आन्तरिक पर्यटकको चहलपहल बढ्दो 

अछाम, १ वैशाख । पर्यटकीय क्षेत्र रामारोशनमा नयाँ वर्ष मनाउनका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

 नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गतेमा सुन्दर र रमणीय स्थानको भ्रमण गरेर वर्षको सुखद शुरुवात गर्ने हेतुले अछाम जिल्लाभित्र र जिल्लाबाहिरका आन्तरिक पर्यटक रामारोशन क्षेत्रमा पुगेका हुन । 

नयाँ वर्षमा रामारोशन घुम्नका लागि अछामको मङ्गलसैन, साँफेबगर, विनायकसहित विभिन्न स्थान, छिमेकी जिल्ला डोटी, कालीकोट र कैलालीबाट समेत आन्तरिक पर्यटक रामारोशन आएका छन् । उनीहरुले रामारोशनका विभिन्न ताल, सुन्दर फाँट र थरिथरिका फुलेका लालीगुराँसको अवलोकनका साथै त्यस क्षेत्रको प्राकृतिक सुन्दरतासँग रमाएको रामारोशन गाउँपालिका योजना शाखा प्रमुख दलबहादुर  साउदले बताए ।  

नयाँ वर्षको अवसरमा रामारोशन घुम्न आएका काठमाडौँका रवीन श्रेष्ठले प्राकृतिक रुपमा निकै सुन्दर र रमणीय रहेको रामारोशन घुम्न पाउँदा आफूलाई निकै खुशी लागेको बताए । रामारोशनको मनमोहक दृश्यले आफूलाई लोभ्याएको समेत श्रेष्ठले बताए । 

रामारोशनको रामेसम्मै जीप तथा मोटरसाइकल जस्ता सवारी साधनको पहुँच भएकाले नयाँ वर्ष मनाउनेका लागि थप सहज भएको बताइएको छ । बाह्र बण्ड र अठार खण्डका नामले समेत परिचित सुदूरपश्चिमको सुन्दर पर्यटकीय क्षेत्र रामारोशन घुम्न र त्यहाँ रमाउनका लागि यतिबेलाको मौसम समेत अनुकूल रहेका कारण यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या समेत अरु बेला भन्दा बढेको जनाइएको छ । 

नयाँ वर्षको पहिलो दिन मात्रै रामारोशन घुम्नका लागि एक हजार बढी पर्यटक रामारोशन पर्यटकीय क्षेत्रमा प्रवेश गरेको रामारोशन गाउँपालिकाले जनाएको छ ।   

राजाहरुले नै हेलाँ गरेको दरबारको कथा

लमजुङ । सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा

सगरमाथा शिखरमा आरोहीको घुँईंचो

 काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको

नेवानिलाई कमाउने मौका ?

काठमाडौं, ८ वैशाख । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि) अहिले कर्मचारी संचय कोष र नागरिक लगानी कोषको नियमित किस्ता तिर्न नसकेर

सिञ्जा पर्यटकीय गन्तव्यको सूचीमा

खस भाषाको जन्मथलो जुम्लाको सिञ्जाले पर्यटकीय गन्तव्यको पहिचान पाएको छ । भाषा साहित्यको महत्व बोकेको सिञ्जा सभ्यता यतिखेर सङ्कटमा छ । यहाँका