काँग्रेसमा कचिंगल, संकटमा सिटौला

काठमाडौँ । नेपाली कांग्रेस गुटबन्दीको शिकार मात्र भइरहेका छैनन्, मार्गचित्रविहीन जस्तो देखिदै गएका छन् । प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने कांग्रेस आन्तरिक कहल मै अल्मलिएको छ । पार्टीभित्रको आन्तरिक विवादले केन्द्रदेखि तल्लो तहसम्म, भ्रातृ संगठनदेखि वर्गीय समितिमा समेत जरो गाडेको देखिन्छ । भागवण्डाका विवादले कांग्रेस अन्यौलग्रस्त अवस्थामा पुगेको छ ।

कांग्रेसभित्र बढेको गुटबन्दी, अविश्वास र असन्तुष्टिले नेता, कार्यकर्ता दुवैलाई निरास बनाइरहेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको अविश्वासको सिकार बनेका छन् । देउवा र पौडेलमा ६० र ४० को भागवण्डा मिलाएर अघि बढ्ने सहमति गरे पनि तेस्रो समूहको नेतृत्व गरेका सिटौला समूहलाई भागवण्डा नगर्दा उनी रुष्ट बनेका छन् । पौडेलको भागबाट सिटौलालाई दिनुपर्ने देउवाले भने पनि पौडेलले नमानेपछि आफ्नै भागबाट दिन देउवा तयार भएका छन् । तर सिटौलाले आफू देउवा र पौडेल कुनै पनि गुटमा नभएको बताएर छुट्टै भाग खोजेका छन् । जसले गर्दा सिटौला समूहको व्यवस्थापन यतिवेला देउवाका लागि एउटा सकसका रूपमा देखा परेको छ ।

 
पौडेलको भागबाट सिटौलालाई दिनुपर्ने देउवाले भने पनि पौडेलले नमानेपछि आफ्नै भागबाट दिन देउवा तयार भएका छन् । तर सिटौलाले आफू देउवा र पौडेल कुनै पनि गुटमा नभएको बताएर छुट्टै भाग खोजेका छन् । 

पार्टीका विभिन्न विभागहरू गठनमा समेत सिटौला समूहलाई व्यवस्थापन गर्न समस्या भएको हो । केन्द्रीय समिति बैठकसमेत सहज रुपमा संचालन गर्न नसकेका कारण समाधानको खोजी गर्न बैठक बसेको भए पनि सिटौलाका वहिस्कारले केही निकास आएन ।

असन्तुष्टिको जड कारण भनेको सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई काखी च्यापेर कार्यसम्पादनदेखि सवै विभाग तथा तहमा ४० प्रतिशत भागबन्डा दिने सहमति गरेपछि नेतृत्वलाई आफूलाई अपमानित गरेको भन्दै सिटौला क्रुद्द भएका छन् ।

पौडेल र सिटौलाले जिल्ला सभापतिमार्फत आफूलाई कमजोर बनाउन विभिन्न खेल खेलेपछि देउवाले पौडेल र सिटौलाको अघोषित गठवन्धन टुटाउन खेल खेलिरहेका छन् । पौडेललाई छुट्याएको ४० प्रतिशतबाटै सिटौला पक्षका नेताहरुलाई पनि समेट्न आग्रह गर्नु र पौडेलले नमान्नुले पौडेल र सिटौलावीच समेत दुरी बढ्ने देखिएको छ ।

नेता सिटौलाले पार्टीभित्र विभाग गठनमा समेत भागबन्डा हुने गरेको उल्लेख गर्दै त्यसमा पनि आफूलाई अपमान गर्ने काम भइरहेको बताएका छन् । उनले भनेका छन् ‘इमान्दार, सक्षम व्यक्तिहरूलाई किनारामा राखेर आफ्नो पकेटका मान्छेलाई जिम्मेवारी दिने काम पार्टी नेतृत्वले गरेपछि पार्टीभित्र कसरी एकता हुन्छ ?’

नेता सिटौलाले युवा सक्षम र इमान्दार भए पनि पार्टी नेतृत्वले सधैं किनारामा पु¥याउने गरेको भन्दै आक्रोस पनि व्यक्त गरेका छन् । उनले संवैधानिक आयोगहरूको नियुक्तिमा सरकारले संविधान र कानुन मिच्दा पनि त्यसको विरोधमा बोल्न नसकेको भन्दै सभापति देउवाको चर्को आलोचना समेत गरेका छन् । नेता सिटौलाले पार्टीभित्र योग्यता र क्षमताको आधारमा जिम्मेवारी नदिएकै कारण पार्टी आज कमजोर अवस्थामा पुगेको स्पष्ट पारेका छन् ।

