‘विगतमा कमीकमजोरी भएका छन्,आत्मसमीक्षा गरौं’- पूर्व राजा ज्ञानेन्द्र 


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विगतमा सबै पक्षबाट कमीकमजोरी भएको इतिहास कोट्याउँदै त्यसको आत्मसमीक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०७६ सालको अघिल्लो दिन शुभकामना दिँदै शाहले भनेका छन्, “विगतमा हामीबाट जे जस्ता कमिकमजोरी भए, तिनको आत्मसमीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान हुनु र एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।”

 
मुलुकप्रति आफ्नो आस्था र निष्ठा अडिग रहेको चर्चा गर्दै पूर्व राजा शाहले देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकिकरणको सिद्धान्तअनुरुप कार्यापालिका, व्यवस्थापिका र न्यायपालिका सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

हालै देशका तराई र पहाडका केही जिल्ला सदरमुकाम घुमेर भव्य स्वगत सम्मान पाएका शाहले ‘जनताको घरदैलोमा पुग्दा अनगिन्ती समस्या र पीडा रहेको पाएको’ बताएका छन् । उनले भनेका छन्, “लाखौं नेपाली काम, दाम र मामका निम्ती विदेशी भूमिमा भौतारिनुपर्ने, देशमै शिक्षा, स्वास्थ्य एवम मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने यस्तो नाजुक अवस्था कहिलेसम्म रहने ?”

शाहको भनाई छ, “स्वतन्त्र, सार्वभौम, स्वाधीन एवम् मौलिक गौरवको विशेषता राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ ।”
 

विप्लवका जुम्ला सेक्रेटरी समातिए

 जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले

 सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते,चालक फरार

बर्दिबास । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा

काठमाडौँ, ६ साउन । सोसाइटी अफ मोडर्न आर्टिष्ट(सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने

खलंगामा बत्ती नआउने औपचारिक घोषणा, २२ हजार उपभोक्ता अन्धकारमा

जुम्ला । कुरा सुन्दा पनि अच्चम लाग्न सक्छ । हामीले अहिलेसम्म विद्युत उद्घाटन भएको, गाउँबस्ती अँध्यारो मुक्त भएको खबर सुनेका छौं । तर जुम्लामा भने,