विपश्यनाबाट विरक्तिएका एक चिकित्सकको अनौठो अनुभव 

विपश्यनाबारे मसँग सामान्य अल्पज्ञान मात्र थियो । अनेक जुक्ति र कष्टकर तपस्या गरेर विभिन्न स्थानमा ज्ञानको खोजीमा भौँतारिँदा पनि गौतम बुद्धले जीवनको सत्यसम्म पुग्न नसकेपछि यसको आविष्कार भएको हो । उनले सत्यको प्राप्ति नभएसम्म हलचल नगरी, हातखुट्टा र आँखा नखोली पद्मासनमा बसेर ज्ञान प्राप्त गरे । यही ध्यानलाई विपश्यना ध्यान भनिन्छ भन्ने मात्र मलाई थाहा थियो ।

बुद्वको पालामा भारतीय समाजमा यसको प्रयोग हुन्थ्यो र पछि भारतवर्षबाट यो ध्यानविधि नै लुप्त भएको हो भन्ने पनि मलाई सामान्य ज्ञान थियो । तर, त्योबाहेक मसँग अरू जानकारी र अनुभव थिएन । बेलाबेला मैले उपचार गर्दै गरेका कतिपय बिरामी विपश्यना ध्यानमा बस्न जाने इच्छा व्यक्त गर्दै मेरो सहमति खोज्थे । अल्पज्ञानले गर्दा म ठोस सल्लाह दिन सक्दिनथेँ । अक्सर मेरो मनसाय सकारात्मक भन्दा नकारात्मक नै रहन्थ्यो । म बुद्ध भगवानले जीवन दर्शन र सत्यको खोजी गर्न प्रयोग गरेका विधि पक्कै पनि जटिल र कठिन हुनुपर्छ भन्ने सोच्थँे । त्यसमाथि आध्यात्मिक ज्ञान र सरल विधि पार गरेपछि मात्रै विपश्यना उपयुक्त होला, त्यो पनि सशक्त र स्वस्थ व्यक्तिका लागि भन्ने मलाई लाग्थ्यो । रोगले कमजोर पारेको मनलाई विपश्यना जस्तो विधिमा लगाउन खोज्दा मनले नथाम्ला र झन् तनाव बढ्ला भन्ने मेरो डर थियो । अझ बिरामीलाई त्यहाँ पठाउँदा विपश्यना बीचमै छोडेर आउनुप¥यो भने के होला भन्ने म ठान्थेँ । 

म बिरामीसँग यस्तै–यस्तै तर्क गर्थें र यहीअनुसारको सल्लाह पनि दिन्थँे । कतिलाई चित्त बुझ्थ्यो भने कतिलाई चाहिँ यस्तो सल्लाह मन पर्दैनथ्यो । कति बिरामी त मसँग बहस गर्न उत्सुक हुन्थे । अरू क्षेत्रका चिकित्सकसँग बिरामीको कस्तो सम्बन्ध हुन्छ म भन्न सक्दिनँ । साइकियाट्रिस्टलाई 
चाहिँ बिरामीले आफ्नो डाक्टरलाई भूगोलको ज्ञाता, इतिहासको विज्ञाता, दर्शनको पारखी, अध्यात्मको साधक, विज्ञानको सोधकर्ता, मनोविज्ञानको हर्ताकर्ता र सम्पूर्ण ज्ञानको भण्डार ठान्छन् । विचरा साइकियाट्रिस्ट !  चिकित्साशास्त्रको सामान्य विद्यार्थी र धेरथोर मानव स्वभावको ज्ञान राख्दै रोग चिनेर केही औषधि, केही वार्तालाप गरी बिरामीको मनका उद्वेगलाई धेरथोर शान्त पार्ने पेसाकर्मी !

म पनि औसत साइकियाट्रिस्टभन्दा भिन्न छैन । मेरो दिनचर्या पनि रोग ठम्याउन कोसिस गर्ने, घोषित सूत्र प्रयोग गरी ओखतीमूलो गर्ने या नरम बातचित गरेर मन शान्त पारिदिने काममै सीमित छ ।

बिरामी र मेराबीच कुनै गम्भीर प्रश्न तेर्सिएपछि म सङ्कटमा पर्छु । एकपटक केही समयअगाडि एकजना दर्शनशास्त्र पढेर जे कृष्णमूर्तिका अनुयायी बनेका व्यक्ति मसँग परामर्शका लागि आए । उनको समस्या मानसिक स्वास्थ्यसँग भन्दा बढी दार्शनिक पक्षसँग सम्बन्धित थियो । उनी मसँग मन, चेतना, अर्धचेतना, समवेदना आदि विषयका शब्द र परिभाषामा बहस गर्थे । उनी मलाई र सत्यमा पुग्नु कुनै मार्ग, साधन या विधि चाहिँदैन भन्दै जे कृष्णमूर्तिको दर्शनसँग मलाई परिचित गराउँथे ।

एक दिन उनले मलाई विपश्यना ध्यानबारे सोधे । मैले अरू बिरामीलाई जवाफ दिएजस्तै उनलाई पनि ‘विपश्यनाबाट तपार्इंलाई फाइदा होला र रु’ भन्ने प्रतिप्रश्न गरेँ । उनले मलाई प्रतिप्रश्न गर्दै भने, ‘तपार्इंले विपश्यना ध्यानमा आफैँ बसेर अनुभव गर्नुभएको छ रु’ मैले त्यो बेलासम्म विपश्यना ध्यानमा बस्ने सोच कहिल्यै बनाएको थिइनँ, साँचो त बोल्नै प¥यो । आफँैले अनुभव नगरेको कुरामा थाहा छ भन्नु पनि भएन । मैले मलाई कहिल्यै यो कुरा दिमागमा नै नआएको बताएँ । मैले व्यक्तिगत अनुभवको आधारमा केही भन्न नसके पनि अड्कलको भरमा यो एउटा कठिन र विशेष खालका साधकका लागि गरिने साधना भएको र यो साधना स्वास्थ्य लाभका लागि भन्दा पनि आध्यात्मिक उपलब्धि र मुक्तिका लागि गरिने हो कि भन्ने कुरा गरेँ । मैले मानसिक समस्या समधानका लागि यो बाटो उपयुक्त हुन नसक्ने बरु उल्टै ध्यान अवधिमा तनाव र कष्टले मन दुर्बल हुने आशंका अघि सारेँ । 

मेरो उत्तरबाट बिल्कुलै असहमत हुँदै ती खोजकर्ताले जवाफ दिए, ‘तपार्इं कमसेकम एक पटक मात्रै भए पनि आफैं विपश्यना ध्यान बसेर अनुभव गर्नुभयो भने अरूलाई ठीक सल्लाह दिन मिल्छ । आफैंले अनुभव गर्नुभएको छैन भने कसरी त्यसबारे अरूलाई सल्लाह दिनु ! ’
मलाई आफ्नो कमजोरीका कारण लाज लाग्यो । कमसेकम बिरामीले सोध्दा सही सुुझाव दिन पनि म आफैँ ध्यानमा बस्न जरुरी छ भन्ने सोच्न थालेँ । मैले आफ्नै मानसिक आराम र शान्तिका लागि पनि विपश्यना जाने सोच बनाएँ । विपश्यना ध्यानप्रति मेरो चाख जागेको २ वर्ष भइसक्दा पनि मैले १० दिनको समय मिलाउन सकिरहेको थिइनँ । अर्को कुरा आफूले चाहनेबित्तिकै ध्यानमा बस्ने मौका पनि नमिल्ने रहेछ । कमसेकम २–३ महिना अगाडि नै नाम लेखाए मात्र आफ्नो सिट सुनिश्चित हुँदोरहेछ । यो ध्यान यति बढी लोकप्रिय भएको र मौका पाउनै गाह्रो भन्ने सुनेपछि मलाई झन् चाहना बढेर आयो । कतिले ध्यान अवधिभर बोल्न, लेख्न, पढ्न, फोन गर्न, टिभी हेर्न र रेडियो सुन्न नपाइने भएकाले त्यो समय साहै्र निरस र पट्यारलाग्दो हुने सुनाएका थिए । ध्यान पनि शारीरिक पीडाका कारण साह्रै कठिन हुने उनीहरु बताउँथे । यति हुँदाहुँदै पनि युवा र विद्यार्थीमा यो ध्यान अत्यन्त लोकप्रिय बनेको सुन्दा मलाई यसको रहस्य आफैँ अनुभव गरेर जान्न मन लागेको थियो । 

सन् २००८ को अप्रिलतिर मैले विपश्यना ध्यानमा जाने निर्णय गरेर जुलाई १ मा सुरु हुने सेसनका लागि नाम लेखाएँ । धेरै अगाडि नै नाम दर्ता गरेको हुनाले मेरो स्थान सुनिश्चित भयो । यो अवधिमा मनमा विपश्यना ध्यान कस्तो होला, मैले के उपलब्धि पाउँला र म कसरी त्यसलाई उपलब्धिमूलक बनाउँला भन्ने तर्क चलिरह्यो । म मानसिक रूपले पूरा तयार भएको थिएँ । जस्तै कठिन भए पनि त्यसलाई मैले मौकाको रूपमा लिँदै समर्पित हुनेछु भन्ने सोच बनाएको थिएँ । 