 
जिल्ला सभापतिहरुको ठमेलमा बसेको एक भेलाले देउवाले विधान नसच्याए विशेष महाधिवेशन बोलाएर उनलाई सभापतिबाटै हटाउने चेतावनी दिएका छन् । कांग्रेसको विधान अनुसार एक चौथाई महाससमिति सदस्यले माग गरेमा विशेष महाधिवेशन बोलाउनु पर्छ । 


तीन तहको निर्वाचनमा नराम्रोसँग पराजय भोगेपछि नेपाली कांग्रेसका नेताहरु सुध्रिन्छन्, गुटबन्दी, आरोपप्रत्यारोप छोड्छन् भन्नेमा दोस्रो तहका नेता तथा कार्यकर्ता आशावादी थिए । तर शीर्ष नेताहरुले आफूलाई सुुधार्दै पार्टीलाई सशक्त बनाउने भन्दा पनि झनझन कमजोर बनाउँदै लगेका छन् ।

पार्टी नेतृत्व सक्षम नभएकै कारण पार्टीको झन कमजोर बन्दै गएको सो पार्टीका नेताहरुले सार्वजनिक रुपमै अभिव्यक्ति दिन थालेका छन् । महामन्त्री शशांक कोइरालाले पार्टीका नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर अघि बढ्नुपर्ने चेतावनी दिएका छन् भने शेखर कोइरालाले कांग्रेस इतिहासमै कमजोर र संकटमा पुगेको स्वीकार गरेका छन् । नेता कोइरालाले कांग्रेसभित्र अहिले चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य संकटमा परेको बताएका छन् । उदयपुरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को नयाँ कार्यालय स्थापनाको अवसरमा मंगलबार नेता कोइरालाले पार्टीको मूल नेतृत्वकर्ताहरु नै अहिले विभिन्न गुटउपगुटमा लागेका कारण केन्द्रदेखि जिल्ला–जिल्लासम्म पार्टी साह्रै कमजोर बन्ने अवस्थामा पुगेको बताए । 

केन्द्रीय सदस्य कोइरालाले पार्टीका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटो बिर्सेर केन्द्रीय नेतृत्वहरु एक्लाएक्लै हिँड्न खोज्दा पार्टी कमजोर बन्न पुगेको दावी गरेका छन् ।

नेताहरुबीच भागवण्डामा मात्र होइन, विधान सम्वन्धी विवादले समेत दिनप्रतिदिन तनाव बढिरहेको छ । फागुन १२ गतेको केन्द्रीय समिति वैठकले विधानलाई वहुमतका आधारमा पारित गरेपछि त्यसमा संस्थापन पक्ष वाहेक सबै नेता असन्तुष्ट भएका छन् । महासमिति वैठकको निर्देशन अनुसार स्वतः प्रतिनिधि हुने व्यवस्था हटाउनु पर्ने र आरक्षण एक पटक मात्र हुनुपर्ने पौडेल, सिटौला पक्षका नेतादेखि जिल्ला सभापतिहरुको माग छ । तर देउवाले वहुमतका आधारमा विधान अनुमोदन गराएपछि बढेको असन्तुष्टिले पार्टीभित्र थप ध्रुविकरण बढाएको छ ।

जिल्ला सभापतिहरुको ठमेलमा बसेको एक भेलाले देउवाले विधान नसच्याए विशेष महाधिवेशन बोलाएर उनलाई सभापतिबाटै हटाउने चेतावनी दिएका छन् । कांग्रेसको विधान अनुसार एक चौथाई महाससमिति सदस्यले माग गरेमा विशेष महाधिवेशन बोलाउनु पर्छ । ५१ जिल्ला सभापतिको त्यस्तो निर्णयलाई देउवाले सानो झण्डको संज्ञा दिँदै विशेष महाधिवेशन बोलाएर देखाउनु चुनौती दिएका छन् । असन्तुष्टको मागलाई सम्वोधन गर्ने भन्दा पनि देउवा अधिनायकवादी शैलीमा अघि बढ्नुले पार्टीभित्र थप निरासा बढ्नुका साथै नेतृत्वप्रति असन्तुष्टहरु बढ्दै गएको देखिन्छ । (प्रकाश खबरबाट)

नारायणीमा दशैँदेखि पानीजहाज

चितवन  । नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ । पानीबाहिर राखेर निर्माण गरिँदै आएको

मुलुकबाट बाहिरियो ९१ अर्ब

काठमाडौँ — गत जेठसम्म मुलुक भित्रने भन्दा ९१ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको ११ महिने ‘देशको

कता हरायो उपत्यकाका नदी सङ्लो पार्ने योजना ?

काठमाडौं । बढ्दो शहरीकरण, तीव्र जनसंख्या वृद्धि लगायत कारणले काठमाडौं उपत्यकाका नदी तथा विभिन्न खोला नाला दैनिक दुर्गन्धित बनिरहेको छ । दुर्गन्धित

कांग्रेसमा कोइराला परिवारको सक्रियता

काठमाडौं : कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार