प्रधानमन्त्रीको असंसदीय शब्द रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं , २७ वैशाख । सभामुख कृष्णबहादुर महराले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा प्रयोग गरेका असंसदीय शब्दहरु रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।

 राष्ट्रपतिमार्फत् सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्ष र अन्य सांसदले उठाएका प्रश्नहरुको  जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षको अमर्यादा हुनेगरी निम्मकोटीका शब्दहरु प्रयोग गरेका थिए । ती शब्द संसदीय परम्परा र मर्यादा विपरित भएकाले संसदको कुनैपनि अभिलेखमा रेकर्ड नरहनेगरी हटाउन सभामुखले रुलिङ गरेका हुन् । 

प्रधानमन्त्रीकै वक्तव्यका शब्दहरु असंसदीय ठहर गरी संसदको रेकर्डबाट हटाईएको सम्भवत यो नै पहिलो घटनामा दरिएको छ । यसबाट प्रधानमन्त्री ओली समक्ष ठूलो नैतिक प्रश्न ठडिएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले त्यसदिन प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन (रुलिङ) दिएका हुन् ।

संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा छाडेर प्रश्नको जवाफ दिन्छु’ भनेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नलाई निम्छरा भनेर असंसदीय भाषा प्रयोग गरेको भन्दै विरोध गरेको थियो ।

नेपाली कांग्रस लगायतका प्रतिपक्षीले त्यसैदिन प्रधानमन्त्रीले बोलेको असंसदीय शब्द रेकर्डबाट हटाउन माग गरेका थिए । 

शुक्रबार बसेको  बैठकको सुरुमा नै सभामुख महराले मंगलबारको बैठकमा सत्ता पक्ष र प्रतिपक्षले प्रयोग गरेका सबै असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।
 

अन्योलमा गणतन्त्र स्तम्भ

काठमाडौँ, १० जेठ ।  देशमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा निर्माण गर्न भनी नक्साको ढाँचा तयार गरिएको गणतन्त्र स्तम्भ अझै बन्ने नबन्ने अन्योलमा छ ।

नागरिकता विधेयकविरुद्ध तीन दल

बलेवा, ९ जेठ ।राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् ।केही

 नेताहरु नै बोल्न छाडे कांग्रेसमा !

काठमाडौं । नेपाली कांग्रेस जागरण अभियानमा जुटिरहेका बेला स्थानीय तहका नेता कार्यकर्ताले शीर्ष नेतृत्वलाई आलोचनाको तारो बनाईरहेका छन्

 प्रहरी र विप्लव कार्यकर्ताबीच मुठभेट

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच मुठभेट भएको छ ।