पूर्व राजाको घरदैलो अनुभव र नयाँ ध्रुवीकरण

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नव वर्षको शुभकामना सन्देश दिँदै केही नयाँ र गम्भीर राजनीतिक अर्थ लाग्ने आफ्ना धारणा पनि सार्वजनिक गरेका छन् । उनले देशाटनमा सँगालेका अनुभवले हुनसक्छ उनी सिंहासनमा बिराजमान छँदा भन्दा फरक शैलीको वक्तव्य दिएका छन् । 

अतितको समीक्षाको अर्थ

पूर्व राजाले निकट अतितको सुक्ष्म समीक्षा गर्नुपर्ने तर्फ औंल्याएका छन् । उनको भनाईबाट बुझ्न सकिन्छ कि देशलाई शीर्ष स्थानमा राखेर सबै नेपाली एकठाउँमा उभिन जरुरी भैसकेको छ । राजपाठमा रहँदा अरुले खटाएर दिएको सूचनामा भर पर्ने वाध्यात्मक परम्परा भोगेका पूर्व राजाले देश दर्शनका क्रममा स्थानीय नागरिकका मुखबाट सोझै आफ्ना कानमा जस्ताको तस्तै समस्याहरु सुन्न पाएका थिए । हिमाल पहाड र तराईको स्थलगत भ्रमणले सम्भवत उनलाई देशको यथार्थ चित्र दर्शन गर्ने र नागरिकका कुरा सोझै सुन्ने अवसर मिल्यो ।

यही कारण हुनसक्छ पूर्व राजाले नयाँ वर्षको  सन्देश फरक किसिमको भाषामा जारी गरेका छन् । उनको यो भनाईबाट पनि यस्तै सन्देश बुझ्न सकिन्छ । उनको भनाई छ– ‘स्वभावत यतिखेर हामीले वितेको निकट अतितका वर्षहरुको सुक्ष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्दछ । हामीले अब केवल हिजो अस्तिको जस्तो बियाल्ने परिपाटीलाई मात्र अँगालेर पुग्दैन ।’ 

 घरदैलोका अनुभव

पूर्व राजाले जनताले राजनीतिक परिवर्तनपछि पनि कुनै सुविधा नपाएको र उनीहरुको जीवनमा परिवर्तनको असर परेको नदेखिएको सांकेतिक अर्थ लगाएका छन् । जनताको घरदैलोमा पुग्दा उनले यही कुरा सुनेका थिए सायद । पूर्व राजाले भनेका छन्–‘जनताको घरदैलोमा हामी पुग्दा जनताका अनगिन्ती समस्या र दुर्दान्त पीडा रहेको पाएका छौं ।’ 

उनले लाखौं नेपाली काम,माम र दामका निम्ति विदेशी भूमिमा भौतारिनु पर्ने, देशमै शिक्षा,स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने यस्तो नाजुक अवस्था अझै कति रहिरहने ??’ भनेर गम्भीर प्रश्न समेत गरेका छन् ।

उनको जोड छ– ‘स्वतन्त्र,सार्वभौम,स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत् आदर्शको ख्याल राख्नै पर्दछ ।’

पूर्व राजाले देश प्रेम र शक्ति पृथकीकरणको सिध्दान्तको पनि चर्चा गरेर सरकार र राजनीतिक दलहरुलाई सतर्क गराएका छन् । उनको भनाई छ–‘मुलुक प्रतिको हाम्रो आस्था र निष्ठा अडिग छ । देश सुहाउँदो प्रजातान्त्रिक मूल्यमान्यतामा आधारित राजनीतिक, शक्ति पृथकिकरणको सिद्धान्त अनुरुप कार्यपालिका न्यायपालिका र व्यवस्थापिका संचालन हुनुपर्दछ भन्ने सधैं हाम्रो विश्वास रहिआएको छ ।’

 पूर्व राजाले विगतको गल्तीको आत्म समीक्षा गर्दै सबै नेपाली एकठाउँमा उभिन आवश्यक भएको उल्लेख गरेका छन् । उनको भनाई छ–‘विगतमा हामी सबैबाट जे जस्ता कमीकमजोरी भए तिनको आत्मसमीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान हुनु र ऐक्यवद्ध भएर अघि बढ्नुको विकल्प छैन । राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा हामी छौं ।’

सेल्फी अवसर

पूर्व राजाले जहाँ जहाँ पुगे अपेक्षाकृत बढी नै स्वागत सम्मान पाएको देखियो । पुगेका ठाउँका देवदेवालयमा पूजा पाठ र अर्चना पनि गरे उनले । यतिमात्र होईन,उनले स्थानीय युवासँग सेल्फी खिच्न पनि पछि परेनन् । 

उनको भ्रमणक्रममा सत्तारुढ दलका स्थानीय कार्यकर्ता देखि कट्टर राजावादीसम्मले दौडधुप गरेको पनि देखियो । 

यता,प्रधानमन्त्री केपी शर्मा ओली भने पूर्व राजाको देश दौडाहाप्रति निकै असहिष्णु देखिए । उनी खुलेरै पूर्व राजाको दौडाहाको आलोचना समेत गर्न  पछि परेनन् । 

प्रमुख विपक्षी नेपाली कांग्रेस भने पूर्व राजाको देश दौडाहाप्रति मौन देखियो । आन्तरिक किचलोको शिकार बनिरहेको कांग्रेसमा महामन्त्री शशांक कोइराला नै हिन्दू धर्मको चर्चाले बहसको घेरामा छन् ।

 यस दलमा निकै ठूलो हिस्सा नै उस्तै परे वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा खुलेर सडकमा आउन तम्तयार नै रहेको बुझिन्छ । एकजना नेता शंकर भण्डारीले त हिन्दू राष्ट्रको एजेण्डा बोक्ने नेता नै कांग्रेसको भावी सभापति हुने भविष्यवाणी गरिदिएका छन् । कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुरखड्काका राजनीतिक शिष्य मानिने भण्डारीले खड्काको निधनपछि हिन्दू राष्ट्रको एजेण्डामा इन्धन भर्दै आएको बुझिएको छ ।

अर्कातिर कांग्रेसको अर्को हिस्सा अब ‘लोकतन्त्र रोज्ने कि देश’ भन्ने चिन्तनमा लागेको बुझिएको छ । कांग्रेसका वरिष्ठ नेता केवी गुरुङ्गसँग संगठित पुराना नेताहरु वीपी कोइरालाको राजनीतिक पथ नै दिगो बाटो हुने कुरामा विश्वास राख्दै अब देशलाई पहिलो प्राथमिकतामा राखी अघि बढ्नुपर्ने भन्ने बिषयमा छलफलमा रहेको थाहा भएको छ ।

यस्तो अवस्थामा पूर्व राजाको विगतका त्रुटीको आत्मसमीक्षा गर्दै सबै नेपाली एक ढिक्का हुनुपर्ने सन्देशले नेपाली राजनीतिले अचानक नयाँ ध्रुवीकरणको मोड लिने हो कि भन्ने संकेत गरेको राजनीति विश्लेषकहरु बताउँछन् ।
 
 

 विप्लव समूहका जिल्ला अध्यक्ष प्रवीण दर्नाल पक्राउ

बिर्तामोड ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता आईतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा दलित मुक्ति मोर्चाका

अन्योलमा गणतन्त्र स्तम्भ

काठमाडौँ, १० जेठ ।  देशमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा निर्माण गर्न भनी नक्साको ढाँचा तयार गरिएको गणतन्त्र स्तम्भ अझै बन्ने नबन्ने अन्योलमा छ ।

नागरिकता विधेयकविरुद्ध तीन दल

बलेवा, ९ जेठ ।राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् ।केही

 नेताहरु नै बोल्न छाडे कांग्रेसमा !

काठमाडौं । नेपाली कांग्रेस जागरण अभियानमा जुटिरहेका बेला स्थानीय तहका नेता कार्यकर्ताले शीर्ष नेतृत्वलाई आलोचनाको तारो बनाईरहेका छन्