आज नेपाल फर्कदै सन्दीप, करिब ६ महिनापछि बल्ल फुर्सद

काठमाडौं, २९ वैशाख । स्टार लेगस्पीनर सन्दीप लामिछानेले क्रिकेट प्रतियोगिताहरुको व्यस्त तालिकाबाट फुर्सद पाइ नेपाल फर्किदै छन् ।

करिब ६ महिनाको लगातार खेलबाट फुर्सद पाएका सन्दीप आज दिउँसो २ः३५ मा एयर इन्डियाको फ्लाइटबाट नेपालमा ल्याण्ड हुने जानकारी उनको मेनेजर रमण शिवाकोटीले जानकारी दिए ।

सन्दीपले पछिल्लोपटक भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिता खेलेका थिए । उनले ६ खेल खेल्दै ८ विकेट लिन सफल भएपनि उनले सबै खेलमा भने मौका पाएनन् । उनको टोली दिल्ली क्यापिटल्स प्रतियोगितामा तेश्रो बन्न सफल भयो ।

त्यसअघि सन्दीपले युएई र पाकिस्तानमा सम्पन्न पाकिस्तान सुपर लिग (पीएसएल) खेलेका थिए । लाहोर कलन्दर्सका लागि सन्दीपले युएईमा भएको खेलहरुमा राम्रो प्रदर्शन गरेका थिए ।

त्यस्तै पीएसएलको लागि युएई आउनुअघि सन्दीपले अष्ट्रेलियामा बिग बाश लिग (बीबीएल) खेलेका थिए । पहिलो चरणको केहि खेल खेलेर दोश्रो चरणको अन्तसम्मै अष्ट्रेलियामा बसेका सन्दीपले आफु उपलब्ध भएको हरेक खेलमा टोलीको लागि खेलेका थिए । प्रतियोगितामा सन्दीपको टोली उपविजेता बनेको थियो । उत्कृष्ट प्रदर्शन गरेका उनले अष्ट्रेलियामा विशेष माया पाएका थिए ।

बीबीएलको बिचमा सन्दीप बंगलादेशको घरेलु प्रतियोगिता (बीपीएल) खेल्न बंगलादेश पनि आएका थिए । सिल्हेट सिक्सर्सको लागि उनले मिश्रीत प्रदर्शन गर्न सफल भए ।

गत डिसेम्बर ९ को दिन काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगको दोश्रो खेल खेलेर अष्ट्रेलिया लागेका सन्दीप बिचमा छोटो समयको लागि नेपाल आएका थिए । त्यसयता नियमित रुपमा क्रिकेटमा व्यस्त भएका उनले लामो समयपछि आराम गर्ने मौका पाउने भएका छन् ।

५० ओभरको विश्वकप शुरु हुन लागेकाले अहिले घरेलु टी–२० क्रिकेटको सिजन पनि सकिएको छ । सोही कारण पनि सन्दीपले केहि समय आराम गर्ने बताइएको छ ।

नेपालको अन्तर्राष्ट्रिय क्रिकेट पनि आगामी जुलाई महिनामा मात्र शुरु हुनेछ । उक्त बेला नेपालले टी–२० विश्वकपको छनौट प्रयितोगिता खेल्ने तालिका रहेको छ ।  

 

चीनले २९ हजार फुटबल मैदान बनाउने

बेइजिङ ।  चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ ।  चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी

कतारसँग नेपाल पराजित

काठमाडौँ, ७ साउन । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ । सिङ्गापुरको इण्डियन

सन् २००९ को ‘काण्ड’मा रोनाल्डोलाई सफाई

एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो विरुद्धको यौन हिंसाको मुद्दा क्लार्क काउन्उटी डिस्ट्रीक न्याय कार्यालयले खारेज गरेको छ । सोमबार उक्त

भारत विरुद्ध खेल्न नराइन र पोलार्ड वेष्ट इन्डीजको टोलीमा

एजेन्सी । टी–२० विशेषज्ञ खेलाडीको परिचय बनाएका वेष्ट इन्डीजका स्टार खेलाडीद्वय सुनिल नराइन र काइरोन पोलार्डले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्