आँखा जोगाउने पाँच तरिका यस्ता छन्

एजेन्सी । हाम्रो शरिरको महत्वपूर्ण अंग आँखाको स्वास्थ्यमा सचेत हुनु जरुरी छ । बेलैमा आँखालाई खराब हुनबाट बचाएन भने दिर्घकालमा आँखाको समस्याबाट प्रताडित हुनुको विकल्प छैन ।

आँखा बिग्रेपछि अनेक समस्याको फन्दामा पर्नु भन्दा बेलैमा केहि स–साना कुरामा ध्यान दिएमा आँखा जोगिन सक्छ ।

पर्याप्त उज्यालोको व्यवस्थापन

अध्ययन गर्दा, टिभी हेर्दा, मोबाइल चलाउँदा अथवा काम गर्दा जुनसुकै बेला हामीले आँखालाई असजिलो नहुने गरी उज्यालोको व्यवस्थापन गर्नुपर्छ ।

अँध्यारो ठाउँमा वा बढि उज्यालो ठाउँमा यि कार्यहरु गर्दा आँखाको नानी आवश्यक भन्दा बढि खुम्चने वा आँखालाई बढि असर पर्ने भएकोले आँखालाई सजह हुनेगरी पर्याप्त उज्यालोको वातावरण बनाउनु जरुरी हुन्छ ।

सकेसम्म प्राकृतिक उज्यालोको व्यवस्थापन गर्ने, नभए कृत्रिम तर आँखालाई असर नगर्ने खालको विजुली प्रयोग गर्दा आँखालाई अनावश्यक क्षति हुनबाट जोगाउन सकिन्छ ।

समग्र स्वास्थ्यको व्यवस्थापन

मानवको आँखा सम्बन्धी स्वास्थ्य अरु शारिरीक स्वास्थ्यसँग पनि अन्तरसम्बन्धीत हुनाले समग्र स्वास्थ्यको हेरचाह गर्नु उपयुक्त हुन्छ ।

जस्तो कि मधुमेह भएको व्यक्तिलाई आँखामा समस्या हुने ठुलो सम्भावना रहन्छ, त्यस्तै किड्नी सम्बन्धी रोगले पनि आँखालाई असर गर्ने भएकोले आँखाको स्वास्थ्यको लागि पनि समग्र शरिरको स्वास्थ्यलाई ध्यान दिनुपर्छ । सन्तुलित आहार लिने, पर्याप्त सुत्ने र नियमित कसरत गर्ने कार्यले आँखा तथा सम्पूर्ण शरिरको स्वास्थ्यलाई नै राम्रो गर्छ ।

नियमित आँखाको जाँच

आँखा सम्बन्धी सानो समस्या हुँदा वास्ता नगर्ने प्रवृत्तिले दिर्घकालमा ठुलो समस्या निम्त्याउन सक्छ । नियमित आँखाको जाँच गराउँदा पावर कम भएमा चिकित्सकको सल्लाह अनुसार चस्माको प्रयोग, आँखा सम्बन्धी इन्फेक्सन भएमा त्यसको समाधानको उपाय अपनाउनु पर्दछ ।

कतिपय कारणले हाम्रो आँखा भित्रको नसाहरुमा पनि असर परिरहेको हुन्छ । यस्तो समस्या निदान नहुने अवस्थामा पुग्नु अघि नै पत्ता लाग्न सके सजिलै उपचार हुन सक्छ । यसको कारण पनि नियमित आँखाको जाँच गर्नु जरुरी छ ।

घाममा र धुलोमा हिड्दा चस्मा प्रयोग गर्नुहोस्

चर्को घाममा नाङ्गो आँखाले हेर्दा सिधै आँखाको नानीमा असर पर्न जान्छ । बाटोमा हिड्ने बेलामा कालो चस्माको प्रयोगले बाहिरी वातावरणलाई हेर्न सहज हुनाले पनि कालो चस्माको प्रयोग हितकारी छ ।

त्यस्तै धुलो उड्ने ठाउँमा वा रातीको समय बाइकमा हिंड्दा पहेंलो चस्माको प्रयोग गर्दा राम्रो हुन्छ । यसले धुलो वा किराहरु आँखामा पर्नबाट जोगाउँछ । कतिपय अवस्थामा ति धुलो वा किराहरु आँखा पर्दा इन्फेक्सन हुन सक्नाले पनि चस्माको प्रयोगले यो समस्या आउनु अघि रोक्न सकिन्छ ।

स्मार्टफोन र टिभीको प्रयोग कम गर्नुहोस्

टिभी र स्मार्टफोन्बाट निस्कीने रंगीचंगी विकिरणहरुले आँखालाई सुक्ष्म रुपमा असर पारिरहेको हुन्छ ।

नियमित रुपमा वा अधिक समय यि ग्याजेटहरुको प्रयोग गर्दा आँखा थकित हुने र यसको असल आँखाको नानी देखि भित्रि नसासम्म हुने भएकोले यि प्रविधिको प्रयोगमा कमि ल्याउनु जरुरी छ ।

यि प्रविधिको प्रयोग नै नगर्नु असम्भव भएपनि नियन्त्रीत रुपमा प्रयोग गर्न सकिने भएकोले हाम्रो शरिरको अति महत्वपूर्ण अंग जोगाउनको लागि प्रविधिबाट मनोरञ्जन लिने काम विस्तारै कम गर्दै जानुपर्छ । 

सर्पले डसेका बिरामीको चाप बढे

विराटनगर, ८ साउन । विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी)मा सर्पले डसेका बिरामीको चाप बढेको छ ।     अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५

थालेसिमियाका बिरामीलाई सहयोग

चितवन, ७ साउन ।  भरतपुर अस्पतालमा उपचारार्थ थालेसिमियाका बिरामीलाई बेल्जियमस्थित चितवन सहायता कोष (क्याट)ले आर्थिक सहयोग गरेको छ । यसअघि नियमित

  तपाईं कति सुन्दर हुनुहुन्छ ? थाहा पाउने यस्तो छ उपाय

सौन्दर्य के हो ? कस्तालाई सुन्दर भन्ने ? झलक्क हेर्दा देखिने आकर्षण नै सुन्दरता हो त ? कि अरु पनि केही छ जसका आधारमा मानिसलाई सुन्दर भन्न सकिन्छ ? यो

 झापामा भेटिए कालाजारको नयाँ रोगी 

झापा । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।  वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको