२४ बलमा कुनै रन बनेन, टी–२० क्रिकेटको नयाँ कीर्तिमान

एजेन्सी । पाकिस्तानको घरेलु टी–२० क्रिकेटमा एउटा अद्भुद कीर्तिमान बनेको छ ।

टेष्ट खेल्ने राष्ट्र भएकाले त्यहाँ खेलिने मान्यता प्राप्त प्रतियोगिताहरु २० ओभरको भएमा टी–२० मान्यता र ५० ओभरको भएमा लिस्ट ए को मान्यता पाउने गरेको छ ।

यस्तोमा सातौं कर्पोरेट टी–२० कप अन्तर्गत हिजो भएको खेलमा मोमीन सिड्स विरुद्धको खेलमा एनबीपीका बलर बिलाल आसिफले ४ ओभर बलिङ गर्दा कुनै रननै दिएनन् ।

पाकिस्तानको लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका ३३ वर्षिक अफस्पीनर आसिफले कुल ४ ओभर बलिङ गर्दै ४ मेडन राख्दै कुनै रन नदिइ २ विकेट लिए । यो टी–२० स्वरुपको खेलमा दुर्लभ कीर्तिमान हो । यसअघि पाकिस्तानकै मोहम्मद इरफानले ग्लोबल टी–२० क्यानडामा ४ ओभर बलिङ गर्दै ३ मेडनका साथ १ रन दिइ २ विकेट लिएको नै टी–२० को उत्कृष्ट बलिङ थियो ।

त्यस्तै क्रिश मोरिसले दक्षिण अफ्रिकाको घरेलु टी–२० प्रतियोगितामा ४ ओभर बलिङ गर्दै ३ मेडनका साथ २ रन दिइ २ विकेट लिएको कीर्तिमान दोश्रो उत्कृष्ट थियो ।

हालसम्म कुनै बलरले ४ ओभरमा कुनै रन नदिएको यो पहिलो घटना बनेको छ ।

एनबीपीका कप्तान कमरान अक्मलले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेकोमा राजा हसनको कप्तानीमा रहेको मोमीन सिड्सले जम्मा ५५ रन मात्र बनाउन सक्यो ।

इस्लामाबादमा खेलिएको उक्त खेलमा जवाफी ब्याटिङ गरेको एनबीपीले एक विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै ९ विकेटले विजयी भएको थियो ।

एभिसी भलिबल : तुर्कमेनिस्तानद्वारा अफगानिस्तान पराजित

  काठमाडौँ, २ भदौ ।  तुर्कमेनिस्तानले अफगानिस्तानलाई पराजित गरी एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा

फ्रेन्च लिग : पिएसजी पराजित, खड्कियो नेयमारको अभाव

काठमाडौँ, २ भदौ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । प्रतियोगिताको दोस्रो खेलमा साविक च्याम्पियन पिएसजी रेनेससँग स्तब्ध

नेपाली युवा टोली भारत प्रस्थान

काठमाडौँ, २ भदौ । भारतको पश्चिम बंगालमा हुन लागको साफ यू १५ च्याम्पियनसीप खेल्न नेपाली युवा टोली भारत प्रस्थान गरेको छ ।  बुधबारबाट सुरु हुने

‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’

दमौली, २ भदौ । “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