केन्द्रीय कारागारका कैदी र डिएएसपीको साँठगाँठ, सुरक्षा चनौति बढ्दै

काठमाडौँ, २३ वैशाख। केन्द्रीय कारागारको गोलघरमा रहेका रमेश बाहुन भन्ने सुजन पौडेल र प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुङ्गेलबीच पटक–पटक फोन संवाद भएको घटना सार्वजनिक भएपछि गोलघरको सुरक्षा ब्यवस्थामाथि नै प्रश्न उठेको छ ।  संगठित अपराध (गुण्डागर्दी) मुद्दामा २०७१ सालमा पक्राउ परेका बाहुनका गतिविधि शंकास्पद देखिएपछि गोलघरमा राखिएको थियो । सुरक्षाका दृष्टिकोणले संवेदनशील गोलघरका कैदीले हप्तामा एक दिन तीनजनासँग फोन सम्पर्क गर्ने सुविधा हुन्छ । 

‘कल डिटेल’ र ‘भ्वाइस रेकर्ड’ हुने ल्याण्डलाइनको टेलिफोन सेटबाट आफन्तलाई फोन गर्नुपर्ने हुन्छ । टेलिफोन संवाद तथा अन्य गतिविधिमाथि सीसी क्यामेराका साथै प्रत्यक्ष रूपमा कारागार कर्मचारी र प्रहरीले सुक्ष्म निगरानी राख्ने गर्छन् । 

सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरका कैदी बाहुन र डीएसपी कुमोदबीचको बाक्लो फोन संवादमा भने सुरक्षा सतर्कता अपनाएको देखिदैन । 
महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्र राठौर अपराधीका लागि कारागार पनि सुरक्षित गृह बन्दै गएको जस्तो देखिएको बताउनुभयो ।

गृह मन्त्रालयले डीएसपी ढुङ्गेललाई शुक्रवार निलम्वन गरेको छ । गत चैत २६ गते रानीवारीमा भएको डकैती घटनामा संलग्न अभियुक्त नैकापका विक्रम श्रेष्ठसँग पनि डीएसपी ढुङ्गेलको बारम्वार फोन सम्पर्क भएको देखा परेपछि निलम्वन गरिएको मन्त्रालयले जनाएको छ । 

पोखरामा घर किन्न जम्मा राखेको तीनकरोड रुपियाँ लुट्ने योजनाअनुरुप हतियार देखाइ रानीवारीस्थित एक ब्यापारीको घरभित्र जवरजस्ती प्रवेश गरेको अभियोगमा प्रहरीले नैकापका विक्रमसहित चन्द्रागिरिका ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढीका २८ वर्षीय ‘दीपेश’ भन्ने सन्तबहादुर तामाङलाई पक्राउ गरेको थियो । 

उनीहरूको पक्राउसँगै थप अनुसन्धान गर्दा अभियुक्त विक्रम, गोलघरका बाहुन र डीएस्पी कुमोदबीच त्रिकोणात्मक सम्वन्ध देखिएको छ । 
सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा दुई विदेशी सहित छ जनालाई राखिएको छ । कुख्यात अपराधी चाल्र्स शोभराज, पाकिस्तानी नागरिक महम्मद, सुन तस्कर गोरे भन्ने चुडामणि उप्रेती, मन्दविष किलर सुरेन्द्र सिंह, गुण्डाद्वय रमेश बाहुन र समिरमान बस्नेत छन् । 

‘जेलभित्रको पनि जेल’ गोलघरमा बसेर अपराधको योजना बनाउने कैदी रमेश बाहुनपछि समिरमान बस्नेतको नाम जोडिएको छ । डीएसपी ढुगेलका नातेदार समिरमानले नै बाहुनसँग चिनजान गराइ दिएका थिए । 

नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार भएको अभियोगमा पक्राउ परेका बस्नेतले पनि गोलघरबाट नै रोडा, ढुङ्गाको ठेक्कापट्टा गर्नुका साथै सहयोगी मार्फत धम्क्याउने गरेको पाइएको छ । 

अपराध महाशाखाका प्रहरी उपरीक्षक राठौर गोलघरमा बसे पनि बस्नेतको अपराधिक क्रियाकलाप नरोकिएको बताउनुहुन्छ । तर, केन्द्रीय कारागारले कैदी बस्नेतलाई केही दिनअघि गोलघरबाट भद्रजेलमा सारेको थियो । 

केन्द्रीय कारागारका प्रहरी निरीक्षक विपिन ओझा गोलघरमा रहेका अपराधी र ती प्रहरी अधिकारीबीचको फोनसम्वन्ध अलि पुरानै हुनसक्ने बताउनुहुन्छ ।  गोरखापत्रमा प्रकाशित समाचार अनुसार,अहिले निकै सुरक्षा सतर्कता अपनाएका छौं उहाँले थप्नुभयो– सार्वजनिक भएको फोन संवाद नयाँ होइन, पुरानो हो ।

पाँच वर्षदेखि टहरामै बास

सुर्खेत, २ भदौ । बराहताल, हरिहरपुरकी पूजा गन्द्रमासँग वर्षभरी खान पुग्ने जमीन र जस्तापाताले छाएको घर थियो । विसं २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको

ज्येष्ठ नागरिकले पाएनन् भाडामा छुट र आरक्षण सिट

   काठमाडौँ, २ भदौ । ज्येष्ठ नागरिकको परिचयपत्र देखाउँदा पनि लोकहन्थलीबाट बानेश्वरसम्म जाँदा सार्वजनिक बसले महाप्रसाद पराजुलीसँग रु १० भाडा

घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द

भक्तपुर, २ भदौ । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट

बालगोपालेश्वर शिखर शैलीमा पुनःनिर्माण

काठमाडौँ, १ भदौ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण