इमरान ताहिर बने हाँसोको पात्र

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी टोलीहरुको भिडन्त सधैंजसो चर्चाको विषय बन्ने गरेको छ ।

अन्तिम बलमा विजेताको निक्र्यौल भएको, अम्पाएरको निर्णयमा विवाद भएको जस्ता विषयहरुले सधैंजसो समाचारको ‘हेडलाइन’ बनाइरहेका छन् । समाचार बनेका यि विषयले सामाजिक संजालमा उत्तिकै चर्चा पाउने गरेको छ ।

सामाजिक संजालमा यस्तै प्रतियोगिताको चर्चाको बिच कहिले काहिं मीम र ट्रोलमा खेलाडीहरुलाई पनि शिकार बनाउने गरिएको छ । पछिल्लो समय यस्तै मीमको शिकार बने चेन्नई सुपर किंग्सका लेग स्पीनर इमरान ताहिर ।

जारी आईपीएलको सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका ताहिरले विकेट लिएपछि खुशी व्यक्त गर्ने शैलीलाई भारतीयहरुले अहिले मीम बनाइरहेका छन्  । इमरानले विकेट लिएपछि तिब्र गतिमा दोडदै खुशी व्यक्त गर्ने शैलीलाई मीम बनाइएको छ ।

केहिले इमरानको शैलीलाई व्यंग गर्दै भनेका छन्, इमरानले सन्यास पछि १०० मिटरको दौडमा भाग लिनेछन् ।

त्यस्तै केहिले इमरान जस्तै दौडन सक्ने भए आफु सबै समस्या तथा दुखबाट भाग्ने थिएँ भनेका छन् ।

केहिले इमरान छिटो दोडेको देख्दा प्लेन जस्तै टेक अफ नै गर्छन् जस्तो लागेको भन्दै मजाक गरेका छन् भने केहिले इमरानले दौडेर एबीडी भिलियर्सको घरमा गइ तिम्रो छोरोलाई आउट पारें भन्न लागेको हो कि भन्ने लागेको भन्दै खित्काए । इमरानको बारेमा यसरी मीम बन्ने क्रम जारी छ ।

पछिल्लो समय इमरान फर्ममा आएका छन् । सन् २०१९ को विश्वकप पछि सन्यास लिने घोषणा गरेका इमरानले दक्षिण अफ्रिकाको लागि शानदार प्रदर्शन गर्ने विश्लेषण गरिएको छ । 

 

 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका