जौको सातु र सर्वत खाई मनाइँदै अक्षय तृतीया

काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । 

मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । 

यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ । 

   यस अवसरमा निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्यस्य पुराणमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो रासस

बाबुरामको ऐंसेलु मोह

काठमाडौं, ५ जेठ । राजनीतिक दल परिवर्तनमा निकै चञ्चल नेताको पहिचान बनाईरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अहिले गृहजिल्ला गोरखा पुगेका छन्

 कतै तपाइँको मोटरसाइकल असुरक्षित ठाउँमा पार्किङ गरिएको त छैन ?

काठमाडौं । तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु

एकै वडामा १६३ को बालबिबाह

डोटी, ३१ वैशाख । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा

अवैध व्यवसायमा संलग्न एकदर्जन भारतीय याक एण्ड यति होटलबाट पक्राउ

  काठमाडौं । अवैध व्यवसाय संचालन गर्न नेपाली युवालाई तालिम दिन आएका भारतीय व्यवसायलाई प्रहरीले एक पाँचतारे होटलबाट नियन्त्रणमा लिएको छ । नेपालमा