पर्यटन प्रवद्र्धन सांसदको पदयात्रा

साँखु, १ चैत । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ वर्ष विसं २०७६ को पूर्वसन्ध्यामा प्रदेशसभा सदस्य कुसुमकुमार कार्की लगायतको टोलीले शनिबार पदयात्रा गर्ने भएका छन् । 

शिवपुरी एकीकृत पर्यटन विकास समितिको आयोजना तथा प्रदेशसभा सदस्य कार्कीको पहलकदमीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अवलोकन भ्रमण गर्ने भएका हुन् । 

बूढानीलकण्ठ नगरपालिका–११ राष्ट्रिय शहीद तथा शान्तिपार्क स्मारकबाट शुरु हुने उक्त पदयात्रा बूढानीलकण्ठ नगरपालिका–२ को पञ्चकन्या कोटको थुम्कोमा पुगी समापन हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

नगरपालिकाभित्र पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेकाले पदयात्राबाट त्यस क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनमा सहयोग पुग्ने प्रदेशसभा सदस्य कार्कीले बताए । यस क्षेत्रलाई ठूलो पर्यटकीय क्षेत्रका रुपमा विकास गराउन पदयात्राको आयोजना गरिएको कार्कीले बताए ।

राजधानीमै स्वच्छ वातावरणसहित मनमोहक पर्यटकीयस्थल रहेकाले यसको प्रवद्र्धन गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना रहेको उनको धारणा थियो । कार्कीले उक्त क्षेत्रमा ध्यान मुद्रामा बसेको शिवको मूर्तिसमेत निर्माण गर्ने योजना रहेको बताए । रासस    

अनियमितताको आरोप लागेका वृद्ध पूर्वकर्मचारीद्वारा आत्महत्या

काठमाडौं, ३ साउन । अनियमितताको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको

मनसुनको सक्रियता सामान्य हुँदै

काठमाडौँ, ३ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको

बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर, ३ साउन । एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१०

छतबाट खसेर मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ ।  तीनतले घरको छतमा चिप्लिएर लडेपछि