शिक्षक नै परीक्षामा फेल भएपछि विद्यालय बन्द हुने अवस्थामा


दमौली, २२ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।
 

गाउँपालिकाका शिक्षा शाखा प्रमुख साधुराम पौडेलले ती विद्यालयमा शिक्षक अभाव भएकाले पठनपाठनमा समस्या हुन पुगेको जानकारी दिए । शिक्षक सेवा आयोगबाट शिक्षकको नतिजा प्रकाशन भएसँगै ती विद्यालयमा शिक्षक अभाव भएको उनले बताए। उनले भने, “ती विद्यालयमा पढाइरहनुभएका शिक्षकमध्ये कतिपयले नाम निकाल्न सक्नुभएन र केहीले अवकाश रोजे। जसका कारण विद्यालयमा शिक्षक अभाव हुन पुग्यो ।”
 

उहाँका अनुसार शिक्षक कम भएका ती विद्यालयमा शिक्षक व्यवस्थापनका लागि सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ । उनका अनुसार ती विद्यालयमध्ये केही विद्यालय मर्ज गर्नुपर्ने अवस्थासमेत रहेको छ । उनले भने, “केही विद्यालयमा विद्यार्थी सङ्ख्या ज्यादै न्यून छ, त्यस्ता विद्यालय मर्जको प्रक्रिया बढाइएको छ, कम विद्यार्थी भएको विद्यालयमा सहजकर्ताले पढाइरहनुभएको छ ।”

वडा नं ३ स्थित परोपकार प्राथमिक विद्यालयमा समेत वैशाख २६ गतेबाट शिक्षक अभाव हुने उनले बताए । उनका अनुसार उक्त विद्यालयमा कार्यरत दुई शिक्षकमध्ये एक अस्थायी शिक्षक परीक्षामा फेल भएको र अर्को एक आगामी वैशाख २६ गतेबाट निवृत्त हुँदैछन् ।

आँबुखैरेनी गाउँपालिकाभित्रका ३८ विद्यालयमा १७८ शिक्षक कार्यरत थिए । ३० अस्थायी शिक्षकमध्ये केहीले अवकाश रोजे भने केहीले परीक्षामा सहभागी भएर नाम निकाल्न सकेनन् । गाउँपालिकाभित्रका एक शिक्षकको सरुवा भइसकेको छ भने एक सेवा निवृत्त हुने तयारीमा छन् । रासस

विद्यार्थीमा धनी र गरीबको भावना हटाउन अध्ययन

काठमाडौँ, ५ जेठ । धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको

 पहिलो कक्षामै फेल भएका थिए यी पूर्वप्रधानन्यायाधीश  

बागलुङ । ‘कखरा’ सिकेको विद्यामन्दिर माविमा प्रमुख अतिथि थिए, पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ ।  यसपालि श्रेष्ठ विद्यालय आउनुको

किन विश्व भाषामा धुईरिन्छन् विदेशी युवा

 काठमाडौं । विश्व भाषा क्याम्पस त्रिभुवन विश्व विद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय भाषा सिकाइने एक मात्र शैक्षिक इकाई हो । विदेश जान चाहने, पर्यटन

स्थानीय पाठ्यक्रम निर्माण

भक्तपुर, १९ वैशाख । मध्यपुरथिमि नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको विद्यालयका आधारभूत तहको पाठ्यक्रम निर्माण गरेको छ । उक्त