बार्सिलोनाको प्रतिद्वन्दी लिभरपुल, अयाक्सको टोटेनह्याम

एजेन्सी । क्लब फुटबलको विश्वकप युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पुरा भएको छ ।

प्रतिष्ठीत प्रतियोगिताको उपाधीको फाइनलमा पुग्न बार्सिलोनाले लिभरपुललाई प्रतिद्वन्दी पाएको छ भने अयाक्सले भाग्यमानी टोली टोटनह्यामको सामना गर्ने भएको छ ।

म्यानचेष्टर युनाइटेडलाई समग्रमा सहजै ४–० ले हराएको बार्सिलोना यस प्रतियोगिताको प्रबल दाबेदार मानिएको छ । त्यस्तै पोर्चुगिच टोली पोर्तोलाई समग्रमा ६–१ अन्तरले हराएको मोहम्मद सलाहको टोली लिभरपुलले पनि प्रयितोगितामा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ ।

आगामी अप्रिल ३० मा यि दुई टोलीले सेमिफाइनल अन्तर्गत पहिलो लेगको खेल बार्साको घरेलु मैदानमा खेल्ने तालिका रहेको छ । दोश्रो लेगको खेल मे महिनाको ७ तारिखमा लिभरपुलको घरेलु मैदानमा हुनेछ ।

विश्वकै चर्चित फुटबलर लियोनल मेस्सीको बार्सिलोना र मोहम्मद सलाहको लिभरपुलको भिडन्तको लागि फुटबल समर्थकहरु व्यग्रताका साथ प्रतिक्षा गरिरहेको बताइन्छ ।

त्यस्तै दोश्रो सेमिफाइनलमा क्रिस्टियानो रोनाल्डोको युभेन्टसलाई समग्रमा ३–२ ले पाखा लगाएको डच फुटबल क्लब अयाक्सले टोटनह्यामको सामना गर्ने पक्का भएको छ । अप्रिल ३० र मे ७ मा हुने दुई खेलको समग्र नतिजा आफ्नो पक्षमा पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछन् ।

गएराती भएको खेलमा  म्यानचेष्टर सिटीलाई ४–४ को समग्र अवस्था भएपनि अवे गोलको सहायताले अप्रत्याशित रुपमा पन्छाएको टोटेनह्याम भाग्यशाली साबित रह्यो । सिटीको खेलाडी रहिम स्टर्लिङले प्रहार गरेको गोल भिडियो असिष्टेन्ट रेफ्रीले उल्टाएपछि सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन असफल रह्यो ।

डिफेन्डीङ च्याम्पियन रियल मेड्रिड र बलियो टोली युभेन्टस प्रतियोगिताबाट बाहिरिएसँगै च्याम्पियन्स लिग रोमाञ्चक बनेको छ ।

 

इंग्लिस खेलाडीको ‘बल टेम्परिङ’ बारे मोन्टीको ठुलो खुलासा

एजेन्सी । भारतीय मुलका इंग्ल्याण्ड पूर्व क्रिकेटर मोन्टी पनेसरले इंग्लिस खेलाडीको ‘बल टेम्परिङ’ बारे ठुलो खुलासा गरेका छन् । उनले आफ्नो पुस्तक

पाकिस्तानको जर्सीमा धोनीको नाम ?

एजेन्सी । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको समर्थकहरु विश्वमै रहेका छन् । तल्लो क्रममा ब्याटिङ गर्ने उनी आफ्नो फरक शैलीका कारण पनि क्रिकेट समर्थक

बार्सालाई स्तब्ध पार्दै भ्यालेन्सिया बन्यो ‘कोपा डेल रे’ च्याम्पियन

एजेन्सी । च्याम्पियन्स लिगको उपाधि जित्न चुकेको बार्सिलोनाले कोपा डल रे को ट्रफी जित्ने मौका पनि गुमाएको छ । शनिबार राती भएको खेलमा बलियो

आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित

काठमाडौँ, ९ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान