प्रचण्ड बुध्दजस्तै सबै कुरा त्यागेर हिँड्न तयार


काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि जरुरी परेको खण्डमा आफू सबै कुरा त्याग गरेर गौतमबुद्ध जसरी नै हिँड्न सक्ने बताएका छन् ।

    पं नारायणप्रसाद पोखरेल प्रतिष्ठानले आजदेखि सीतापाइलामा आयोजना गरेको ऐतिहासिक गीताज्ञान महाअनुष्ठानको उद्घाटन गर्दै उनले आफूले बाँकी जीवन मुलुकको समृद्धि र शान्तिलाई सुदृढ गर्नका निम्ति खर्च गर्ने बताए । उनले भने, “मैले जङ्गल जान्छु भनेर फेरि लडाइँ र हिंसामा जान्छु भनेको होइन, देश र जनताका लागि जरुरी प¥यो भने म सबै चिज त्याग गरेर हिँड्न तयार छु । फेरि पनि त्याग गर्न मलाई केही चाहिएको छैन, मलाई सम्पत्ति, घर, गाडी चाहिएको छैन मात्र भनेको हो ।”

     पूर्वप्रधानमन्त्री दाहालले  यहाँ  धेरै चिन्तक, ठूलाठूला चिन्तन र दर्शन पैदा भएको बताउँदै पौराणिककालमा महादेव, पार्वती, सीतालगायत महामानवले गरेको चिन्तन, तपस्या सिङ्गो मानव जातिका निम्ति प्रेरणाका रुपमा रहेको उल्लेख गरे।  मानव समाज आधुनिकतातर्फ जाँदै गर्दा दर्शनमा वैज्ञानिकता दिने  गौतमबुद्धको जन्मस्थलका रुपमा नेपाल रहेको उल्लेख गर्दै उनले कम्युनिष्टले मान्दै आएको भौतिकवादी द्वन्द्ववादका प्रवत्र्तकका रुपमा गौतमबुद्धले जीवन र जगतलाई आध्यात्मिक र भौतिक ढङ्गले हेर्ने कोशिश गरेको बताए। 

    गीता ज्ञान कुनै धार्मिक आस्थासँग सम्बन्धित नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले जीवनलाई कर्तव्यतर्फ डोहो¥याउने र कर्ममार्फत मानव जातिलाई गतिशील बनाउने सारका रुपमा रहेको बता। उनले भने, “गीताले मानिसलाई कर्तव्य सिकाउन खोजेको छ । पूर्वीय दर्शनमा गीताको ज्ञान आध्यात्मिकताको उच्चतम् अभिव्यक्ति हो । हामी सबैका निम्ति यस ऐतिहासिक विरासतका रुपमा रहेको सम्पत्ति हो । यसलाई हाम्रो समाज र देशको उन्नतिका निम्ति सदुपयोग गर्न सक्नुपर्दछ ।”
    
    नारायण आध्यात्मिक केन्द्रको निर्माणाधीन कार्य सम्पन्न गर्न तथा मानिसलाई गीताको तार्किक, व्यावहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी सबैलाई आध्यात्मिक भाव जगाउन अनुष्ठान शुरु गरिएको हो । अनुष्ठानमा दैनिक वेदपाठ, रुद्राभिषेक, श्रीमद्भागवत पाठपारायण, तुलादान, भूमिदान, व्रतबन्ध, विवाह, चौरासी पूजा, ग्रहशान्ति, लक्ष्यदीप प्रज्वलन, हवन, एक हजार अठ शालिग्राम पूजा तथा परिक्रमा हुनेछन् । अनुष्ठान यही वैशाख ३० गतेसम्म चल्नेछ ।  अनुष्ठानमा पं दीनबन्धु पोखरेलले श्रीमद्भगवत गीताको वैज्ञानिक र व्यावहारिक पक्षको व्याख्या गर्नेछन् । रासस

 मानिसले आफैंलाई चिन्न नसक्नुको कारण

मानिसको खोज सुख हो । सुख पाएपछि अरु पाउने कुरा केही पनि बाँकी रहन्न । अन्तिम खोज सुख हो र सबै प्रकारका प्रयासहरु, प्रयत्नहरु सुख प्राप्तिको लागि

अमरनाथमा बरफको शिवलिङ्ग देखियो

 नयाँदिल्ली । भारतको जम्मु कश्मिरमा अवस्थित प्रशिध्द तीर्थस्थल अमरनाथ गुफामा बरफले बनेको शिवलिङ्गको पहिलो प्राकृतिक तस्बिर सार्वजनिक भएको छ । यो

जीवन सम्पन्न हुने एउटा अचुक कारण

मानिसको एउटै मात्र समस्या छ, त्यो समस्या हो आत्मविश्वास गुम्नु  । आत्मविश्वास गुमिसकेपछि मानिस यति गहिरो दलदलमा फस्छ कि उठ्न कठिनाइ हुन्छ । सबै

  सुन्दर स्त्रीतिर मन जानुको कारण

एउटा प्रश्न प्राप्त भएको छ, ब्रह्मचर्य भनेको के हो ? ब्रह्मचर्यमा उपलब्ध नभईकन कुनै पनि मानिस बोधमा जान सक्दैन । ध्यानस्थ हुन सक्दैन । ध्यानको लागि