फाल्नुपर्ने औषधीको खोलबाट कलाकारिता

काठमाडौँ, १९ वैशाख । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता (खोल) तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर उदाहरणीय बनेका छन् । उनका यी मूर्तिहरु अहिले काठमाडौँको नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ ।

गीतकारका साथै रेल चालक नाग कुशल मूर्तिकार हुन् । सानै देखिको सोखका कारण उनले फालिएको ट्याबलेटका खोलबाट चित्र बनाउँदै आएको बताउँछन् । अहिले उनको मूर्तिकला व्यावसायिक बनेको छ । एउटा चित्र लाखौँमा बिक्री गर्ने गरेको उनले बताए । काठमाडौँमा प्रदर्शन गरिएका चित्रका मूल्य भने ५० हजार भारुसम्मका छन् ।

उनले फ्याँकिएका ट्याबलेटका खोलबाट बनाएको भगवान् गणेशले भायोलिन बाजा बजाउँदै गरेको तस्वीर सुन्दर लाग्छ । पाँच दिनदेखि जारी इन्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा उहाँका मूर्तिले धेरैको मन जितेको छ ।

अझ फालिएका औषधिका पत्ताबाट बनाइएको भनेपछि धेरै प्रश्न आउने गरेको कलाकार वीमानले बताए । “नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले चित्र अवलोकन गर्र्दा साह्रै राम्रो र उपयोगी काम भनेर प्रशंसा नै गरेका छन्”, वीमानले अनुभव सुनाए ।

काठमाडौँमा भएको प्रदर्शनीमा गणेशसहित बुद्ध, बिरालो, मुकुण्डो र दुर्गामाताको मूर्ति छ । फालिएका वस्तुसमेत उपयोगी हुनसक्छ भनेर आफूले मूर्ति प्रदर्शनीका लागि नेपाल ल्याएको उनको भनाइ छ । गाउँ चहारेर ट्याबलेटका खोल सङ्कलन गर्ने गरेको भन्दै उनले धेरै साथीभाइ आफन्त र चिनेजानेको ठाउँमा सङ्कलन अभियान नै चलाएका थिए ।

यसरी मूर्ति बनाउने आफू भारतको एकमात्रै कलाकार भएको दाबी गर्ने उनले मूर्तिमा भने कुनै पनि बाह्य रङ प्रयोग नगरेको बताउँछन्  । उनीसँगै पत्नी शाम्पा नाग पनि आएकी छिन् । “बीस वर्ष अघि नेपाल घुमेर मात्रै गइयो, यसपालि मूर्तिकला प्रदर्शनीसँगै यहाँको पशुपतिनाथ र स्वयम्भूलगायत ठाउँ घुम्ने मौका मिल्यो, साहै्र सुन्दर, प्रकृतिले भरिपूर्ण छ नेपाल, नेपालीको सहयोगीभावले हर्षित बनाएको छ ।” शाम्पाले भनिन् ।

स्वयम्भूस्तुपाको डिजाइनले आफूलाई मन लोभ्याएको बताउँदै कलाकार वीमानले भने, “अर्को वर्ष यसरी प्रदर्शनीमा आउँदा अवश्य पनि त्यही ट्याबलेटको पत्ताबाट बनेको स्वयम्भूको मूर्ति लिएर आउँछु ।” यहाँ प्रदर्शनीमा भारतका १० कलाकारका चित्रकला राखिएको छ । यस्तै नेपाली चौबीस चित्रकारका चित्र समावेश छन् । एकजना बङ्गलादेशका चित्रकारका चित्र पनि छ ।

चित्रकला प्रदर्शनीका संयोजक सपना शाहका अनुसार यहाँ नेपाल, भारत, बङ्गलादेश र बेलायतका ३६ चित्रकारका ६५ भन्दा बढी चित्रकला, पाँच मूर्तिकला र एक भिडियोकला प्रदर्शनमा छ । प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशको कला, संस्कृति, रहनसहन, रीतिरिवाज, जीवनशैली, मुहार चित्र समावेश छ । नेपाल र भारतबीच सांस्कृतिक आदानप्रदान गरी शान्ति र मानवताको सम्बन्ध विस्तार गर्दै आपसी सद्भावका लागि ‘इन्डो–नेपाल कला उत्सव’ आयोजना गरिएको हो । रासस

सलमानको भिडियो भाइरल

एजेन्सी । पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको ‘बोतल क्याप च्यालेन्ज’ मा बलिउड स्टार सलमान खान पनि सामेल भएका छन् । उनले यसमा आफ्नो

श्रीमतीले लात्ती हान्दा....

नियतिले लात्ती हान्दा न घर हुन्छ न घाट हुन्छ, श्रीमतीले लात्ती हान्दा न भुइँ हुन्छ न खाट हुन्छ, प्रकृतिले लात्ती हान्दा  न पहाड हुन्छ न फाँट

 चलचित्र ‘दंगल’ की जायराले किन त्यागिन् बलिउड !

जून २०१९मा भारतीय चलचित्रकी अभिनेत्री जायरा वसिमले सामाजिक सञ्जाल मार्फत बलिउड र चलचित्र क्षेत्र छोड्ने जानकारी दिइएकी थिइन् । उनले चलचित्रका कारण

 फोक्सुण्डोमा काव्य यात्रा

डोल्पा । प्रशस्तै पर्यटकीय संभावना बोकेर पनि ओझेलमा परेको फोक्सुण्डो तालको प्रवद्र्धन गर्ने उद्देश्यले कन्सेप्ट नेपालले मुलुकका १५ जना लेखकहरुलाई