ध्यान शिविरमा बसुन्जेल मैले म डाक्टर हँु, साइकियाट्रिस्ट हुँ भन्ने खुलाउन चाहेको थिइनँ । त्यसैले अरू साधकसँगै ध्यान केन्द्रबाट उपलब्ध सवारीबाटै ज्योती–भवन पुगेँ । मिनीबसमा बसेर मेरो ध्यान कस्तो होला भनेर कल्पनामा डुबिरहेका बेला अकस्मात झ्याल बाहिरबाट ‘डाक्टर साब नमस्कार १ तपार्इं मलाई चिन्नुहुन्छ रु’ भन्दै एक भद्र पुरुष देखा परे । सुरुमा मैले उनलाई नचिने पनि केही समयको भलाकुसारीपश्चात् मैले    चिनेँ । उनले अन्तिम पटक भेटेको ३६ वर्षपछि पनि त्यति सजिलै चिनेकोमा म आश्चर्यमा परेँ । तर, त्यहाँको वातावरण र उनी विपश्यना साधक भएकाले मलाई यति वर्षपछि पनि चिनेको हुनुपर्छ भन्ने ठानेँ । उनले मलाई सोधे, ‘दिनमा १० घन्टा ध्यान बस्नुपर्छ, सक्नुहुन्छ रु’ मैले ३ महिनाभन्दा लामो समयदेखि आफूलाई मानसिक रूपले तयार गरेको थिएँ । ‘धेरथोर विपश्यनाबारे सुनेको र पढेको छु । आफूलाई मानसिक र शारीरिक हरेक हिसाबले तयार पारेको छु ।’

हामी शिवपुरी जङ्गलको फेदमा रहेको शिविर केन्द्र धर्मश्रृङ्ग लाग्यौँ । बाटोमा सँगै बस्ने भद्र महिलाले परिचय सोधिन् । म चाहिँ अहिलेदेखि नै मौन किन सुरु नगर्ने भन्ने लागेर उनको प्रश्नको जवाफ नदिई झ्यालतिर फर्किएँ । मलाई आफू अहिलेदेखि नै साधनामा प्रवेश गरेकोमा आत्मगौरव    भयो । ध्यान सुरु भएपछि कस्तो कष्ट भोग्नुपर्छ भन्ने त्यसबेला मलाई के थाहा र १

मध्याह्नपछि हामी शिवपुरी जङ्गलमुनि रहेको ध्यान शिविर पुग्यौँ । नियमित दर्ता, सामान बुझबुझारथपछि बेलुका ६ बजेतिर ध्यान शिविरबारे जानकारी भेला भयो । केन्द्रको तर्फबाट त्यहाँका गुरुदेवले हामीलाई ध्यान र नियमबारे जानकारी गराए । अन्तिम पटक हामी साधकहरुलाई सचेत गराउँदै उनले कसैलाई सन्देह छ र गाह्रो लाग्छ भने शिविर छोड्न सक्ने जानकारी दिँदै भने, ‘यो ध्यान शिविर निकै कष्टपूर्ण हुन सक्छ ।’
मलाई शिविरको तर्फबाट त ‘धर्म गर्नुहोस्, कष्ट भए पनि सहनुहोस्, जीवन शान्त र सन्तुलित हुन्छ, फाइदा हुन्छ’ पो भन्नुपर्ने त जस्तो लागिरह्यो । तर, त्यहाँ सक्नुहुन्न या आँट छैन भने अहिले नै फर्कनुहोस् भनिँदैथियो । मैले निकै पछिसम्म त्यो विचार र सल्लाह दिने नीतिको विश्लेषण गरिरहेँ । बुद्वको दर्शन र उनको पथ प्रदर्शन मार्गको सिद्धान्त अनुसार जीवनलाई दःुखकष्टको स्रोतको रूपमा प्रस्तुत गरिन्छ । सायद त्यसैले यो साधनाको मार्गलाई पनि कष्टै र पीडाको रूपमा प्रस्तुत गर्न चाहेकाले साधकहरुलाई शिविर सुरु हुने केही मिनेट अगाडिसम्म पनि जीवन मात्रै हैन जीवनबाट मुक्ति पाउने विधि पनि कष्टकर र दुःखी छ भनेर याद दिलाइएको थियो ।

