नक्कली धन्दा चलाउने ‘नेम’ का शिक्षक खोज्दै प्रहरी

काठमाडौं । बौद्धिक क्षेत्रमा कार्यरत अझ शिक्षक जसले उच्च नैतिकताको पाठ पढाउँछ, उसले नै किर्ते काम गर्छ, साइबर अपराध गर्छ भन्दा समाजमा धेरैलाई विश्वास लाग्दैन तर राजधानीको एक प्रतिस्ठित शिक्षण संस्थामा कार्यरत शिक्षकहरुले मिलेर वर्षाैदेखि यस्ता गलत धन्दा गर्दै आएको प्रमाण फेला परेको छ ।  

सामाजिक सञ्जालमा आइबेरिस अमारा अलबिजिया नामक किर्ते आईडी बनाएर मेडिकल इण्ट्रान्स तयारी कक्षा सञ्चालन गर्ने ‘नेम’ मा कार्यरत शिक्षकरु लागिपरेको भेटिएको छ । यही किर्ते आइडीबाट अर्काे प्रतिस्ठित मेडिकल इण्ट्रान्स तयारी गराउने शिक्षण संस्था भाइब्रेण्टलाई बिक्री भएको भ्रमपूर्ण सूचना समेत दिने गरेको छ । 
  
नेममा कार्यरत शिक्षकहरु प्रयोग गरी नक्कली पब्लिकेशन (प्रियान्शु पब्लिकेशन) खोली गत पाँच वर्षदेखि भाइब्रेण्टको लोगो, नाम दुरुपयोग गरी नौ किसिमका कितावहरु अनुमति नै नलिई हजारौंको संख्यामा विक्री वितरण गरी ठगी कार्यमा संलग्न रहेको भाइब्रेण्टका सञ्चालक होमनाथ नेपालले जानकारी दिए । 
 

यसरी किर्ते काममा संलग्न शिक्षकहरुमा मनोज सिंह, कमल नेपाल, गजेन्द्र सिंह, राजेश साह, कृष्णकुमार गुप्ता, महेन्द्र यादव, विदुर भट्टराई लगायत छन् । मनोज सिंह भारतीय नागरिक हुन । कुनै विदेशीलाई विना अनुमति पुस्तक लेख्न पाइदैंन । 

यसरी किर्ते धन्दामा संलग्न भएको भन्दै भाइब्रेण्टले प्रहरी प्रशासनमा उजुरी दिएपछि उनीहरुका विरुद्ध वारेण्ट पूर्जी जारी भएकाले फरार रहेको समाचार छ ।  

झिल्को डटकममा समाचार छ- प्रतिलिपी चोरीमा उनीहरुलाई तीन वर्षदेखि सात वर्षसम्म कैद र विगो जरिवाना लाग्नसक्ने कानुन व्यवसायीहरु बताउँछन् । भाइब्रेण्टले उनीहरुसँग तीन करोडको क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला हदालतमा मुद्धा दायर गरेको छ । 

पशुपतिनाथको कमाइ सवा अर्ब

काठमाडौं : पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ। भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २९ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो। यही

मोदीलाई ३५२ सिट, दुई तिहाइका लागि ९ सिट पुगेन

नयाँदिल्ली (एजेन्सी) : भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ३०३ सिटमा विजयी भएको छ। निर्वाचन परिणामअनुसार सत्तारूढ भाजपा नेतृत्वको संयुक्त

‘डाक्टर अंकल’ को सम्झनामा शहर शोकमग्न

 विराटनगर । वरिष्ठ बालरोग विशेषज्ञको रुपमा चिनिएका दिंवगत डा. विमल अग्रवालको असामयिक निधनले यस क्षेत्रका वयस्क मात्र होइन बालबालिका पनि शोकमग्न

१५ जेठमा ८ हजारलाई सरकारी कर्मचारी बन्ने अवसर खुल्दै

काठमाडौं । लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै