ओमान विरुद्ध नेपाल विजयी, युएईको विजयसँगै नेपालको सम्भावना पातलिंदै

काठमाडौं, ३ वैशाख । मलेशियाको राजधानी क्वाला लुम्पुरमा आयोजना भइरहेको आईसिसी एशिया यु–१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल यु–१९ ले ओमान यु–१९ लाई १ सय ५० रनले हराएको छ । अर्को खेलमा युएई यु–१९ ले सिंगापुर यु–१९ लाई ९ विकेटले हराएसँगै नेपालको विश्वकपमा छनौट हुने सम्भावना पातलिएको छ । 


टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा अलओट हुँदै २२९ रन बनाउन सक्यो । टोलीको लागि कप्तान रोहित पौडेलले ८१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ७५ रन बनाए । त्यस्तै दशौं नम्बरका ब्याटसम्यान प्रतिस जिसीले आक्रामक इनिङ खेल्दै २३ बलमा २ चौका र ४ छक्का सहित ४१ रन बनाए । 

त्यस्तै भिम सार्कीले ४३ बलमा २ चौका र १ छक्का सहित ३९ रन बनाए भने अभिषेक बस्नेतले १५ र ओपनर रित गौतमले १० रन बनाए । 
बलिङतर्फ ओमानका मुजाहिर राजा, आजाम अली, संजय रविन्द्र र जिल तन्नाले समान २ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको ओमानले शुरुवात देखि नै नियमित विकेट गुमाएसँगै ४४.१ ओभरमा ७९ रन बनाउँदै अलआउट भयो । 

ओमानलाई सस्तैमा समेट्न स्पीनर पवन शर्राफले १० ओभरमा २ मेडन सहित २४ रन दिइ ३ विकेट लिए । त्यस्तै कुशल मल्लले पनि १० ओभर बलिङ गर्दै २ मेडन सहित १२ रन दिइ १ विकेट लिए । 

सूर्य तामाङले ९ ओभर बलिङ गर्दै ४ मेडन सहित ११ रन दिइ २ विकेट लिए भने प्रतिश जिसीको नाममा २ विकेट रह्यो । कमल सिंह ऐरीले ३ ओभर बलिङ गर्दै ३ मेडन राख्दै १ विकेट लिए । 

ओमानको लागि अमनप्रित सिरहाले १३ रन बनाए भने जिल तन्नाले नटआउट १३ रन बनाए । 

उत्कृष्ट ब्याटिङ गरेका कप्तान रोहित पौडेल प्लेयर अफ द म्याच चुनिए । 
बिहिबार हुने प्रतियोगिताको अन्तिम खेलमा नेपालले कुवेतको सामना गर्दैछ । त्यस्तै युएईले ओमानको सामना गर्दैछ । उक्त खेलमा ओमान विजयी भएमा मात्र नेपालको विश्वकपको सम्भावना जिवित रहनेछ । 

यसअघि नेपाल र युएई बिचको खेल वर्षाले विथोल्दा डक वर्थ लेविस नियमअनुसार युएई १ रनले विजयी भएको थियो । उक्त खेलमा पराजित भएको कारण नेपाल अंक तालिकामा दोश्रो स्थानमा रहेकोछ । 
 

महिला क्रिकेट शुरु :पहिलो खेलमा सुदूरपश्चिम विजयी

महेन्द्रनगर, ४ असार । कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

अफगानी क्रिकेटरहरुको रेष्टुरेन्टमा विवाद भएपछि...

एजेन्सी । अफगानिस्तानको क्रिकेट टोलीका सदस्यहरुको मेनचेष्टर स्थित एक रेष्टुरेन्टमा विवाद भएको छ । विवाद बढ्दै गएपछि प्रहरी आएर स्थिती नियन्त्रणमा

बराबरीमा रोकिएको ब्राजिल लिग तालिकाको शीर्ष स्थानमा

एजेन्सी, ४ असार । ब्राजिलमा जारी कोपा अमेरिकामा आयोजक ब्राजिलले भेनेजुएलासँग मंगलबार गोलरहित बराबरी खेलेको छ । ब्राजिलले खेलका अवधिमा केही राम्रा

पेरूले बोलेभियालाई ३–१ गोलले पराजित

एजेन्सी, ४ असार । कोपा अमेरिका अन्तरगत आज बिहान भएको खेलमा पेरूले बोलेभियालाई ३–१ गोलले पराजित गरेको छ । खेलको २८ औं मिनेटमा मार्सेलो मार्टिन्स