मलाई नमज्जा लाग्यो । ‘सहरी जीवनको कोलाहलबाट यो पवित्र र शान्त स्थानमा ध्यान गर्न आउनुभएकाले जति सक्नुहुन्छ, यसबाट लाभ लिनोस्, बाँकी फेरि अर्को शिविरमा आउनुहोला’ आदि भनिनुपथ्र्यो भन्ने मलाई लाग्यो । तर, त्यसको सट्टा ‘गाह्रो हुन्छ, आँट छैन भने छोडेर जानोस्’ भनेको मन परेन । तर पनि, यो त्यहाँको नियम होला अथवा यो पनि साधनाको एक प्रारम्भिक अभ्यास होला भनेर चित्त बुझाउनै प¥यो । हुन पनि त्यस्तै रहेछ । जीवन मात्र हैन, जीवनका कष्टबाट मुक्ति पाउने यो विधि पनि मलाई आनन्ददायी लागेन । जे होस् मैले विपश्यना ध्यान शिविरमा अन्त्यसम्म टिकेर बस्ने दृढ निर्णय चाहिँ गरेँ । 

त्यही दिन बेलुकाको सत्र सकेपछि हाम्रो मौन नियम सुरु भयो । बढी उत्साहका साथ म पहिलो ध्यानमा सामेल भए । आफू त्यति आध्यात्मिक सोचको व्यक्ति नभएकाले मलाई ध्यान कस्तो होला भन्ने लागेको थियो । ‘हात्ती आयो।।। फुस्स’ भनेजस्तो मलाई त आँखा चिम्लेर पलँेटी मारेर नाकको प्वालमा के भइरहेको छ त्यही मात्र मनले हेर्न भनियो । म नाकको प्वालमा हेर्न खोज्छु । तर, त्यहाँ आँखाले हेर्ने हैन, मनले हेर्ने हो । मनले त घरको आरामदायी शय्या र प्रियसीको साथमा समुन्द्र किनारमा आराम गरेको अनुभव सम्झन पुग्छ । यत्रो धैर्य र प्रतीक्षा गरेर आएको शिविरमा जाबो नाकको प्वाल हेर्ने, त्यो पनि मनले, निष्क्रिय तवरले १ नाकको प्वालमा के रहन्छ र साधकले के हेर्ने रु गुरुले भनेअनुसार त्यहाँ सास भित्र–बाहिर गरेको हेर्ने रे !

मानसिक रोगको डाक्टर भएकाले त्यसको के अर्थ हुन सक्छ भनेर म घोत्लिन थालँे । बेलुकाको प्रवचनमा केही प्रश्न र जिज्ञासा समाधान भए । प्रवचनको सिलसिलामा गुरुजीबाट श्वास–प्रश्वास नै जीवनको आधार हो भन्ने कुरा आयो । त्यो त ठीक लाग्यो । मान्छे खाना नखाए पनि कैयौँ दिन बाँच्छ र पानी नपिउँदा पनि कैयौँ घन्टा बाँच्छ भने सास फेर्न पाएन भने केही मिनेटमै जान्छ । त्यसैले स्वास–प्रस्वास चाहिँ साँच्चिकै महत्वपूर्ण जिउने आधार हो । 

तर, विपश्यनामा स्वास–प्रस्वासलाई स्वतः छाडिदिनुपर्ने रहेछ । मलाई यो धारणा बुझ्नै गाह्रो लाग्यो । सास आफँै आउँछ, जान्छ । तर, हामी यसलाई आफूभित्र लिने र बाहिर फाल्ने गरेका छाँै जस्तो लाग्छ । त्यसलाई आफ्नो नियन्त्रणबाट बाहिर राखेर आफू सासको आउने–जाने व्रmम मात्र हेरभन्दा केही अनौठो लाग्यो । सास भित्र–बाहिर हेर्न खोज्यो, मन कता हो कता दौडिन्छ । अनि फेरि डो¥यायो, केही सेकेन्ड ध्यान सासमा अडिन्छ । फेरि केही अगाडिको या कुनै पुरानो अप्रिय घटनाको याद आउँछ । 

ध्यान बस्न थालेपछि विस्तारै सासप्रतिको एकग्रता भन्दा पनि चुपचाप मौन रूपमा एउटै आसनमा बसिरहँदा पट्टयार लाग्छ । जीउ बाँधिने, जोर्नी दुख्ने, ढाड र आसन दुख्ने यति तीव्र हुन थाल्छ कि सासमा लगाउन खोजेको मन दुःखाइमा केन्द्रित हुन पुग्छ । हातखुट्टा सलबलाउन पाए र एकछिन दुःखाई कम भयो भने पनि आनन्दको अनुभूति हुँदोरहेछ । केही घन्टाको बीचमा ५ मिनेट विश्राम भयो भने हलबाट बाहिर निस्किएर हातखुट्टा तन्काउन पाउँदा नै पनि परम आनन्दको अनुभव हुने रहेछ । 

