' यत्ति पनि नबुझे देशमा दुर्घटना हुन्छ '

एउटा प्रश्न आएको छ– जीवनविज्ञानमा अध्यात्म, मनोविज्ञान र व्यवस्थापन तीनै चीजको विषयमा साधना गराइन्छ र जीवनविज्ञान यी तीनवटैको संगम हो भनिन्छ । मनोविज्ञानको पनि कुरा हुन्छ । अध्यात्मको पनि कुरा हुन्छ । तर व्यवस्थापनको त्यति धेरै चर्चा भएको देखिँदैन नि, किन होला भनेर प्रश्न गरिएको छ ।

गहिरिएर बुझ्यौं भने यहाँ व्यवस्थापनको मात्रै चर्चा हुन्छ । आफ्नो कार्यालयको, आफ्नो व्यवसायको व्यवस्थापन मात्रै व्यवस्थापन हैन । व्यवस्थापनका विविध रुपहरु छन् । पूर्ण रुपमा व्यवस्थापनको कला जान्नुपर्छ । अफिस सञ्चालन गर्ने म्यानेजर मात्रै कुशल म्यानेजर हैन । कुशल म्यानेजर त्यो हो, कुशल व्यवस्थापक त्यो हो, जसले आफ्नो परिवारको व्यवस्थापन गर्न जान्यो । जसले इष्टमित्रको व्यवस्थापन गर्न जान्यो, जसले समाजको व्यवस्थापन गर्न जान्यो र जसले समग्र राष्ट्रको व्यवस्थापन गर्न जान्यो, यी व्यवस्थापकहरु हुन् । र जसलाई व्यवस्थापनको कला थाहा छैन, त्यस्ता व्यक्तिका हातमा व्यवस्थापनको जिम्मेवारी प¥यो भनेचाहिँ दुर्घटना हुन्छ । अनि असहज हुन्छ, प्रगति रोकिन्छ र आज हाम्रो समाजमा यस्तै–यस्तै स्थिति बनेको छ ।

व्यवस्थापनको कला नजानिकन कुनै पनि क्षेत्रमा सफल हुन सकिन्न । व्यवस्थापन सबै क्षेत्रको लागि अत्यावश्यक छ । व्यवस्थापन सबैले जान्नुपर्छ । आफ्नो कार्यक्षेत्रको मात्रै व्यवस्थापन हैन, समग्र व्यवस्थापन । आफ्नो परिवारको व्यवस्थापन गर्न जानेनौँ भने हामी सुखी हुन सक्छौं र ? र दुःखी मन लिएर आफ्नो कार्यालयको पनि व्यवस्थापन गर्न सकिँदैन । कार्यालयको पनि व्यवस्थापन गर्नुपर्छ भने मन त प्रफुल्ल बन्नुपर्छ ।

परिवारको व्यवस्थापनबाट खुसी आउँछ । समाजको व्यवस्थापनबाट खुसी आउँछ । इष्टमित्रहरुको व्यवस्थापन, सहयोगी साथीभाइहरुको व्यवस्थापनबाट खुसी आउँछ । सबै क्षेत्रको व्यवस्थापन राम्रो भयो भने मात्रै हामी सुखको अनुभव गर्न सक्छौं । यसपछि सुखतिरको यात्रा शुरु   हुन्छ । त्यो हो कुशल व्यवस्थापन । जुन मानिसले आफ्नो मनको व्यवस्थापन गर्न जानेन, त्यसले कसैको पनि व्यवस्थापन गर्न जान्दैन । मन अशान्त छ, मन दुःखी छ, मनमा विभिन्न प्रकारका नकारात्मक विचारहरु आएका छन् भने हामी परिवारको व्यवस्थापन गर्न सक्छौं र ? आफ्नो कार्यालयको व्यवस्थापन हुन सक्छ र ? समाजको व्यवस्थापन गर्न सक्छौ र ? इष्टमित्रको व्यवस्थापन हुन्छ र ? हुँदैन ।    

