बाबुरामसँग रिसाएका नेतालाई प्रचण्डले सिन्दूर लगाईदिने

काठमाडौं । मिल्ने भन्दै बीचमै तुहिँदै आएको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकताले मूर्त रुप लिएको छ । गत दुई बर्ष देखि दुबै पार्टीबीच एकताको तयारी भईरहेकोमा अहिले त्यो सम्भव भएको छ । फोरम प्रमुख उपेन्द्र यादव र नयाँ शक्ति प्रमुख डा.बाबुराम भट्टराईबीच नेतृत्वका बिषयमा भएको सहमती पछि एकताले मूर्त रुप लिएको हो । दुबै पार्टीबीचको यो एकतालो राजनीतिक वृत्तमा भने नयाँ खाले बहस शुरु गरे लगत्तै स्वयं एकिकृत भएका दुबै पार्टीका नेताहरुको असहमती समेत सार्वजनिक हुन थालेका छन् । 

जातीय र क्षेत्रीय पहिचानको मुद्दालाई मूल राजनीतिक मुद्दा बनाएर मधेस केन्द्रित राजनीतिलाई आफ्नो हतियार बनाउँदै आएको समाजवादी फोरम र समग्र देशको आर्थिक समृद्धिको नारालाई मूलः मुद्दा बनाएको नयाँ शक्तिबीच सम्पन्न भएको यो एकता यसै पनि चर्चाको बिषय बन्ने नै भयो । आर्थिक समृद्धि र सुशासनको मुद्दा सम्बोधन गर्ने मूल लक्ष्यका साथ नयाँ शक्ति पार्टीको घोषणा गर्दै यसै लक्ष्यलाई आफ्नो पार्टीको राजनैतिक आधार बनाउँदै आएका डा. भट्टराईमाथि यसअघि उनले तत्कालिन माओवादीमा रहँदा उठाउँदै आएको जातीय पहिचानको मुद्दा राजनीतिक बजारमा बिक्न छोडेपछि कथित समृद्धिको कुरा उठाएको आरोप नलागेको भने हैन । यसका वावजुद जातीय र क्षेत्रीय पहिचानलाई मुख्य राजनैतिक हतियार बनाएर राजनीतिक बजारको एउटा हिस्सामा कब्जा जमाउन सफल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको यो एकताले भट्टराई माथि हिजो लाग्दै आएको आरोपलाई समेत प्रमाणित गरिदिएको छ । 

तर उता, बाबुराम र उपेन्द्रको प्रयासमा हालै घोषणा भएको नयाँ समाजवादी पार्टीको संरचनालाई लिएर एकिकृत पूर्व पार्टीका नेता तथा कार्यकर्ताहरुमै असन्तुष्टी देखिएकोछ । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच  एकता घोषणा भएको ४८ घण्टा पनि नबित्दै दुबै पार्टीका नेताहरुले असहमती जनाएका छन् । बिगतमा मधेसी जनाधिकार फोरमबाट मधेसी राजनीतिमा उदाएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका कार्यकर्ताले पार्टी एकता गर्दा ‘मधेश फोरम’ लाई हटाएर आफ्नो अस्तित्वलाई नै नेतृत्वले नामेट गर्ने प्रयास गरेकोमा असन्तुष्टी जताएका छन् । यस्तै पूर्व नयाँ शक्ति पार्टीमा आबद्ध झण्डै एक दर्जन नेता तथा कार्यकर्ताहरु एकता प्रति असन्तुष्टी प्रकट गर्दै पार्टीबाटै अलग्गिने तयारीका लागि  आन्तरिक छलफलमा जुटेको बताईएको छ ।  नयाँ शक्ति र फोरम दुबै पार्टी बीच वैशाख २३ गते एकताको घोषणा गर्दै एकिकृत पार्टीको नाम नयाँ समाजवादी पार्टी भनेर घोषणा गरिएको थियो ।

अहिले सोही उक्त एकताप्रति प्रश्न उठाउँदै पूर्व नयाँ शक्ति पार्टीका नेताहरुले विद्रोह गर्ने तयारी गरेका हुन् ।  पूर्व नयाँ शक्ति पार्टीका सचिवालय सदस्यहरु मदन राई, कल्पना धमला, भक्तबहादुर शाह, रामबहादुर बोहोरा, सोनामसिंह स्याङ्तान, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुली लगायतले फोरमसँगको एकता प्रकृया नै गलत भएको निष्कर्ष निकाल्दै विकल्पको खोजीमा जुटेका छन् । ‘एकता प्रकृया नै गलत ढंगले गरिएको भन्ने हाम्रो बुझाई छ । पहिला पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हुन सकेन भनेर बृहत लोकतन्त्रको कुरा गरेका हामी एकता घोषणाकै क्रममा पनि लोकतान्त्रिक अभ्यास हुन नसकेपछि सोच्न बाध्य भएका हौं’ नयाँ शक्तिका एक नेताले आफ्नो असन्तुष्टी सार्वजनिक गरेका छन् । उनले बताए, ‘एकता औपचारिक मात्रै भयो भन्ने हाम्रो निष्कर्ष छ ।’ पार्टीको नयाँ  सांगठनिक संरचनाप्रति उनिहरुले असन्तुष्टी जनाएका हुन् । असन्तुष्ट नेताहरुले आफ्ना यिनै धारणाबारे समाजवादी पार्टीका नेताहरुसँग तत्काल कुरा गर्ने भएका छन् । असन्तुष्ट नेता मध्येकै एक नेताका अनुसार, उनिहरुले आफ्ना कुरा नेताहरु समक्ष राख्ने र त्यसपछि आउने प्रतिकृयाका आधारमा भावी बाटो तय गर्ने टुंगोमा उनिहरु पुगेका छन् ।  

यसैबीच असन्तुष्ट मध्येका केही नेता  बुधबार नै नेकपामा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ । त्यसका लागि नेकपा पार्टी कार्यालयमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले ‘विशेष’ कार्यक्रमको आयोजना गरेका छन् ।

अब राजपा

नयाँ शक्ति पार्टीसँगको एकताले पूर्णता पाएसँगै नयाँ समाजवादी पार्टीले प्रदेश दुईको सरकारमा सहयोगी रहेको राष्ट्रिय जनता पार्टीसँगको एकता प्रकृयालाई अगाडी बढाउने भएको छ । नयाँ एकिकृत पार्टीको घोषणा सभामै उपेन्द्र यादवले राजपालाई एकता गर्न आमन्त्रण गरेका थिए । लगत्तै राजपाका वर्तमान संयोजक शरत् सिंह भण्डारीले नयाँ समाजवादी पार्टीसँग एकताको ढोका खुल्ला रहेको बताएका थिए । पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा संयोजक भण्डारीले नवगठित समाजवादी पार्टी नेपालसँगको एकीकरणको सम्भावना कायमै रहेको बताएका हुन् ।

भण्डारीले, ‘हाम्रो पार्टीले उठाउँदै आएको मुद्दाहरूलाई स्वीकार गरे एकताका लागि सदैव ढोका खुला छ । तर विगतमा उनले वैकल्पिक शक्तिको खाँचो महसुस गर्दै हामीले नै पहिले एकताका लागि संघीय समाजवादी फोरमसँग पहल गरेको तर फोरमले सरकार नछोडेकोले एकता हुन नसकेको बताएका थिए । विमर्श साप्ताहिकको समाचारमा भनिएको छ– तर राजपाले नयाँ समाजवादीसँग एकता प्रकृया अगाडी बढाउन भने पार्टीले सरकार छाडेर आउनु पर्ने र उपेन्द्रले हिजोका आफ्ना मुद्दाहरु जस्तै संविधान संशोधनको मुद्दा छोडिसक्नु भएको छ कि कायमै राख्नु नै भएको छ स्पष्ट जवाफ नदिएसम्म भने एकताका कुरा अगाडी नबढ्ने राजपाको अडानलाई पनि भण्डारीले स्पष्ट पारेका थिए । 

अन्योलमा गणतन्त्र स्तम्भ

काठमाडौँ, १० जेठ ।  देशमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा निर्माण गर्न भनी नक्साको ढाँचा तयार गरिएको गणतन्त्र स्तम्भ अझै बन्ने नबन्ने अन्योलमा छ ।

नागरिकता विधेयकविरुद्ध तीन दल

बलेवा, ९ जेठ ।राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् ।केही

 नेताहरु नै बोल्न छाडे कांग्रेसमा !

काठमाडौं । नेपाली कांग्रेस जागरण अभियानमा जुटिरहेका बेला स्थानीय तहका नेता कार्यकर्ताले शीर्ष नेतृत्वलाई आलोचनाको तारो बनाईरहेका छन्

 प्रहरी र विप्लव कार्यकर्ताबीच मुठभेट

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच मुठभेट भएको छ ।