यसरी नाकको प्वालबाट सास भित्र–बाहिर गरेको हेर्दाहेर्दै ध्यान अगाडि बढ्छ । बिस्तारै ध्यान दुःखाइको पीडा र त्यसको छुट्काराबाट पाउने आनन्दको बीचबाट गुज्रन थाल्छ । पीडा–आनन्द, आनन्द–पीडा यो चक्त चलिरहन्छ । स्वास–प्रस्वासमा ध्यान दिइरहँदा मन भौँतारिने क्रम कम हुँदै जान्छ र एकाग्र हुन केही सजिलो हुन्छ । 

सास फेर्नु अविरल भइरहने कर्म मात्र नभएर जीवित रहनका लागि पहिलो अनिवार्य र पहिलो व्रिmया हो, यो निरन्तर र अविच्छिन्न छ । स्वास–प्रस्वास नै यस्तो शारीरिक व्रिmया हो, जुन हाम्रो जीवनसँग सधैँ जोडिएको हुन्छ । तर, हामी सामान्य दैनिक जीवनमा यस प्रव्रिmयामा कमै ध्यान दिन्छौँ । हाम्रो मन अनेकाँै विषयवस्तु र घटनाक्तममा दौडिने भएकाले यो सधैँ तनावपूर्ण, थकित र अव्यवस्थित रहन्छ । 

कुरो ठीकै लाग्यो । सम्पूर्ण ध्यान स्वासमा लगाउँदा पनि एकाग्र हुन गाह्रो काम रहेछ । ध्यान शिविरमा व्रmमशः हाम्रो ध्यान श्वास–प्रश्वासबाट नाक वरिपरिको स्थानमा, त्यसपछि नाकैमुनिको सानो भाग र त्यसमा हुने अनुभूतिमा केन्द्रित हुन थाल्यो । २४ घन्टाको दिनचर्यामा बिहान ४ः३० बजेबाट बेलुका ९ बजेसम्म ध्यान, त्यो पनि मौन बसेर बाहिरी संसारसँग विच्छेद भइरहँदा छुट्टै प्रकारको अनौठो भनुभूति हुन थाल्यो । समय नै मन्द गतिमा बगेजस्तो, वरिपरि सबै वस्तु निश्चल र गतिहीन भएजस्तो, आफ्नो मनले गर्ने आत्मविश्लेषण नै धिमा गतिमा गरेको हुन थाल्यो । शरीरमा हुने अनुभूतिमा मात्र केन्द्रित हुँदा एक प्रकारको एकोहोरो अवस्था हुँदै इन्द्रीयहरु शिथिल हुँदै गएको अनुभव हुन थाल्यो । विभिन्न मानसिक समस्या मनको एक निश्चित सीमाङ्कन भित्र पैदा हुन्छन् । त्यो सतह नै फरक रूपमा परिणत भएपछि त्यसमा उत्पत्ति हुने विकृति आफैँ हराउँछ ।

यो कुरालाई अलि सरल बनाएर दृष्टान्तमा पनि भन्न सकिएला । पोखरीको पानीमा विविध छाल उत्पत्ति भइरहेका छन्, एकाएक पोखरीको पानी जमेको पानी अर्थात् बरफमा परिणत भएपछि छालहरुको अस्तिङ्खव आफँै हराउँछ । अझ अर्को उदाहरण लिऊँ । एउटा धूलेपाटी छ, पाटीको धूलोको सतहमा विभिन्न शब्द कोरिएका छन् । अकस्मात त्यो पाटीको धूलोलाई घुलमिल गर्दा त्यहाँ शब्दहरु स्वतः मेटिन पुग्छन् ।
एउटा निश्चित एबचबमष्नm भित्र पैदा हुने मानसिक समस्या त्यो संरचना नै फेरिएपछि सायद छुट्छन् होला । त्यसै कारण मनमा परिवर्तन आएपछि त्यसका उपज मानसिक विकृति पनि हट्दै जान सक्छन् ।

केही दिन बितेपछि ध्यान झन् पट्यारलाग्दो हुन थाल्यो । सुरुका दिनमा अनुभव गरेको एकोहोरोपन र सुस्तताको अनुभव हुन छोडेपछि मन अलि चनाखो हुन थाल्यो । पाँचौँ÷छैटाँै दिनतिर विचार गर्न थालेँ, ‘किन मैले यो ध्यानमा बस्ने निर्णय गरेँ हुँला रु त्यति धेरै काम, व्यस्तता, बिरामीको चाप, अस्पतालको ड्युटी सबै छोडेर र सबै कुराबाट विच्छेद भएर मौन व्रतमा एकोहोरो ध्यानमा घन्टौं बस्न आउनु कति व्यावहारिक थियो रु म यस्ता प्रश्नका बीच घेरिएँ ।

