यसकारण आलीयाले भारतमा भोट हाल्न पाउँदिनन्


एजेन्सी । बलिउडमा पछिल्लो समय हिट फिल्महरु दिइरहेकी नायिका आलीया भट्ट मिडियाको केन्द्र विन्दुमा छिन् ।

पत्रकारहरुले उनलाई हरेक विषयमा उनको रायहरु माग्ने गरेपनि उनले केहि विषयमा भने मौन रहने गरेकी छिन् । स्टार परिवारमा हुर्केकी आलीयाले पछिल्लो समय भने भारतमा हुने लोकसभा चुनावमा आफुले भोट नहाल्ने कारण खुलाएकी छिन् ।

नायिका आलीयाले भारतीय भएपनि बेलायती पासपोर्ट धारी भएको कारण भारतमा उनले मत जाहेर गर्न नपाउने बताएकी छिन् ।

सन् २०१४ को निर्वाचन अघि पनि उनलाई भोटको बारेमा सोध्दा उनले आफ्नो पासपोर्टको कारण भोट गर्न नपाउने बताएकी थिइन् । उक्त बेला आलीयाले अर्को चुनावमा भने आफुले भोट हाल्ने बताएकी थिइन् ।

उनले आफुले दोहोरो नागरिकता लिने बताएकी थिइन् । भारतमा दोहोरो नागरिकता दिने प्रचलन हाल सम्म शुरु भएको छैन ।

आलीया भारतीय मुलकी भएर पनि बेलायतको पासपार्ट लिइ प्राविधिक रुपमा बेलायती नागरिक बनिरहेकी छिन् । तथापी उनको कर्मथलो भने भारत नै हो ।

पछिल्लो समय ‘गल्ली ब्वाय’ र ‘राजी’ जस्तो सफल चलचित्रमा काम गरेकी आलीयाको ‘कलंक’, ‘ब्रम्हास्त्र’ र ‘आरआरआर’ जस्तो ठुलो चलचित्रहरु आउने क्रममा रहेको छ ।

 

दुई वर्षपछि ‘गुत्थी’ कपिल शर्मा शो मा

एजेन्सी । कुनै समय कमेडियन कपिल शर्माको मनोरञ्जनात्मक कार्यक्रमको अभिन्न अंग बनेका कलाकार सुनील ग्रोवर ‘गुत्थी’ दुई वर्षको अन्तरापछि फेरी उक्त

चर्चित बलिउड हस्ती अहिले यस्ता काममा व्यस्त

एजेन्सी । बलिउडमा लागेर अनन्तकालसम्म सफलताका साथ कामगर्ने भाग्य थोरै स्टारहरुले मात्र पाउँछन् । अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, आमीर खान जस्ता

सलमानको फिल्मलाई शाहरुखको यस्तो प्रतिक्रिया

एजेन्सी । बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलर सार्वजनिक भएसँगै सोसल मिडियामा यसबारे

पहिले ‘रिजेक्ट’ भएकी आलीया अहिले भंशालीकै फिल्ममा ?

एजेन्सी । लगातार सफल फिल्महरुमा काम गरेकी आलीया भट्ट अहिले चर्चाको शिखरमा छिन् । बलिउडमा स्टार परिवारबाट आएकी नायिका भएको कारण पनि आलीयाको यस्तो