अंगुरले हर्ट अट्याकबाट जोगाउँछ 

अहिले अंगुरको मौसम हो । हपहपी गर्मीले चिटचिट पसिना आउने मौसम भएपनि यसपाली भने पुरै चैत र वैशाखका दुइदिन सिमसिमे पानीले चिसो बनाएको छ, वातावरण । मौसमले रंगढंग फेरे पनि अंगुरले भने आफ्नो प्राकृतिक गुण फेरेको छैन । यसका बहुगुणी योगदान छन् मानवीय स्वास्थ्यका सन्दर्भमा । अंगुरको गुण बुझेर नियमित उपयोग गरेमा यसले स्वास्थ्यमा अमूल्य योगदान दिनसक्छ । तर अमिलो अंगुर र स्यालको कथा झैं यसको गुण नबुझी केवल एउटा साधारण फलमात्र हो भन्ने अर्थ लगाउने हो भने यसको सही सदुपयोग हुनसक्ने छैन ।

 गजबको फलफूल हो अंगुर । खाँदा यो अलिअलि अमिलो मिसिएको गुलियो लागेपनि यसमा चिनीको मात्रा एकदमै न्यून हुने विज्ञहरुको भनाई छ । अंगुरमा मानव स्वास्थ्यका लागि आवश्यक पोषक तत्व रहेको उनीहरुको दावी छ ।

अंगुरमा पानी, सोडियम, पोटासियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन जस्ता खनिज तत्व पाईने विज्ञहरु बताउँछन् । यसका अनेकौं गुणहरुले कैयौं रोगबाट बचाउने अन्वेषणबाट पत्ता लागेको छ ।

यस्ता छन् अंगुरका अमूल्य गुणहरु– 

माइग्रेनः

माइग्रेनले गाँजेर टाउकोको आधी भागमा पीडा हुन्छ । त्यस्तो समस्या परेमा अंगुर खानाले माइग्रेनको पीडा कम हुँदै केहीबेरपछि निको  हुन्छ ।

रक्त अल्पताः 

शरीरमा रगतको कमी हुन नदिनका लागि पाएसम्म दिनदिनै खाली पेटमा अंगुर खाँदा यसले त्यो समस्याबाट बचाउँछ ।

हृदयघातः

हृदयघात मानव स्वास्थ्यमा सबैभन्दा भयकारी रोग मानिन्छ । यस्तो अवस्थाबाट बच्न पनि अंगुर निकै लाभदायी साथी मानिन्छ । यसले मुटुसँग जोडिएका नशाहरुमा रगत जम्न दिँदैन । जसका कारण मुटु ठीक गतिमा धड्किन्छ र अचानक हुने आक्रमणबाट जोगाउँछ । यदि यहाँ पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुर खाने गर्नोस यसले अल्पायुमै ढल्न दिँदैन ।

क्यान्सरः

अंगुरमा पाईने पोलीफेनोलिक फाइटोकेमिकल नाम गरेको तत्वले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगस संक्रमण विरुध्द लड्ने क्षमता बढाउँछ ।

रक्तस्रावः

शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको एक गिलास जुसमा दुई चम्चा मह मिसाएर पिउँदा रगतको क्षतिपूर्ति हुन्छ ।

फोकाफोकीः

अनुहार वा जिउमा अचानक आउने फोकाफोकीलाई सुकाउनका लागि अंगुर लाभकारी हुन्छ । (विभिन्न स्रोतबाट)
 

 झापामा भेटिए कालाजारको नयाँ रोगी 

झापा । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।  वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको

 दाँच चम्काउन के लाउने, के हो दम रोगको सजिलो उपचार ?

काठमाडौं । मानिसको शरीरमा कुनै न कुनै शारीरिक समस्या त हुन्छ नै । कुनै साधारण समस्या हुन्छन् भने कुनै निकै जटिल । अवस्था अनुसार यिनिहरुको विभिन्न

यसरी जोगाउन सकिन्छ शरीरका महत्वपूर्ण अंग

शरीरका आन्तरिक अंगहरु सहि रुपमा संचालनको लागि ती अंगहरु स्वस्थ्य रहनु जरुरी छ । तैपनि हामीले कतिपय स–साना बिषयमा ध्यान नपु¥याउनाले यस्ता

 केले टोकेमा के लगाउने, यस्तो छ उपचार

 विषालु कीरा, बिच्छी र माहुरी आदिले टोकेर सुन्निएका ठाउँमा उखुको रस लगाउँदा फाइदा हुन्छ     विषालु कीरा, लामखुट्टे तथा झिँगा आदिले टोकेका