पोखरामा पनि सिरुवा पर्व

             
पोखरा, २ वैशाख । नववर्षको आगमणसँगै पूर्वी तराईका जिल्लामा मनाइने गरिएका सिरुवा पर्व पोखरामा बस्दै आएका मिथिलावासीले पनि आज धार्मिक विधिपूर्वक हर्षोल्लासका साथ मनाएका छन् ।
    
यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि भन्ने गरिन्छ । यस पर्वमा परिवारका ठूलावडाले अञ्जुलीमा जल लिएर कान्छोको टाउको राखेर आर्शीवाद दिने गर्छन् । वर्षभरि ‘तिम्रो दिमाग ठण्डा रहोस्, सोच विचार गरी काम गर्नु र कसैसँग रिस नराखी मेलमिलापका साथ बस्नु’ भनेर आर्शीवचन दिने गरिएकाले यस पर्वलाई जुडशीतल पर्व भन्ने गरिएको हो ।
    
खासगरी, तराईका ग्रामीण क्षेत्रमा अग्रजहरुले जलले भरिएका लोटा बोकेर टोल–टोलमा घुमेर आर्शीवाद दिने गरिन्छ । पोखरामा मैथिल समुदायको जनसङ्ख्या न्यून भए पनि उत्साहका साथ आफ्ना धार्मिक एवं सांस्कृतिक पर्व मनाउँदै आइरहेको सप्तरीका ललनकुमार झाले बताए ।
    
कृषिका साथै सरसफाइसँग पनि जोडिएको पर्वको रुपमा सिरुवा पर्वलाई लिने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बालीको रुपमा गहूँ, दलहन र तेलहन भित्रिने गरिएको खुशीमा पनि यो पर्व मनाइने गरिएको हो ।

वैशाख महीनामा हावाहुरी चल्ने, वर्षा कम हुने गरेकाले प्रत्येक व्यक्तिले बिहानै सडकमा पानी छर्कने र आ–आफ्ना रुख बिरुवाको जरामा अनिवार्य रुपमा पानी हाल्नुपर्ने हुन्छ । सूर्यको तापबाट तुलसीबोटलाई जोगाउनका एक महीनासम्म निरन्तर पानीको व्यवस्था गर्छन् । बोटको दुई भागमा खम्बा गाडेर त्यसमा डोरीको सहयोगमा नयाँ माटोको गाग्रो बोटमाथि झुन्ड्याइन्छ । सो गाग्रोको मुनिको भागमा सानो प्वाल पारेर कुशको टुक्रा पसाइन्छ । गाग्रोमा पानी भरिएपछि सो कुशको माध्यमबाट थोपा–थोपा पानी बोटमाथि चुहिँने गरिन्छ । वैशाख महीनामा पानीको अभावमा बोट सुक्ने भएकाले यस प्रक्रियालाई पर्वको विधिसँग जोडिएको देखिन्छ ।
    
यसका साथै, इनार, नालाको सरसफाइ गर्दै एक अर्कासँग हिलो छ्याप्दै पर्व मनाउनु यसको अर्को मुख्य विशेषता हो । यो पर्व मनाउनमा खासगरी महिला तुलनात्मक रुपमा बढी खुशी हुने गरिएको देखिन्छ । यस पर्वमा कुनै विशेष पकवान पकाउनुपर्दैन र बेलुकीको खानामा पनि पकाउनु नपर्ने भएकाले राहतको अनुभूति गर्न पाउँदा उनीहरु बढी खुशी हुने गर्छन् ।
    
घरको देउतालाई नयाँ माटोको भाँडोमा पकाइएका वासीभात, आँपको चिचिलाको चटनीलगायतका परिकार चढाइन्छ । त्यसपछि विधिवत् रुपमा पर्वको शुभारम्भ हुन्छ । यस पर्वमा भात, दाल, तरकारी र दहीका साथै आँपको चिचिलाको चटनी अनिवार्य रुपमा खानुपर्ने हुन्छ ।

यस पर्वको अवसरमा चुलोे पूजा गरिन्छ । पूजा गरिएपछि अर्को दिनमात्र खाना पकाउने परम्परा छ । दिनमै पकाइएका खाना बेलुकी खाने नियम रहेको छ । रासस

 

 अशुभ हटाउने यस्ता छन् विधि, कसरी गर्ने ?

ज्योतिषले दानद्वारा पाप नाश गर्न सकिन्छ भन्ने मान्यता राख्दै आएको छ । दान पनि सम्बन्धित ग्रह अनुसार भिन्न भिन्न जो वस्तु जुन ग्रहसित सम्बन्ध राख्दछ ।

सेतो मच्छेन्द्रनाथको रथ लगनटोलमा

           काठमाडौँ, ३ वैशाख । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई सोमबार राति लगनटोल पु¥याइएको छ । हनुमानढोका दरबार

सिन्दुरले रंगियो मध्यपुर थिमि

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । विहानैदेखि

नव वर्षको शुभकामना: ग्रहमाभन्दा कर्ममा विश्वास गरौं

दशाहरु भनेको के हो ? ग्रहहरुको प्रभावहरु हुन्छ कि हुँदैन ? अस्तित्वमा जे–जे छ, त्यसको प्रभाव हुनु त स्वाभाविक हो । यदि यो सौर्यमण्डलमा ग्रहहरु छन् भने,