रोमासँग पराजित भयो लिग विजेता युभेन्टस


एजेन्सी । बलियो टोली युभेन्टस सिरी ए अन्तर्गत आइतबार भएको खेलमा एएस रोमासँग पराजित भएको छ ।

खेलको ७९ औं मिनेटमा अलेसान्द्रो फ्लोरेन्जीले गोल गर्दै रोमालाई अग्रता दिलाए । च्याम्पियन्स लिगको लागि छनौट हुन लिगमा चौथो हुने प्रयासमा रहेको रोमाले उक्त गोलसँगै खेलमा अग्रता लिएको थियो ।

यसअघि क्रिस्टियानो रोनाल्डोले गरेको गोल रेफ्रीले अफसाइड रहेको भन्दै खारेज गरेपछि युभेन्टसले खेलमा अग्रता कायम गर्ने मौका गुमाएको थियो । पाउलो डिबालाको पासलाई उनले गोल पोष्टमा प्रहार गरेका थिए ।

इन्जुरी समयमा रोमाका एडिन जेकोले गोल थप्दै रोमालाई २–० को स्पष्ट जित दिलाए ।

लिग विजेता युभेन्टसले हालसम्म ३६ खेलमा ८९ अंक जोडिसकेको छ । त्यस्तै नापोलीको ७६ अंक र एटलान्टाको ६५ अंक रहेको छ । त्यस्तै इन्टर मिलानको ६३ र एसी मिलान र एएस रोमाको समान ६२ अंक रहेको छ ।

यो जितसँगै रोमाले च्याम्पियन्स लिगमा छनौट हुने सम्भावनालाई जिवित राखेको छ । अब लिग चरणको बाँकि २ खेलमा जित हात पार्न सके रोमाको छनौट सम्भावना रहेको बताइन्छ ।

 

आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित

काठमाडौँ, ९ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान

सावित्राको शानदार प्रदर्शन, सेथु बन्यो लिग च्याम्पियन

काठमाडौं, ८ जेठ । स्टार महिला फुटबलर सावित्रा भण्डारी साम्बाको २ गोल सँगै सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ । आज भएको फाइनलमा खेलमा

सीपीएलको ड्राफ्ट आज, नेपाली क्रिकेटरको सम्भावना कति ?

काठमाडौं, ८ जेठ । चार नेपाली खेलाडी पनि ड्राफ्ट सूचीमा परेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट आज लन्डनमा हुँदैछ । नेपाली समयअनुसार साँझ ७ः४५

हृदयघात भइ फुटबल मैदानमै ढलेका रेफ्रीको मृत्यु

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको ए डिभिजन फुटबल खेलको क्रममा रेफ्रीको मृत्यु भएको छ । आइतबार भएको खेलमा ३१ वर्षिय रेफ्री भिक्टर ह्युगो