ओपनरद्वयको अर्धशतक सहित नेपालको जित, विश्वकप पुग्न असफल

काठमाडौं, ५ वैशाख । नेपाली युवा टोलीले शानदार ब्याटिङ गर्दै कुवेतले दिएको लक्ष्य सहजै पुरा गरेको छ । इनिङमा २२ ओभर बाँकि हुँदै ८ विकेटको जितसँगै प्रतियोगिताको शानदार अन्त्य गर्न सफल भएको नेपालले उत्कृष्ट प्रदर्शन गरेपनी विश्वकपमा छनौट हुन असफल भएको छ ।

आईसिसी एशिया यु–१९ विश्व कप छनौट अन्तर्गत आज भएको खेलमा नेपालले टस जितेर कुवेतलाई पहिले ब्याटिङ गर्न लगाएको थियो । ४९.४ ओभरमा अलआउट हुँदै कुवेती युवा टोलीले १५७ रन बनाउन सक्यो । उसका लागि नोमान बुद्रुले १२० बलमा ८ चौका सहित ७० रन बनाए । त्यस्तै गोकुर कुमारले ३६ रन तथा हमुद अमानुल्लाहले १७ र गोकुल कुमारले १० रन बनाए ।

बलिङतर्फ नेपालको लागि पार्ट टाइमर बलर तथा कप्तान रोहित पौडेलले ३ ओभर बलिङ गर्दै १३ रनको खर्चमा ३ विकेट लिए । त्यस्तै कुशल मल्ल, रशिद खान र सूर्य तामाङले समान २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको नेपालले २८ ओभरमा २ विकेटको क्षतिमा १६० रन बनाइ विजयलक्ष्य पुरा ग¥यो । नेपालको लागि प्रतियोगितामा पहिलोपटक नेपालका दुबै ओपनरले अर्धशतक प्रहार गरे ।

ओपनर रित गौतमले टोलीको लागि सर्वाधिक ६२ रन बनाए । सुरुवातमा बिस्तारै खेल्दै इनिङमा जमेका रितले ८४ बलमा ७ चौका सहित नेपालको लागि शानदार ब्याटिङ गरे । त्यस्तै अर्का ओपनर पवन शर्राफले ६१ बलमा ८ चौका र १ छक्का सहित ५३ रन बनाए ।

प्रतियोगितामा खासै नचलेका आसिफ शेखले २० बलमा ५ चौका र १ छक्का सहित नथआउट ३३ रन बनाए भने सन्दीप जोराले पनि नटआउट ५ रन बनाए ।
कुवेतको लागि अब्दुल सदिक र हमुद अमानुल्लाहले समान १ विकेट लिए ।

आजै भएको अर्को खेलमा ओमान विरुद्ध युएईले १० विकेटको सहज जित दर्ता गरेसँगै नेपाली युवा टोलीको विश्वकप खेल्ने सपना चकनाचुर भएको छ ।
आईसिसी एशिया यु–१९ विश्व कप छनौट अन्तर्गत आज भएको खेलमा युएईले पहिले बलिङ गर्दै ओमानलाई १०५ रनमा अलआउट पारेको थियो ।

जवाफी ब्याटिङ गरेको युएईले ओमानको लक्ष्यलाई बिना कुनै विकेटको क्षतिमा १२.१ ओभरमा लक्ष्य भेट्याइ सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने युवा विश्वकपको लागि स्थान बनाउन सफल भयो ।

पाँच खेलमा शत प्रतिशत जित निकालेको युएईले पहिलो पटक युवा विश्वकपमा स्थान बनाएको हो ।
यसअघि नेपाल विरुद्धको खेललाई वर्षाले विथोेलेपछि १ रनको झिनो अन्तरले खेल जितेको युएईले प्रतियोगितामा बलियो प्रदर्शन गर्नुको साथै भाग्यमानी पनि रह्यो ।

युएईको राष्ट्रिय टोलीबाट खेलिसकेका आर्यान लार्का, अंश टण्डन, वृत्या अरविन्द, आलिशान शराफु, पलानियप्पन मियाप्पन जस्ता खेलाडीहरुको वाहुल्य रहेको युएईले नेपाललाई पुनः युवा विश्वकपमा पुग्ने अवसरबाट बञ्चित गर्न सफल रह्यो ।


 

 

इंग्लिस खेलाडीको ‘बल टेम्परिङ’ बारे मोन्टीको ठुलो खुलासा

एजेन्सी । भारतीय मुलका इंग्ल्याण्ड पूर्व क्रिकेटर मोन्टी पनेसरले इंग्लिस खेलाडीको ‘बल टेम्परिङ’ बारे ठुलो खुलासा गरेका छन् । उनले आफ्नो पुस्तक

पाकिस्तानको जर्सीमा धोनीको नाम ?

एजेन्सी । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको समर्थकहरु विश्वमै रहेका छन् । तल्लो क्रममा ब्याटिङ गर्ने उनी आफ्नो फरक शैलीका कारण पनि क्रिकेट समर्थक

बार्सालाई स्तब्ध पार्दै भ्यालेन्सिया बन्यो ‘कोपा डेल रे’ च्याम्पियन

एजेन्सी । च्याम्पियन्स लिगको उपाधि जित्न चुकेको बार्सिलोनाले कोपा डल रे को ट्रफी जित्ने मौका पनि गुमाएको छ । शनिबार राती भएको खेलमा बलियो

आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित

काठमाडौँ, ९ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान