एनबी बैंकको जग्गा खरिदमा करोडौं घोटाला, राष्ट्र बैंक र अख्तियारमा उजुरी

काठमाडौं । जग्गा खरिदमा ठूलो आर्थिक घोटाला गरेको भेटिएपछि एनबी बैंक भनेर चिनिएको नेपाल बंगलादेश बैंकमाथि नेपाल राष्ट्र बैंकले कडा निगरानी गरिरहेको बुझिएको छ । आफ्नो केन्द्रीय कार्यालय बनाउने भन्दै जग्गा खरिद गर्दा ठूलो आर्थिक घोटाला भएको दावी सहित उजुरी परेपछि राष्ट्र बैंकले एनबी बैंकमाथि निगरानी बढाएको थाहा भएको छ । एनबी बैंकको शेयर खरिद गरेका लगानीकर्ताले बैंकले चलन चल्तिमा भन्दा बढी मूल्यमा जग्गा खरिद गर्दा बैंक धरासायी हुने र आफ्नो लगानी डुब्न लागेको भन्दै नियमन गर्ने निकाय राष्ट्र बैंकमा उजुरी दिएपछि राष्ट्र बैंकले एनबीमाथि कडा निगरानी बढाएको बताईएको छ ।

पछिल्लो समय एनबीले बालुवाटार र विशालनगरमा जग्गा खरिद गरेको छ । बजार मूल्य भन्दा निकै बढीमा उक्त जग्गा बैंकले खरिद गरेको आरोप लगाइएको छ । बैंकले केन्द्रीय कार्यालयको भवन बनाउने उद्देश्यले विशालनगरमा र वालुवाटरमा पनि जग्गा खरिद गरेको छ । यी दुवै ठाउँको जग्गा खरिद गर्दा आर्थिक चलखेल भएको भन्दै लगानीकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकमा ऊजुरी दिएका छन् । त्यसैको आधारमा नेपाल राष्ट्र बैंक र अख्तियारले एकैसाथ एनबीमाथि निगरानी बढाएका हुन् । एनबीको व्यवस्थापन पक्षले भने जग्गा खरिदमा कुनै घोटाला नभएको भन्दै आफ्नो बचाउ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रचलित दर भन्दा निकै सस्तोमा जग्गा खरिद गरेको भन्दै लगानीकर्तालाई थामथुम पार्ने कोशिस गरेका छन् ।

 लगानीकर्ता भने उनको भनाइमा कुनै दम नभएको बताउँदै आएका छन् । केन्द्रीय कार्यालय प्रयोजनका लागि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका विशालनगरमा रहेको जग्गा क्षेत्रफल सात रोपनी ९ आना एक पैसा तीन दाम जग्गा प्रचलित बजार मूल्य अनुसार प्रतिआना ५५ देखि ६० लाख पर्दछ । तर, उक्त जग्गा एनबी बैंकले प्रतिआना ८० लाखमा खरिद गरेको छ । एनबी बैंक व्यवस्थापनले उक्त जग्गाको मूल्य प्रतिआना करोड भन्दा माथि पर्ने तर, आफूहरुले निकै सस्तोमा पाएको भन्दै हिँडेको छ । यसैगरी बालुवाटारको जग्गा पनि निकै कममा खरिद गरेको एनबी बैंकको दावी छ ।

जग्गा खरिदमा भएको आर्थिक चलखेललाई लिएर बैंकभित्र र बाहिर समेत चर्चा हुँदै आएको छ । उक्त जग्गा खरिदका सम्बन्धमा सञ्चालकबीच विवादसमेत हुँदै आएको छ । केही सञ्चालकले उक्त जग्गा खरिद गर्न नहुने भन्दै लिखित रुपमै असन्तुष्ट जनाउँदै आएका छन् भने केही सञ्चालकले भने उक्त जग्गा खरिद गर्न उपयुक्त भएको जिकीर गर्दै आएका छन् । विवादका बावजुद पनि नबिल बैंक सञ्चालक र व्यवस्थापन जग्गा खरिद गर्ने निर्णयमा पुगेका थियो । एनबी बैंकको शेयर खरिद गरेका लगानीकर्ता भने आफूहरुलाई सञ्चालक समिति र व्यवस्थापन पक्षले भिरमा खसाल्न लागेको भन्दै राष्ट्र बैंक र अख्तियार गुहार्न पुगेका छन् ।

सञ्चालकहरुबीच समेत जग्गा खरिदमा मत विभाजन भएकाले उक्त जग्गा खरिद गर्ने कार्य तत्काल रोकी पाउँ भन्दै लगानीकर्ताले राष्ट्र बैंक र अख्तियारमा निवेदन दिएका छन् । साथै जग्गा खरिद गर्ने कार्यले बैंकभित्र वित्तीय सुशासन कायम भएको नदेखिएको र उक्त जग्गा खरिद प्रकरणमा चरम आर्थिक चलखेल हुने देखिएकाले सम्बन्धित शीलबन्दी बोलपत्र मुचुल्का उपसमितिको बैठक तथा सञ्चालक समितिको सक्कलै कागजपत्रहरुको जाँचबुझ गरी दोषीलाई तत्कालै कारबाही गर्न पनि राष्ट्र बैंक र अख्तियारमा निवेदन दर्ता गरिएको छ । 

यही जग्गाको बिषयलाई लिएर एनबी बैंकको सञ्चालक समितिको बैठकमा समेत पटक पटक विवाद हुँदै आएको छ । वार्षिक साधारणसभा गर्नु पूर्व अर्थात पुस २५ गते एलिस रेष्टुरेन्टमा बसेको सञ्चालक समितिको बैठकमा कुटपिट समेत भएको थियो । उक्त बैठकमा एनबी बैंकका सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दीपक कार्की कुटिएका थिए । लगनीकर्ताहरु एनबी बैंक सञ्चालक र व्यवस्थापन पक्ष निकै कमजोर भएकोमा दिक्क मान्दै छन् । अहिले उक्त बैंकको सञ्चालक समितिको अध्यक्षमा जलाल अहमद छन् । अन्य बैंक सञ्चालकमा सर्वसाधारणको तर्फबाट इन्द्रबहादुर थापा, मुकुन्दनाथ ढुंगेल, दीपक कार्की र आइएफआइसी नबिल बैंकका तर्फबाट एमशाह आलम सरवर तथा क्यारुन नहिर अहमद छन् ।  

बैंक सञ्चालक समितिमा नै एकता नभएपछि बैंकको वित्तीय अवस्था नै खराव बन्दै गएको छ । बैंक दिनानुदिन अधोगतिमा गइरहेको छ । प्रकाश खबरले यसबारेमा लेखेको छ, बैंकको अवस्था नाजुक बनेकोमा सर्वसाधारण लगानीकर्ता चिन्तित छन् ।
 

ब्लास्ट रोगका कारण धानखेती सखाप

भद्रपुर, १० जेठ । झापाको कमल गाउँपालिका–२ समयगढमा पाक्न लागेको धानको बोटमा ‘नेक ब्लास्ट’ नामक रोग देखापरेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख

तातोपानी नाका आउँदो साता सञ्चालनमा

काठमाडौँ,१० जेठ । भूकम्पपछि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आउँदो साताभित्रै पुनः सञ्चालनमा आउने भएको छ ।  नेपालका लागि चिनियाँ राजदूत

उन्नत जातको बोका वितरण

काभ्रेपलाञ्चोक, ९ जेठ । जिल्लामा कृषकका पशुपक्षी र बालीको बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहका प्राविधिकलाई सोसम्बन्धी बीमा अभिकर्ता

एकाएक ३० हजार माछा मरेपछि कृषक चिन्तित

धादिङ, ९ जेठ । नीलकण्ठ नगरपालिका–३ गौतीमा पालिएको ३० हजार माछा मरेपछि माछापालक कृषक चिन्तित भएका छन् ।तीन महीनाअघि माहुर जातको माछा पोखरीमा