर्जस्ती रोक्नु होइन, सहज हुन दिनुचाहिँ ब्रह्मचर्य हो । यो कुरा अलिकति नपच्न सक्छ । तर सत्य यही नै हो ।

सहज हुन दियो भने मनमा कामवासना उठ्दैन । तर जसले रोकेर राख्यो उसलाई दिनभरि त्यही मात्र  विचार आउँछ । 
जस्तै हामी कुनै दिन व्रत बस्यौँ, भोकै बस्यौँ । आज दिनभरि भोकै बस्ने भनेर बस्याँै भने त्यही दिनचाहिँ दिनभरि खानाको याद आउँछ । व्रत नबसेको दिन कतिपटक खाना खाएँ भन्ने मतलव नै हँुदैन । त्यतापट्टि ध्यान जाँदैन, मनमा त्यो सोचिँदैन । बरु मनले अरु कुराहरु सोच्छ । कसरी प्रगति गर्ने, कसरी राम्रो गर्ने, अरु कामहरु कसरी सम्पन्न गर्ने भनेर हाम्रो मन त्यतातिर जान्छ । खानेकुरामा ध्यान जाँदैन तर जुन दिन व्रत बस्यो, त्यो दिन मन जतिखेर पनि  खानामा जान्छ । अहिलेसम्म भोकै बसियो अब भोकै बस्नलाई कति घण्टा बाँकी छ ? यसरी मनमा खाली खानाको मात्र याद आउँछ ।

जेलाई दबाउनु हुन्छ, त्यही चीज प्रकट हुन्छ । यो हाम्रो मनको स्वाभाव हो । हामीले कामवासनालाई दबायौँ भने कामवासना प्रकट भएर आउँछ । यसलाई हामी रोक्न सक्दैनाँै किनभने यो प्राकृतिक रुप हो । प्राकृतिक चीजवस्तुहरु स्वाभाविक हुन्छन् । त्यसो भए ब्रह्मचर्यचाहिँ के हो त ? प्रश्न उठ्न सक्छ । ब्रह्मचर्य भनेको ब्रह्मको जस्तो आचरण गर्नु हो । ब्रह्म भनेको प्रकृति, प्रकृतिको जस्तो आचरण गर्नु ब्रह्मचर्य हो । प्रकृति त सिर्जनशील छ । हरहमेसा नयाँ कुरा जन्माएको जन्मायै छ । विवाह नगर्नु, बच्चा नजन्माउनु यो ब्रह्मचर्य होइन । प्रकृतिले त बच्चा जन्माएको जन्मायै छ । नयाँ–नयाँ सिर्जना गरिरहेको छ । त्यसैले प्राकृतिक हुनुचाहिँ ब्रह्मचर्य हो । प्रकृतिको जस्तो आचरण गर्नुचाहिँ ब्रह्मचर्य हो । ब्रह्मको जस्तो आचरण जसले ग¥यो, त्यही ब्रह्मचर्य हो । 

ब्रह्मको जस्तो आचरण भनेको के हो ? ब्रह्म जहिले पनि नियममा हुन्छ । नियमभन्दा तलमाथि गर्दैन । सूर्य जतिबेला उदाउनुपर्ने हो, त्यति नै बेला उदाउँछ । जति बेला अस्ताउनुपर्ने हो त्यति नै बेला अस्ताउँछ । उसकोमा तलमाथि छँदै छैन । वर्षाको समयमा वर्षा आउँछ, हिउँदको समयमा हिउँद आउँछ । जाडोको समयमा जाडो र गर्मीको समयमा गर्मी आउँछ  । उसको नियममा तलमाथि छैन । नियममा तलमाथि भयो भने त पृथिवीमा कोही जीवित हुन सक्दैन । उसको नियमको कारणले त सबै जीवित छन् । सबैको पोषण भएको छ । उसको नियममा तलमाथि छैन । 
त्यसैगरी हाम्रो नियममा पनि तलमाथि भएन भने ब्रह्मचर्यको साधना हुन्छ । कति बेला सुत्ने, कति बेला उठ्ने कुन बेला कस्तो कर्म गर्ने भन्ने लयबद्ध हुनुपर्छ । नियमबद्ध हुनुपर्छ । जहाँ नियमसंगत तरिकाले कर्म ग¥यौँ, हाम्रो मन नियमसँग राजी भयो भने त्यही नै ब्रह्मचर्य हो । 

