ओलीलाई शशांकको सुझाव– ‘पहिला सार्वजनिक यातायात सुधार अनि पानी जहाजका गफ’


बनेपा । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीलाई सार्वजनिक यातायातमा सुधार गर्न सुझाव दिएका छन् । नयाँ वर्षको पहिलो दिन यहाँ आएका कोइरालाले सम्भव नहुने आश्वासन भन्दा सम्भव हुनसक्ने सार्वजनिक हितको काम गरेर देखाउन ओलीलाई सुझाएका हुन् ।

महामन्त्री कोइरालाले भने– ‘नेपालमा अहिले पानीजहाज चलाउनुभन्दा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन आवश्यक छ ।’  कांग्रेस बनेपा नगरसमितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने– ‘ओली सरकार जनताका अत्यावश्यक काम गर्ने भन्दा ठूला–ठूला सपना बाँड्न लागेको छ ।’ 

कोइरालाले भने–‘नेपाली नागरिक अहिले सार्वजानिक यातायातमा सुधार खोजिरहेका छन् । तर प्रधानमन्त्री रेल र पानी जहाजको सपना बाँडिरहनुभएको छ । सरकारले काम भन्दा बढी गफ गर्न लागेको छ । यो राम्रो होइन ।’ 

  कोइरालाले प्रधानमन्त्री ओली जनताका आवश्यकता पूरा गर्ने भन्दा आफू शक्तिशाली बन्ने बाटोको खोजीमा मात्र लागेको आरोप लगाए । उनले भने– ‘आम नेपाली सहज दैनिक जीवनयापनको बाटो खोजिरहेका छन् । तर प्रधानमन्त्री ओली न्यायालय आफ्नो पक्षमा पार्ने, नेपाली सेनाको शक्ति आफ्नो हातमा लिने, प्रहरी, प्रशासनमा आफ्नो हात माथि पार्ने बाटोको खोजीमा हुनुहुन्छ ।’ 

कोइरालाले आफू कांग्रेसलाई भावनात्मक रुपमा एक बनाउने अभियानमा रहेको समेत स्पष्ट पारे । उनले भने– ‘कम्युनिष्टको दुईतिहाइको सरकार  छ । यो दुईतिहाइको सरकार अझै शक्ति आर्जन गरेर अधिनायकवादी बन्ने बाटोमा छ ।’  
 

 राजपामा रडाको: सरकारमा नटिक्नुको यस्तो छ कारण

             काठमाडौँ, १० वैशाख । फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी

नेकपाका यी हुन् जिल्ला अध्यक्ष र सचिव

काठमाडौं । एकताको करिब एकवर्षपछि नेकपाले ७७ वटै जिल्लाको पार्टी अध्यक्ष टुंगो लगाएको छ । सोमबार सार्वजनिक गरिएको विवरण अनुसार, पूर्व माओवादीको भागमा

यी हुन् पूर्व माओवादीको भागमा परेका जिल्ला अध्यक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाले करिब एकवर्षको गृहकार्यपछि जिल्ला स्तरीय पार्टी नेतृत्वको टुंगो लगाएको छ। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल

नेकपा: सबै जिल्ला अध्यक्ष छानिए,नाम भने गोप्य 

काठमाडौं । एकवर्षदेखि विवादको बिषय बनेको नेकपा एकताको काम टुंगिएको बुझिएको छ । आईतबार साँझ बसेको सचिवालय बैठकले सबै जिल्लाका अध्यक्ष र सचिबको नाम