करोडौं बिद्युत महसुल नतिर्ने उद्योगी अख्तियारको कठघरामा पर्दै

काठमाडौं,२ वैशाख । नेपालका नाम चलेका उद्योगी व्यवसायीले आफ्नो उद्योग कलकारखाना चलाउन प्रयोग गरेको बिजुलीको महसुल नतिरेको बुझिएको छ । उनीहरुले नेपाल विद्युत प्राधिकरणको नियमित मिटर रिडिङ्गबाट आएको बील थन्क्याएर राख्ने तर जति ताकेता गरेपनि अटेर गरी महसुल भुक्तानी नगरेको प्राधिकरण सूत्रले बताएको छ ।

 यसरी विद्युत महसुल नतिर्नेमा सबैभन्दा बढी वक्यौता जगदम्बा स्टिलको रहेको छ । उद्योगपति साहिल अग्रवालको स्वामित्वमा रहेको यो उद्योगले हालसम्मको बिद्युत महसुल वक्यौता वापत २ अर्ब ५० करोड रुपैंयाँ भुक्तानी गर्न बाँकी रहेको थाहा भएको छ ।

त्यसैगरी नेपाल उद्योग वाणिन्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको स्वामित्वमा रहेको अर्घाखाँची सिमेन्टले   ४२ करोड रुपैंयाँ महसुल तिर्न बाँकी रहेको बुझिएको छ ।

साथै सुवास सांघाई स्वामित्वको घोराही सिमेन्टको ७५ करोड रुपैंयाँ महसुल बाँकी छ । त्यसैगरी मारुती सिमेन्टको ६० करोड, बीके श्रेष्ठको हामा आइरनको ९ करोड,अशोक स्टिलको २३ करोड,सम्राट सिमेन्ट (घोराही)को ६ करोड ५० लाख रुपैंयाँ बिद्युत महसुल वक्यौता बाँकी रहेको थाहा भएको छ ।

समाचार सूत्रका अनुसार, सूर्य नेपालको ६ करोड ५० लाख, हुलास स्टिल (शेखर गोल्छा) २२ करोड, एभरेष्ट पेपर मिलस (सर्राफ)को १३ करोड, रोल्पा सिमेन्टको ३ करोड,सानापुर सिमेन्ट (दाङ)को ४० करोड, जगदम्बा सिन्थेटिक्सको २० करोड, त्रिवेणी स्पिनिङ (सांघाइ समूह) को ३० करोड र नेपाल उद्योग वाणिज्य महासंघका विवादाष्पद पूर्व अध्यक्ष प्रदीपजंग पाण्डे स्वामित्वको कसमस सिमेन्टको नाममा १३ करोड रुपैंयाँ बिद्युत महसुल तिर्न बाँकी रहेको प्राधिकरण सूत्रले बताएको छ ।

दलहरुलाई निर्वाचनका बेला चन्दा दिएका कारण राजनीतिक संरक्षण लिएका यी उद्योगी व्यापारीसँग बिद्युत महसुल उठाउन निकै चुनौतिपूर्ण कार्य भएको प्राधिकरणको एक उच्च सूत्रले सरल पत्रिकालाई बतायो । नियमित तागेताबाट असुल गर्न कठिनाई परेकाले अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहायता लिनुपर्ने वाध्यता सिर्जना भएको ती अधिकारी सुनाउँछन् ।

 
 
 

मदिराले धानेको राजश्व

चितवन, ११ वैशाख। आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस

शिवम् सिमेन्ट्सको शेयरधनीलाई १५ प्रतिशत नगद लाभांस

काठमाडौं, १० वैशाख । शिवम् सिमेन्ट्स लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।  पब्लिक कम्पनीमा परिणत भइसकेपछि शिवम् सिमेन्टले

काठमाडौँमा पाँच हजार साना उद्योग दर्ता

काठमाडौँ, १० वैशाख । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी

लाभ कर नतिर्ने एनसेलको सीम प्रयोग नगर्न अपील 

काठमाडौं । नेपाल सरकारलाई पूँजीगत लाभ कर नतिर्ने एनसेलको सीम प्रयोग नगर्न अभियन्ताहरुले आव्हन गरेका छन् । उनीहरुले एनसेललाई कुनै पनि किसिमको