मैले आफँै दोहो¥याएर आउने त कुरै छाडौँ, पछि कसैले सल्लाह माग्यो भने झुक्किएर पनि नजानू भन्छु भन्ने निर्णय गरेँ । मलाई विपश्यना ध्यानबाट कुनै फाइदा होला जस्तो लाग्नै छाड्यो । तर, बीचैमा छोडेर घर आउने विचार चाहिँ आएन । जतिसुकै कष्टकर भए पनि यसलाई अन्तिम दिनसम्म पु¥याएर मैले एउटा निष्कर्ष निकाल्नै छ । विपश्यना के हो र यसबाट के अपेक्षा गर्न सकिन्छ भन्ने कुरामा म निचोडमा पुग्नै थियो । 

ध्यानका दिन बित्दैजाँदा यसको अलि गहिरो र दार्शनिक पक्ष उजागर हुन थाले । सबै धर्मले आध्यात्मिक ज्ञान बाँड्छन र सुख–दुःखमा समभाव प्रदर्शन गर्न सिकाउँछन् । धर्मले सिकाइरहन्छ, धर्मगुरुले प्रवचन दिइरहन्छन्, मानिसचाहिँ उस्तै हुन्छन् । शताब्दियाँैदेखि नीति शिक्षा प्रचार भइरहे पनि मानिसको व्यवहार र सोचाइचाहिँ उस्तै छ । विपश्यनाका गुरु भन्छन्– प्रवचन सुनेर र धर्म शिक्षा पढेर मात्र मान्छे फेरिँदैन । उसले आफ्नो सोच र व्यवहारमा परिवर्तन ल्याउन सुख–दुःख दुवै अस्थायी हुन, आउँछन्, जान्छन् भन्ने आफैँ अनुभव गर्नुपर्छ । त्यसैले सुखप्रति लिप्त हुनु या दुःखप्रति विचलित हुनु जरुरी छैन । न सुख चीरस्थायी छ, न दुःख सधैँ रहन्छ । त्यसैले जीवनमा आउने दुःख र सुखप्रति हामीले समभाव राख्नुपर्छ । अर्थात् हामी समान र स्थिर रहनुपर्छ । तर, हामी रहन सक्दैनौँ ।

विपश्यना ध्यानले व्यक्तिलाई दुःख र सुख आफ्नै शरीरमा अनुभव गर्न सिकाउँछ । यो ध्यानले कसरी ती दुवै अनुभव अस्थायी र चीरस्थायी हुँदैनन् भन्ने कुरा सिकाउँछ । हामी आफ्नो जीवनमा दुःख र सुःख दुवै प्रत्यक्ष अनुभव गरेर दुवै अस्थायी हुन भन्ने आफँै महसुस गरेपछि यसलाई जीवनमा उतार्न सक्छौँ । यसरी दुःख–सुखप्रति समभाव जगाउनु नै विपश्यना ध्यानको मुख्य उद्देश्य रहेछ । लगातार घन्टौँ ध्यानमा बस्दा शरीरमा हुने पीडालाई दुःख र ध्यान गर्दा–गर्दा प्राप्त विशेष शारीरिक अनुभव (विपश्यनाको भाषामा समवेदना) नशा लागेजस्तै आनन्ददायक हुन्छ । त्यसलाई सुखको अनुभूति सम्झने, आउने जाने सबैलाई अस्थायी अनुभव भनेर बुझ्ने र मनमा समभाव जगाउने नै विपश्यनाको मूल चुरो जस्तो मलाई   लाग्यो । 

सीमित ज्ञान र अनुभवको आधारमा विपश्यनाबारे गहिरो विवेचना गर्नु उचित नहोला । तर, मैले यो ध्यानको अर्को पक्षबारे केही कुरा भन्नैपर्छ । ध्यानको अन्तिम दिन मौनता तोडिएपछि हामी सबै साधक आपसमा कुराकानी गर्न थाल्यौँ । म विपश्यनाको आध्यात्मिक र दार्शनिक आयामको चर्चा गर्न चाहन्न । एउटा मात्र, त्यो पनि त्यति राम्रोसँग सफल हुन नसकेको शिविरको अनुभवबाट पच्चीस सय वर्ष अघिदेखि सुरु भएको र सिद्ध व्यक्तिले मुक्तिका लागि प्रयोग गरेको विधिको विवेचना गर्न खोज्नु धृष्टता हुन्छ । त्यो पक्षभन्दा म बरु साधकहरुको विविध अनुभव, प्रतिव्रिmया र विपश्यना ध्यानपछि व्यक्तिमा हुने परिवर्तनबारे चर्चा गर्न चाहन्छु  । 

मौनता सकिएपछि ध्यान शिविरभित्र एक प्रकारको कोलाहल भयो । थुनेर राखेको तलाउबाट पानीको धार छताछुल्ल भएझैँ साधकहरु समूह बनाएर सजीव बहस गर्न थाले । कसैलाई साह्रै गाह्रो भए पनि अन्तिम दिनसम्म आइपुग्दा आनन्द लागेछ । कतिले बेकारमा दुःख बेसाएको भन्ने ठानेर ध्यान अवधिभर मनमनै आफैँलाई सरापेछन् । तर, अन्तिम दिनसम्म आइपुग्दा ठीक गरँेछु, यसले मेरो मनलाई अलिकति भए पनि शुद्ध र शान्त पा¥यो भन्ने ठानेछन् । कतिले त गुरुहरुले भनेजस्तै समवेदनाको अनुभव राम्रैसँग गरेछन् । उनीहरुले शरीरमा आनन्दै आन्दको अनुभव भएकाले गर्दा मनमा आनन्द पनि क्षणिक हुने र दुःख पनि क्षणिक हुने भन्ने विपश्यनाको मूलभाव नै ग्रहण गरेका रहेछन् । जे होस् त्यहाँ हरेक साधकको आफ्नै निष्कर्ष थियो ।

तर, एउटा कुरा सबैमा समान के थियो भने कसैले पनि यो ध्यान विधि बेकार हो, मलाई यसले कुनै असर गरेन र फेरि कहिल्यै आँउदिन भनेनन् । सायद ध्यान अवधिभर नबसी शिविर छोडेर फर्कनेहरुमा चाहिँ त्यस्तो धारणा थियो होला । तिनीहरु त्यहाँ अन्तिम दिन हुने कुरै भएन । 
मचाहिँ मानसिक समस्याबाट पीडित व्यक्तिको उपचार गर्ने व्यक्ति । मैले के अनुभव गरेँ त रु ध्यान गर्दै गएपछि व्रmमशः अनुभव हुँदै जाने समवेदना आखिरीतिर अति आनन्ददायक हुन पुग्छ रे । मैले एकाग्रताको कमीले होला, त्यो हासिल गर्न सकिनँ । तर, १० दिनसम्म शान्त वातावरणमा बाहिरी संसारबाट अलग, नयाँ कुराबाट टाढा, संवादहीन, मौन र आत्मकेन्द्रित भएर बसेपछि छुट्टै प्रकारको लाभ भयो । पुरानो मानसिक थकाइ कम हुनुका साथै मन शान्त भयो, अनेक कुराले दिमाग भरिने क्रम कम भएको अनुभव भयो । 

अझ मुख्य कुरा त मलाई फेरि पनि ध्यान बस्न आऊँ जस्तो हुन थाल्यो । ध्यान अवधिभर आफूले भोगेको शारीरिक कष्टको याद आएन बरु केले हो केले फेरि तानेजस्तो लाग्यो । अरूसँग बातचित गर्दै जाँदा थाहा भयो, त्यहाँ त २० पटकसम्म ध्यानमा बसिसकेका साधकहरु पनि रहेछन् । 
एक पटक ध्यानमा बसेर गएपछि फेरि बस्न आउनका लागि कम्तीमा ६ महिना कुर्नुपर्ने रहेछ । ६ महिना कुर्न पनि हतार भएर कति त भारत गएर ध्यान बस्दा रहेछन् । मसँगै शिविरमा एकजना अमेरिकी नागरिक पनि थिए । उनी पहिलो पल्ट अमेरिकामै विपश्यक भएका रहेछन् । त्यसपछि भारत र नेपालमा पटक–पटक ध्यान बसेका रहेछन् । जुनसुकै धर्म, संस्कृति र मान्यताको व्यक्ति भए पनि पटक–पटक ध्यान गर्न मन लाग्ने । के त्यस्तो आकर्षण छ यसमा रु

