नेपालको शानदार प्रदर्शन, मलेशियाले दिएको लक्ष्य १३ ओभरमै पुरा

काठमाडौं, २ वैशाख । वर्षाको कारण दुर्भाग्यपूर्ण रुपमा युएईसँग १ रनको पराजय भोगेको नेपाली युवा टोलीले मलेशियाको टोली विरुद्ध ८ विकेटको शानदार जित दर्ता गरेको छ ।

मलेशियाको राजधानी क्वाला लुम्पुरमा आयोजित आईसिसी एशिया यू–१९ विश्व कप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मलेशियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमा २ विकेट गुमाउँदै हासिल गर्न सफल भयो ।

यसअघि नेपालले टस जितेर मलेशियालाई ब्याटिङको निम्तो दिएको थियो । फितलो ब्याटिङ गरेको मलेशियाले ३३.५ ओभरमा अलआउट हुँदै ९२ रनमात्र जोड्न सक्यो । उसका लागि इज्जेत डेनियल फिक्रीले सर्वाधिक ३७ रन बनाए । त्यस्तै कप्तान मुहम्मद आमिरले १३ रन बनाए भने हकिम हसिरनले १० रन बनाए ।

बलिङतर्फ नेपालको लागि पवन शर्राफ र कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरे । शर्राफले ८.५ ओभर बलिङ गर्दै १ मेडनका साथ १३ रन दिइ ३ विकेट लिए । त्यस्तै मल्लले ८ ओभर बलिङ गर्दै २ मेडन साथ २० रन दिइ ३ विकेट लिए भने कमल सिंह ऐरीको नाममा २ विकेट र सागर ढकालको नाममा १ विकेट रह्यो ।

जवाफी ब्याटिङ गरेको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै लक्ष्इ प्राप्त गरेको छ ।

टोलीको लागि ओपनर रित गौतमले उत्कृष्ट प्रदर्शन गरे । ४५ बल खेल्दै गौतमले ५ चौका सहित नटआउट ३९ रन बनाए । त्यस्तै आशिफ शेखले १८ बलमा ३ चौका र १ छक्का सहित २६ रन बनाए भने पवन शर्राफले १४ बलमा २ चौका र १ छक्का सहित १९ रन बनाए । कप्तान रोहित पौडेलले १ बलमा एउटा छक्का प्रहार गर्दै खेल नेपालको पक्षमा पारे ।

मलेशियाको लागि अफिक स्याकिर र स्यूक्री मडेलीले समान १ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका शर्राफ प्लेयर अफ द म्याच चुनिए ।

नेपालले शनिबार वर्षाले प्रभावित खेलमा युएईसँग दुर्भाग्यपूर्ण रुपमा १ रनले हार्नुले नेपालको विश्वकप छनौट हुने सम्भावनालाई ठुलो ठेश पुगेको छ । हालसम्म तीन खेल खेलेको नेपालले ४ अंक मात्र जोडेको छ ।

अर्कोतर्फ भाग्यले साथ दिएको युएई ३ खेलमा ६ अंक जोडिसकेको छ । अबको दुई खेलमा युएई विजयी भएमा नेपालको विश्वकप खेल्ने सपना चकनाचुर हुनेछ ।
युएई एक खेलमा मात्र पराजित भएमा उत्कृष्ट रन रेट भएको नेपालको सम्भावना ह्वात्तै बढेर आउने देखिएको छ ।

 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका