रजनीकान्तको फिल्ममा प्रतीक बब्बर ‘भिलेन’


एजेन्सी । सुपरस्टार रजनीकान्त २५ वर्षको अन्तरालपछि फिल्ममा प्रहरीको भुमिकामा देखिने भएका छन् ।

६९ वर्षको उमेरमा पनि फिल्ममा प्रमुख भुमिकामा देखिने गरेका रजनीकान्तको दक्षिण भारतमा ठुलो क्रेज रहेको छ । अझै पनि उनी युवा नायक जस्तै सक्रिय छन् ।

रनजीकान्तको आगामी फिल्म ‘दरबार’ मा भिलेनको भुमिकामा प्रतीक बब्बर देखिने भएका छन् । यि दुईले पहिलो पटक सँगै फिल्ममा काम गर्ने भएका हुन् । रजनीकान्तको नायिका भने नयनतारा हुने पक्का भइसकेको बताइन्छ ।

रजनीकान्तसँग फिल्ममा काम गर्नको लागि उत्साहित स्मीता पटेल र राज बब्बरका छोरा प्रतीकले भने, ‘मैले फिल्म क्षेत्रमा काम गरेको छोटो समयमा यो काम पाउनु मेरो लागि ठुलो कुरा हो । मेरो करियरको लागि यो फिल्म महत्वपूर्ण छ । यहि हप्ता शुरु हुने शुटिङमा एआर मुरुगादास र रजनीकान्त सरसँग काम गर्न म साह्रै उत्साहित छु । ’

पछिल्लो समय चुनाव लड्ने तयारीमा लागेका भएपनि अन्तिम समयमा चुनाव नलड्ने निष्कर्षमा पुगेका रजनीकान्तले फिल्मी करियरलाई निरन्तरता दिइरहेका छन् । ढल्कदो उमेर भएपनि उनले हिट फिल्म दिने क्रम भने रोकिएको छैन ।

 

लामो अन्तरालपछि करीना र सैफ एउटै फिल्ममा

एजेन्सी । बलिउड फिल्ममा जोडीको रुपमा काम गर्दै वास्तविक जीवनकै जोडी बनेका नायिका करीना कपूर र नायक सैफ अली खान फेरी एक पटक एउटै फिल्ममा देखिने भएका छन्

फिल्म ‘फ्लप’ भएपछि यसो भन्छन् वरुण धवन

एजेन्सी । सन् २०१२ मा बलिउडमा प्रवेश गरेका नायक वरुण धवनको करियर लोभलाग्दो रहेको छ । ७ वर्षको अवधिमा ११ वटा सफल फिल्ममा काम गरेका उनको करियरको १२ औं

किन रिसाइन् कृति सेनन ?

एजेन्सी । बलिउड नायिका कृति सेनन अहिले चर्चाको शिखरमा छिन् । उनको पछिल्ला फिल्महरु ‘बरेली कि बर्फी’ र ‘लुका छुपी’ बाट प्रशंसा कमाउन सफल भएकी

सलमान विरोधी सोना यसो भन्छिन्

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको फ्यान फलोइङ ठुलो रहेको छ । उनको अनुहार हेर्नमात्र शुटिङ स्थलमा ठुलो संख्यामा दर्शक आउने हुनाले भिड नियन्त्रण