जसको आफ्नै ठेगान छैन, उसले अरुको व्यवस्थापन कसरी गर्न सक्छ ? आफैं भद्रगोलमा छ, आफ्नै मन कहाँ गयो, के भयो, थाहै छैन, जसको आफ्नो मनप्रति नियन्त्रण छैन, उसले अरुलाई कसरी नियन्त्रणमा लिन सक्ला र ? आफ्नो मन त वशमा छैन, अरुलाई वशमा राखेर काम गराउन सकिन्छ र ? कठिनाइ हुन्छ । सबैभन्दा ठूलो व्यवस्थापन हो– मनको व्यवस्थापन । मनमा निरन्तर विचारहरु चलिरहेका छन्, के–के विचारहरु आउँछन्, त्यो पनि थाहा छैन । सकारात्मक विचार आउँछ, नकारात्मक विचार आउँछ, त्यसको पनि टुंगो छैन । दिनभरिमा कति सकारात्मक विचार आए, कति नकारात्मक विचार आए, कुनै हिसाब–किताब राखेकै छैन । जसले मनमा आउने कुराहरुको हिसाब राख्दैन, त्यो कुशल व्यवस्थापक हुन सक्दैन ।

आफ्नो मनको विषयमा जानकारी हुनुपर्छ । किन हुनुपर्छ भने यो मनले नै व्यवस्थापन गर्छ । परिवारको, समाजको, कार्यालयको, कर्मक्षेत्रका अरु विविध आयामहरु हुन सक्छन्, सबै आयामहरुको व्यवस्थापन मनले गर्छ र मन नै अव्यवस्थित छ भने कसरी गर्ने ? र  जीवन विज्ञानले यही व्यवस्थापन सिकाउँछ । मनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? यहाँबाट शुरु गर्छ । जीवन विज्ञान जरोमा गयो । यसले पातमा पानी हालेन, जरोमा पानी हाल्यो । भित्रैबाट सफा गर्न खोज्यो । व्यवस्थापनको मूल कहाँ हो ? जीवन विज्ञान मूलमा प्रवेश ग¥यो ।

हामी झुक्कियौं, व्यवस्थापन भन्ने बित्तिकै हामी बाहिरको कुरा बुझ्छौं । आवरणलाई बुझ्छौं । खोललाई बुझ्छौं । यो सबै यसरी गर्ने, यसरी मिलाउने, यहाँ बिग्रिएको कुरालाई यसरी ठीक पार्न सकिन्छ भनेर बाह्य रुपमा जुन स्कुल, कलेजहरुले शिक्षा दिन्छन्, यो आवरण हो । मूल हैन, मूल मन हो । मन ठीक भयो भने अनि यी सबै आवरणहरु काम लाग्छन् । स्कुल, कलेजमा सिकेका सबै कुराहरु उपयोगी हुन्छन् । तर मन नै बेठीक छ, मन नै अस्तव्यस्त छ भने कुनै पनि प्रकारको व्यवस्थापनको कला सिकेका छौं भने पनि केही काम लाग्दैन । सबै निरर्थक हुन्छन् । अर्थहीन हुन्छन् । त्यसैले सबैभन्दा महत्वपूर्ण मन हो । मनको व्यवस्थापन नगरिकन बाहिर कुनै पनि प्रकारको व्यवस्थापन सम्भव छैन र काममा आउँदैन । ठीक तरिकाले प्रयोग हुँदैन ।

जीवन विज्ञानले मनको व्यवस्थापनबाट कार्य शुरु गर्दछ । पहिला मनलाई सबल बनाऊ, आफ्नो मनलाई आफ्नो बनाऊ, त्यसपछि साह्रा दुनियाँलाई आफ्नो बनाउन सक्छौ । यहाँबाट शुरु हुन्छ । हाम्रो आफ्नो मनले आफूले भनेको मान्दैन । हे मन, एकछिन चूप लागेर बस्, शान्त हुन्छु, ध्यान गर्छु भन्यो, त्यही बेलामा विचारहरु आउँछन् । हाम्रो मनले हामीले भनेको कुरा मान्दैन भने दुनियाँले हामीले भनेको कसरी मान्छ ? आफ्नो मनलाई त नियन्त्रणमा लिन सकेका छैनौं, आफ्नो मनलाई त आफ्नो वशमा पार्न सकेका छैनौं, अनि हामी चाहन्छौं– साह्रा दुनियाँ हाम्रो वशमा होस् । मेरो परिवारहरुले मैले भनेको मानून्, मेरा साथीभाइले मैले भनेको मानून्, मेरा इष्टमित्रले म जे–जे भन्छु, त्यो मानून्, मेरा सहयोगीहरु सबैले मेरा कुरा मानून्, महत्व दिऊन् भन्ने हामीलाई लाग्छ । तर कसरी सम्भव हुन्छ ?

आफ्नो मन त आफ्नो नियन्त्रणमा छैन, आफ््नो मनले त आफ्ले भनेको मान्दैन, अब अरुले भनेको मान्छन् र ? जसलाई आफ्नो मनलाई वशमा राख्ने कला थाहा छैन, त्यो मानिसलाई सबैलाई खुसी बनाउने, सबै मानिसबाट काम लिने कला थाहा छ भन्यो भने त्यो गलत हुन्छ । जसले आफ्नो मनको व्यवस्थापन गर्न जानेको छैन, उसले म कुशल व्यवस्थापक हुँ भन्नु सान्दर्भिक हुँदैन । आफ्नु मनलाई पहिला जान्नुपर्छ, बुझ्नुपर्छ । र मनको व्यवस्थापनको कला जान्नुपर्छ किनभने मन नै व्यवस्थापक हो । व्यवस्थापक आफैं बिग्रिएको छ भने अनि त्यो घरको, त्यो कार्यालयको व्यवस्थापनको के हाल होला ? मूली नै बिग्रियो, जसले सबै कुराको व्यवस्थापन गर्नुपथ्र्यो, त्यो आफैं अनियन्त्रित छ भने त्यो संगठनको हाल के  होला ? जुन संगठनको मूली बिग्रियो, अब पूरै संगठन बिग्रियो । मन बिग्रियो भने सबै कुरा बिग्रियो । मन मूल हो र जीवन विज्ञानले निरन्तर मनको व्यवस्थापनको कला सिकाउँछ । यहीँबाट शुरु गरेको छ ।

पहिला आफ्नो मनलाई हेर, दोस्रोमा आफ्नो परिवारलाई हेर, तेस्रोमा आफ्ना इष्टमित्रलाई हेर, आफ्नो कार्यलाई हेर, आफ्नो समाजलाई हेर, हुँदैहुँदै राष्ट्रलाई हेर । आफूबाट पैmलिनुपर्छ । सबैभन्दा पहिला आफ्नो मनको सुधार गरौं । मन सुध्रियो अनि परिवारको सुधार गरौं । परिवार सुध्रियो, आफ्नो कर्मक्षेत्र कार्यालयको सुधार गरौं । इष्टमित्रको सुधार गरौं । समाज सुधार गरौं । अनि मात्रै राष्ट्रको सुधार हुन्छ । आफ्नो मनलाई छोडेर, परिवारलाई छोडेर, समाजलाई छोडेर, इष्टमित्रलाई छोडेर, कार्यालय छोडेर, एकैपटक राष्ट्रको सुधार गर्छु भनेर लाग्यौं भने राष्ट्रलाई लगेर दुर्घटनामा हाल्छौं । र आज करिब करिब यस्तै भएको छ । जुन मानिसहरु राष्ट्रको बागडोर सम्हालेर, राष्ट्रको सुधार गर्छाैं भनेर, राष्ट्रको व्यवस्थापन गर्छौं, पूरै मुलुकको व्यवस्थापन गर्छौं भनेर जुन व्यक्तिहरु गएका छन्, उनीहरुको आफ्नो मनको सुधार भएको छ कि छैन ? आफ्नो मनको व्यवस्थापन गरेका छन् कि छैनन् ? आफ्नो परिवारको व्यवस्थापन गरेका छन् कि छैनन् ? आफ्नो समाजको व्यवस्थापन गरेका छन् कि छैनन् ? यदि छैनन् र सीधै राष्ट्रको व्यवस्थापनमा हाम फालेका छन् भने यस्ता व्यक्तिहरुबाट दुर्घटना अवश्यम्भावी छ ।

हामी सबैले त्यस्तै गरेका छौं । जुन–जुन काम गर्न अगाडि बढेका छौं, जहाँ–जहाँको व्यवस्थापन गर्न अगाडि बढेका छौं, सब बिगारेका छौं । र बिगार्नुको पछाडि एउटै कारण हो हामीले आफ्नो मनको व्यवस्थापन गर्न जानेनौं । मनले नै सबै कुरा गर्छौं । सब कुराको व्यवस्थापन गर्ने मन हो । र यही मन व्यवस्थित छैन भने सबै कुरा कसरी व्यवस्थित हुन्छ ? त्यसैले आफ्नो मनको व्यवस्थापन गरौं । र ध्यान मनको व्यवस्थापन गर्ने कला    हो । ध्यानले व्यवस्थापन सिकाउँछ । व्यवस्थापक बन्नु छ भने ध्यानी बन्नुपर्छ ।

ध्यान व्यवस्थापनको मूल मन्त्र हो । ध्यानबाट व्यवस्थापन शुरु हुन्छ किनभने ध्यानले मनलाई व्यवस्थित गर्छ । जुन विचार मलाई चाहिँदैन, ती सबै नचाहिने विचारहरुलाई ध्यानले हटाइदिन्छ र मेरा लागि जुन विचार फाइदाजनक छ, ती शुभ विचारहरुलाई ध्यानले आमन्त्रण गर्छ । त्यसैले जीवन विज्ञानले व्यवस्थापन सिकाएन भन्न त मिल्दैन । यसले व्यवस्थापन नै सिकाउँछ । हामी सबैलाई पनि कुशल व्यवस्थापक बन्ने अवसर प्राप्त होस् । आफ्नो मनलाई व्यवस्थित गर्ने अवसर प्राप्त होस् ।

(जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन विकास विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट उतार गरिएको सामग्री)
 

साउनकाे पहिलाे साेमबारः देवघाटमा भक्तजनको भीड

चितवन, ६ साउन । पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ

ज्योतिषीको भरपर्दा राजाको वंशनाश

ज्योतिष शास्त्र के हो ? ज्योतिष फलादेश मिल्छ कि मिल्दैन ? मिल्छ भने कति प्रतिशत मिल्छ ? प्रश्न छ । ज्योतिषको फलादेश त शत प्रतिशत मिल्छ । ज्योतिष विज्ञान

आज चन्द्र ग्रहण, कुन राशीलाई के लाभ–हानी ?

काठमाडौं । आज असार ३१ गते मंगलबार । गुरु पूर्णिमाको दिन र आजै चन्द्र ग्रहण लाग्ने समय पनि । डेढ सय वर्षपछि गुरु पूर्णिमाकैै दिन चन्द्र ग्रहण लागेको यो

गृहिणीले दैनिक यी ५ काम गरेमा दरिद्री नाश हुने पक्का

एजेन्सी । सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भन्ने भनाइ घाम झैं छर्लङ्ग छ । असल महिला अर्थात् गृहिणीले पुरुषलाई दिने साथले जीवन सफल हुने कुरालाई