अवैध व्यवसायमा संलग्न एकदर्जन भारतीय याक एण्ड यति होटलबाट पक्राउ

  काठमाडौं । अवैध व्यवसाय संचालन गर्न नेपाली युवालाई तालिम दिन आएका भारतीय व्यवसायलाई प्रहरीले एक पाँचतारे होटलबाट नियन्त्रणमा लिएको छ । नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा भारतमा गिनेचिनेका भनिने १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको दरबारमार्गनजिकैको पाँचेतारे होटेल याक एण्ड यतिबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको जानकारी दिईएको छ ।

भारतमा साइन ग्रूपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको विशेष सूचनाको आधारमा उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

बेगटीले भने,‘ पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको छ ।’ महानगरीय प्रहरी परिसर, महानगरिय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको बताईएको छ ।
 

छड्के अनुगमनमा २१ कर्मचारी अनुपस्थित

           रुपन्देही, ७ साउन । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयको आज छड्के अनुगमन

लागुपदार्थसहित दुई पक्राउ

        जनकपुरधाम, ७ साउन । लागुपदार्थसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ का

अमेरिकामा नेपाल भ्रमण शुरु

काठमाडौँ, ७ साउन । अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु

जलेका घर त बने तर, खाने मेलो बनेन

जलेका घर त बने तर, खाने मेलो बनेन  तारानाथ आचार्य बलेवा, ७ साउन ।   बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँका मानबहादुर बिक परिवारलाई खुशी राख्ने