म शिविरबाट फर्केपछि विपश्यनामा विशेष रुचि राख्ने मानिससँग सम्पर्क हुँदा बढी नै चासो लिएर सोधपुछ गर्न थालेँ । मसँग परामर्श गर्न आउने बिरामीमध्ये पनि कति त विपश्यना ध्यान बस्ने गर्दा रहेछन् । सोधपुछ गर्दै जाँदा के कुरा थाहा भयो भने धेरै पटक ध्यान बसी सकेपछि पनि व्यक्तिको स्वभावमा खासै परिवर्तन आउँदो रहेनछ । जीवनका सुख–दुःख, उतार–चढावप्रति द्वेष, राग, तृष्णा, घृणा साविक नै हुँदारहेछन् ।
तर, विपश्यक भने मिलेसम्म फेरि ध्यान शिविरमा बस्न जान आतुर भएको म पाउँछु । ध्यान पनि एक प्रकारको नशा वा लतजस्तै हुँदोरहेछ । सायद एकाग्र ध्यानमा बस्दा हाम्रो मस्तिष्कमा विविध रसायनिक पदार्थ पैदा हुन्छन् र तिनले आनन्दको अनुभूति दिलाउँछन् । त्यही अनुभव अथवा राग पैदा भएकोले नै ध्यानमा गइरहुँजस्तो लाग्दो रहेछ । पहिलो ध्यान शिविरको अनुभवपछि मैले बिरामीलाई उनीहरुको समस्या हेरेर मात्र विपश्यना ध्यानमा जाऊ भन्ने गरेको छु । विपश्यना सञ्चालन गर्ने गुरुले साधकमा अत्यधिक परिवर्तनको अपेक्षा राख्छन् । ध्यानपश्चात् साधकको मन शान्त र स्थिर होओस् भन्ने चाहन्छन् । विशेष गरेर दुःख र सुखमा समभाव राखी सबै कुरा क्षणभंगुर र परिवर्तनशील छ, कुनै कुरा पनि चीरस्थायी छैन, सबै कुराप्रति समभाव जगाउनुपर्छ भन्ने सोच पलाओस् भन्ने सोच्दा रहेछन् । 

तर, म साइकियाट्रिस्टको नाताले बिरामीलाई ध्यान गर भनेर पठाउँदा सर्वप्रथम उसको रोगमा के असर गर्छ भन्ने सोच्नुपर्छ । मेरो अनुभवमा विपश्यनाले मानसिक रोगको उपचार हुँदैन र उपचारका लागि ध्यान बस्न पठाउनु पनि हुँदैन । तर, अध्यात्मिक रुचीको व्यक्तिले ध्यानमा चाख दिएमा त्यस्तो व्यक्तिलाई शान्ति र एकाग्रताका लागि ध्यानमा बस्ने सल्लाह दिन सकिन्छ । उनीहरुलाई अन्य कतिपय व्यक्ति सरह ध्यानकै लत लाग्न चाहिँ दिनु हुँदैन । विपश्यना ध्यानबारे मेरो निश्कर्ष यही हो ।

 (मञ्जरी पव्लिकेसनले प्रकाशन गरेको मानसिक रोग विशेषज्ञ डा। विश्ववन्धु शर्माको पुस्तक ‘मानसिक स्वास्थ्यका विविध अनुभव’को एक अंश हो यो । यसमा संकलित सामग्री निकै उपकारी र ज्ञानवध्र्दक ठानेर प्रकाशकसँगको सहमतिमा हामीले प्रकाशन गरिरहेका हौं । पुस्तकका प्रत्येक अंश निकै उपयोगी छन्,जसलाई क्रमशः प्रकाशन गरिने छ ।)
 

 मानिसले आफैंलाई चिन्न नसक्नुको कारण

मानिसको खोज सुख हो । सुख पाएपछि अरु पाउने कुरा केही पनि बाँकी रहन्न । अन्तिम खोज सुख हो र सबै प्रकारका प्रयासहरु, प्रयत्नहरु सुख प्राप्तिको लागि

अमरनाथमा बरफको शिवलिङ्ग देखियो

 नयाँदिल्ली । भारतको जम्मु कश्मिरमा अवस्थित प्रशिध्द तीर्थस्थल अमरनाथ गुफामा बरफले बनेको शिवलिङ्गको पहिलो प्राकृतिक तस्बिर सार्वजनिक भएको छ । यो

जीवन सम्पन्न हुने एउटा अचुक कारण

मानिसको एउटै मात्र समस्या छ, त्यो समस्या हो आत्मविश्वास गुम्नु  । आत्मविश्वास गुमिसकेपछि मानिस यति गहिरो दलदलमा फस्छ कि उठ्न कठिनाइ हुन्छ । सबै

  सुन्दर स्त्रीतिर मन जानुको कारण

एउटा प्रश्न प्राप्त भएको छ, ब्रह्मचर्य भनेको के हो ? ब्रह्मचर्यमा उपलब्ध नभईकन कुनै पनि मानिस बोधमा जान सक्दैन । ध्यानस्थ हुन सक्दैन । ध्यानको लागि