अर्को ब्रह्मको आचरण जहिले पनि समान छ । सर्वहिताय छ, यसले मेरो पूजा गर्छ, अर्घ दिन्छ, यसलाई मात्र प्रकाश दिनुपर्छ र यो चाहिँ मेरो पूजा गर्दैन, यसले चाहिँ कहिल्यै पूजा गर्दैन, यसलाई चाहिँ प्रकाश कम दिनुपर्छ भन्छ र ? सबैको लागि समान । हावा सबैको लागि समान, पानी सबैको लागि समान । प्रकृतिका उपजहरु सबैका लागि समान । रुखमा एउटा फल फलेको छ । वश्, सिद्धियो, कसले टिपेर खायो, उसलाई मतलब नै छैन । चराले आएर खायो, मानिसले आएर खायो, साधुसन्तले आएर खाए, दुर्गुण दूराचारीले आएर खाए कि रुखलाई मतलब नै छैन । को साधु, को सन्त, को राजा, को रङ्क ? उसले सबैका लागि समान रुपले व्यवहार गर्छ ।

शत्रुु र मित्रु दुवैलाई जसले समान रुपले व्यवहार गर्न थाल्यो । एउटै देख्न थाल्यो, त्यो ब्रमह्चर्य हो । ब्रह्मले त्यसै गरेको छ, प्रकृतिले त्यसै गरेको छ, सबैलाई समान रुपले हेरेको छ, कसैलाई तलमाथि छुट्याएको छैन । प्रकृतिले यो चाहिँ तल्लो जातको, यो चाहिँ माथिल्लो जातको, यो चाहिँ स्वदेशी, यो चाहिँ विदेशी, यो धर्म मान्ने मान्छे, यो अर्को धर्म मान्ने मान्छे, यो धर्मिक, यो अधार्मिक भनेर छुट्याएको छ र ? उसले दिने कुरामा छुट्याएको छ  र ? छैन । हामीले पनि छुट्याएनौँ भने हामी पनि ब्रह्मचारी भयौं । 

तर यो ठूलो, यो सानो, यो माथि, यो तल, यो तेरो धर्म, यो मेरो धर्म भनेर छुट्याउँदा अप्राकृतिक भयो । यो ब्रह्मचर्य होइन, यो ब्रह्मचर्यबाट खस्यो । ब्रह्मचर्यबाट विस्खलित भएको व्यक्ति जसले विभाजन देख्यो, जसले ठूलो सानो देख्यो, ऊ ब्रह्मचर्यबाट च्यूत भयो ।

सबैका लागि समानरुपले सेवा गर्नु, सर्वकल्याणका लागि कर्म गर्नु, सर्वहिताय कर्म गर्नु ब्रह्मचर्य कर्म हो । यो ब्रह्मको आचरण हो ।
यति सस्तोमा ब्रह्मचर्य पाइँदैन । त्यसो भए त जसले उमेरमा विवाह गर्न सकेन, विवाह गर्न नसकेका मानिस हाम्रै देशमा पनि धेरै छन् । ठूलाबडा मानिसहरु छन्, जसले जीवनमा विवाह नै गरेनन् । अब ती विवाह नगर्ने मानिसहरु ब्रह्मचर्यमा उपलब्ध भए त ? हैन, त्यस्तो हुँदैन । कामवासनालाई रोक्नु ब्रह्मचर्य होइन ।

सहज, स्वाभाविक, सरल, प्राकृतिक हुनुचाहिँ ब्रह्मचर्य  हो र यो ब्रह्मचर्यमा उपलब्ध नभईकन, सबैप्रति समान दृष्टि र सबैप्रति सम्मान, सबैप्रति कल्याण भाव आफूभित्र नजन्मीकन हामी ब्रह्मचर्यमा उपलब्ध हँुदैनाँै र ब्रह्मचर्यमा उपलब्ध नभईकन आफूभित्रको परम आनन्दमा प्रवेश गर्न सक्दैनाँै ।  

ब्रह्म सिर्जनशील छ । जतिखेर पनि केही न केही रचना गरी नै रहेको हुन्छ । त्यसैले हाम्रो चित्त पनि, हाम्रो कर्म पनि नयाँ चीजको रचनामा लाग्नुपर्छ । जसले नयाँ चीजको सिर्जना गर्न थाल्यो, त्यो ब्रह्मचर्यको यात्रातिर लाग्यो । जसले एउटा नयाँ गीतको रचना ग¥यो, जसले नयाँ–नयाँ चित्र को¥यो, जसले एउटा नयाँ कथाको निर्माण ग¥यो, जसले एउटा नयाँ आविष्कार ग¥यो, त्यो ब्रह्मचारी हो । त्यसले ब्रह्मको जस्तो आचरण ग¥यो किनभने ब्रह्मले त्यही गर्छ । नयाँ–नयाँ सिर्जना गर्छ । सर्जक बन्नु ब्रह्मचर्य हो । बन्ध्याकरण गर्नु  ब्रमह्चर्य होइन । यो ब्रह्मले वन्ध्याकरण ग¥यो भने के हाल होला ? सृष्टि समाप्त भयो । त्यही भएर हाम्रो संस्कृतिमा छोराछोरीको मूल्य रह्यो । वंश चल्नुपर्छ भनियो । किन भनियो भने प्रकृतिलाई सहयोग गर्नका लागि भनियो । मैले पनि सहयोग गरेँ भने प्रकृतिलाई मद्दत पुग्छ । त्यत्ति हो । सिर्जना त उसले गर्छ । मैले कहाँ गरेको हो र ? वश् म सहायक बन्न सकूँ । सर्जक त उही हो । मेरो सिर्जना कहाँ हो । 

मेरो आफ्नो इच्छाले एउटा मानिस बनाउन सक्छु र ? सक्दिनँ न छोरा न छोरी बनाउन सक्छु । वश् बन्यो, बन्यो, बनेन बनेन । म मात्रै उसको कर्ममा बाधक नबनाँै, त्यति मात्रै हो । आफूलाई सहज छोड्दिउँ, योचाहिँ ब्रह्मचर्य हो । परिभाषा अलि फरक छ तर सत्य यही हो । पहिला शुरुमा सर्वहिताय सबै मानिसलाई जसले समान देख्यो, त्यो ब्रह्मचारी हो किनभने जसले सबैलाई समान देख्छ त्यसले न महिला देख्छ न पुरुष देख्छ , न स्त्री देख्यो न पुरुष देख्यो  । स्त्री र पुरुष देख्नेबित्तिकै त भेद भइहाल्यो नि ।

दुईटा देख्यो– अब यो स्त्री राम्रो यो पुरुष नराम्रो, यो पुरुष राम्रो या यो स्त्री नराम्रो, अब उसको मनमा त द्वैध जन्मियो  यो द्वैध ब्रमह्चर्य होइन । जसले स्त्रीको आकृतिमा या पुरुषको आकृतिमा भित्रको चैतन्यताभित्रको जुन व्यक्ति हो, त्यसलाई देख्यो त्यो व्यक्ति ब्रमह्चर्यमा उपलब्ध भयो । उसको लागि न महिला रह्यो न पुरुष रह्यो । दुईटै समान रहे । भित्रको त्यो आत्मातत्व जसले दर्शन ग¥यो, त्यो हो ब्रह्मचारी । पहिलो, हाम्रा आचरणहरु नियमसंगत हुनुपर्छ । दोस्रो, मेरा कर्महरु सर्वहिताय हुनुपर्छ । तेस्रो, सबैलाई समान रुपमा हेर्ने दृष्टि  उपलब्ध हुनुपर्छ । धनी, गरिब, ठूलो, सानो, को महिला, को पुरुष सबैभित्रको चैतन्यतालाई देख्ने समान रुपमा सबैलाई हेर्न सकेँ भने, सबैप्रति समानरुपले व्यवहार गर्न थालेँ, सर्वहिताय काम गर्न थालेँ भने म ब्रमह्चर्यमा गएँ । सीधै माथि पुगेँ । हामी सबैलाई पनि ध्यानस्थ हुने अवसर मिलोस् ।

(जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट उतारिएको सामग्री) 
 

साउनकाे पहिलाे साेमबारः देवघाटमा भक्तजनको भीड

चितवन, ६ साउन । पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ

ज्योतिषीको भरपर्दा राजाको वंशनाश

ज्योतिष शास्त्र के हो ? ज्योतिष फलादेश मिल्छ कि मिल्दैन ? मिल्छ भने कति प्रतिशत मिल्छ ? प्रश्न छ । ज्योतिषको फलादेश त शत प्रतिशत मिल्छ । ज्योतिष विज्ञान

आज चन्द्र ग्रहण, कुन राशीलाई के लाभ–हानी ?

काठमाडौं । आज असार ३१ गते मंगलबार । गुरु पूर्णिमाको दिन र आजै चन्द्र ग्रहण लाग्ने समय पनि । डेढ सय वर्षपछि गुरु पूर्णिमाकैै दिन चन्द्र ग्रहण लागेको यो

गृहिणीले दैनिक यी ५ काम गरेमा दरिद्री नाश हुने पक्का

एजेन्सी । सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भन्ने भनाइ घाम झैं छर्लङ्ग छ । असल महिला अर्थात् गृहिणीले पुरुषलाई दिने साथले जीवन सफल हुने कुरालाई