पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी

सोल, २ बैशाख । उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।

चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लागेका रुसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ ।

स्रोतले योनहापलाई भनेको छ, “रुसी राष्ट्रपति पुटिन अप्रिल २४ मा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउँदैछन् । त्यही समयमा दुबै नेताबीच रुसमै भेटवार्ता हुने सम्भावना छ ।”

राष्ट्रपति पुटिन आगामी अप्रिल २६–२७ मा बेइजिङमा आयोजना हुने “वान बेल्ट, वान रोड” अर्थात् बिआरआईको सम्मेलनमा सहभागी हुनेछन् ।

मस्कोले कोरियाली नेतासँगको भेटवार्ताका बारेमा केही बताएको छैन, तर रुसको सरकारी समाचार संस्था तासले मार्चमा प्रकाशन गरेको एक समाचारमा क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै मस्को र प्योङयाङबीच किमको भ्रमणका विषयमा छलफल भइरहेको जनाएको थियो । ती प्रवक्ताले जतिसक्दो चाँडो किमसँगको भेटवार्ताका बारेमा निर्णय लिइने बताएका थिए ।

दुबै देशका नेताबीचको भेटवार्ताकै सन्दर्भमा दुबै देशका वरिष्ट कुटनीतिक अधिकारीहरुको भेटघाट पछिल्ला दिनमा बाक्लिएको छ ।

किम जोङ–अनका अति निकट ठानिएका किम चाङ–सोनले गन मार्च १९ देखि २५ सम्म मस्को र भ्लाडिभोस्टकको भ्रमण गरेका थिए। नेता किमको विदेश भ्रमणका सन्दर्भमा सम्पूर्ण तयारीको जिम्मेवारी किम चाङले हेर्ने गरेका छन् ।

यसै महिनाको शुरुमा रुसी गृहमन्त्री भ्लादिमिर कोलोकोच्सेभले प्योङयाङको भ्रमण गरेका थिए । पुटिनले गत वर्ष मे महिनामै नेता किमलाई रुस भ्रमणको निम्ता दिएका थिए, तर भ्रमण हुन सकेको थिएन ।

उत्तर कोरियाले नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत फेब्रुअरीको भियतनामको हनोईमा सम्पन्न वार्ता बिफल भएसँगै रुससँगको सम्बन्ध विस्तारमा विशेष ध्यान दिएको छ ।

नेता किमले गत वर्षयता नै चीनको चार पटक भ्रमण गरिसकेका छन् । तर सन् २०११ मा सत्तामा आएपछि नेता किमले रुसको भ्रमण गरेका छैनन् । रासस/योनहाप

 

अस्ट्रियामा बिमान दुर्घटना

भियना, ३ साउन । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा

मेक्सिकोमा भयानक बस दुर्घटना

मेक्सिको सिटी, ३ साउन ।  मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका

अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

वासिङ्टन, ३ साउन ।  संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । जुलाई १३ मा बेरोजगार

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

तेहरान, ३ साउन । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा