फुयाललाई सर्बोच्चको न्यायाधीश हुननदिन उच्च अदालतका थपलिया सक्रिय

काठमाडौं । सर्बोच्च अदालतको पेशीमा चढ्दै नचढेको मुद्दालाई पेशीमा चढेको भन्ने गलत दावी गर्दै सर्बोच्चका लागि न्यायाधीश सिफारिस भएका एकजना बरिष्ठ अधिवक्ता विरुध्द संसदीय सुनुवाई विशेष समितिमा उजुरी परेको छ ।

न्यायपरिषद्बाट न्यायाधीश सिफारिस भै संसदीय सुनुवाई हुन बाँकी रहेका बरिष्ठ अधिवक्ता हरि फुयाल विरुध्द सल्यानटार,७ धादिङ्गका नरबहादुर ठकुरीको नामबाट यही वैशाख २ गते उजुरी परेको थाहा भएको छ । 

सिफारिस भएका न्यायाधीशहरुको वैशाख ५ गते बिहीबार संसदीय सुनुवाई हुँदैछ ।
 

यस्तो छ कथा

चितवनको पदमपुर गाबिस क्षेत्रका वासिन्दाहरुको घर जग्गा आरक्षित क्षेत्रहरुमा परेर समस्या उत्पन्न भएको थियो । त्यसबेला तत्कालिन अधिवक्ता हरि फुयालले आवश्यक कानूनी उपचारका लागि कानूनी सेवा दिएका थिए । त्यसपछि हालको कालिका नगरपालिकामा त्यहाँ घरबार गरेर वसेका करिव ३०० व्यक्तिहरुलाई पुनरवास गराइएको थियो । जसको जग्गा थियो तर घरवास थिएन तिनिहरुलाई नगद क्षतिपुर्ति उपलब्ध गराइयो ।
 त्यसरी क्षतिपुर्ति प्राप्त गर्नु पर्ने व्यक्तिहरु मध्ये सात जनाले पुनरवासको जग्गा नै प्राप्त गरेका थिए । त्यसरी प्राप्त गरेको जग्गा सार्वजनिक थियो । त्यस मध्येको एउटा कित्ता नगरपालिकाको वडा कार्यालय भएको जग्गामा व्यक्तिको नाममा पुर्जा उठेको थियो ।

 नगरपालिकाले यस विषयमा मुद्दा गर्यो । यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले त्यसरी वडा कार्यायमा भएको जग्गालाई व्यक्तिकै हो भनेर सदर गरि दियो । अहिले कालिका नगरपालिकाले हाम्रो वडा कार्यालय भैरहेको उक्त जग्गा प्रमाणको उचित मूल्यांकन नभइकन सर्वोच्चले निर्णय गर्यो भन्ने निवेदन पर्यो । यो निवेदन करिव एक महिना अगाडि परेको बुझिएको छ । जानकार सूत्रका अनुसार, पेसिमा चढेको छैन र पुनरावलोकनको अनुमति प्रप्त भएको छैन ।

 तिनै वडा कार्यालय रहेको जग्गाको पूर्जा भएका जग्गाधनिले कसैको प्रेरणामा हरि फुयाल विरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा उजुरी हालेको थाहा भएको छ ।  उजुरीकर्ताको मुख्य आरोपमा उनले अन्तिम रुपमा जितिसकेको मुद्दा सर्वोच्च अदालतमा न्यायाधिश हुन सिफारिस भएका हरि फुयालले लेखेर दर्ता गरेको र आफूलाई अन्याय पुर्याउन उजुरी लेखेर दर्ता गरेको भन्ने रहेको बताईएको छ ।

जानकार सूत्रले बताए अनुसार, यहाँ रोचक विषय के छ भने यो पुनरावेदन सर्वोच्च अदालतमा दर्ता मात्र भएको छ तर पेशिमा चढेको छैन । तर अदालतको महत्वपूर्ण कागजात सम्बन्धित व्यक्तिले हात पार्न सफल भएका छन् । यो अदालत प्रशासनको सहयोगबिना सम्भव नै
 नहुने कुरा हो । 

एक अर्को समाचार सूत्रले हरि फुयाल विरुध्द संसदीय सुनुवाई विशेष समितिमा दर्ता गरिएको उजुरी निवेदन उच्च अदालत न्यायाधिशमा नियुक्त अधिवक्ता नवराज थपलियाको अनामनगरस्थित ल फर्ममा मस्यौदा भएको दावी गरेको छ । त्यहाँ तयार गरिएको निवेदन वैशाख २ गते उजुरी दिने समय समाप्तको १५ मिनेट पछि दर्ता गरिएका थियो । 

न्यायाधीश थपलिया कुनैबेला सर्बोच्चमा प्रस्तावित न्यायाधीश हरि फुयालको ल फर्ममा काम गर्थे । त्यहाँ कार्यरत रहँदा निकै संवेदनशील मानवीय कारणले विवादमा परेका थपलियालाई फर्ममा रहिरहन नसक्ने परिस्थिति उत्पन्न भएकाले उनी ल फर्मबाट बाहिरिएको एक उच्च सूत्रले बताएको छ । 

अर्कोतिर हरि फुयाललाई सर्बोच्चको न्यायाधशीमा नियुक्ति हुनबाट रोक्न सम्भव भएजति सबै शक्ति केन्द्रहरुको ढोका ढक्ढक्याएर पनि कुनै सफलता हात पार्न असफल भएपछि सुनुवाई समितिमा अर्कै व्यक्ति अघि सारेर उजुरी दर्ता गराईएको समाचार सूत्रले दावी गरेको छ । 


 

यात्रु र चालकको सहयोगी बन्दै मेट्रो ट्राफिक एफएम

काठमाडौँ, ८ साउन  । रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा सञ्चालनमा रहेको मेट्रो ट्राफिक एफएम (एफएम९५.५ मेगाहर्ज) यात्रु र चालकको सहयोगी

एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने

काठमाडौँ, ८ साउन ।  थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन्

करेन्ट लागेर एकको मृत्यु

विदुर, ८ साउन । करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय

प्रतिनिधिसभा पहिलो बैठक स्थगित, दोस्रो २ः३० बजे बस्ने

काठमाडौँ, ८ साउन । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । सभामुख कृष्णबहादुर महराले अर्को बैठक आजै