प्रथम राष्ट्रिय परिचयपत्र वाहक १०२ वर्षीय वृद्धाको निधन


फिदिम, २ वैशाख । नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ ।     

दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए । उनको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ ।

नेपालमै पहिलो पटक गत मङ्सिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेका थिए । गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरेका थिए ।

भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको शुरुआत समेत गरिएको थियो । गत वर्षको असार ५ गते भण्डारीको जैविक तथा वैयक्तिक विवरण सङ्कलन गरेर विवरण सङ्कलन कार्यको सुरुआत भएको थियो । दिवङ्गत भण्डारीका दुई छोरा र एक छोरी छन् ।

पाँचथरमा जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको फिल्ड कार्यालय तथा इलाका प्रशासन कार्यालय रवीबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तथा राष्ट्रिय परिचयपत्र वितरण कार्य भइरहेको छ । जिल्लाका ६० वटै वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शिविर तथा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन भइसकेको फिल्ड कार्यालयले जनाएको छ । नेपाल सरकारले पाँचथरका एक लाख १० हजार नागरिक तथा सिंहदरबारका सात हजार कर्मचारीलाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यअनुसार कार्य भइरहेको छ । रासस

 

काठमाडौंको सडक जाम पार्दै राष्ट्रपति भण्डारी चीन प्रस्थान

  काठमाडौँ, ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छिन् । उनी चीन जाने कारण देखाइ ट्राफीक प्रहरीले

बस दुर्घटना : पाँचको मृत्यु, ३४ घाइते

डोटी, ११ वैशाख । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको

मदिराले धानेको राजश्व

चितवन, ११ वैशाख। आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस

बाह्र वर्षपछि सडक विवाद मिल्यो

जाजरकोट, ११ वैशाख । निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलाउन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् । विभिन्न