मेरी ‘सुजाता’लाई शुभकामना !

 

सोचेको होलाऊ तिमीले प्रिया,
म चोट र पीरमा चुर्लुम्मै डुबेर
हतास र दुःखी छु भनि–
सोचेको होलाऊ तिमीले प्रिया,
नशाको वेहोसी हालतमा
अर्धचेतन वनि मूर्दा झै ढलेको होला

 

तर... हेर त मलाई– प्रिया
संसारलाई गर्लम्म अँगालो हालेर
कति खुशी भै हाँसेको छु
चोट र पिडाहरुलाई एकातिर थन्काएर
निर्धक्क, बिन्दास जीवन बाँचेको छु
झोक्राएको कहिल्यै देखेको छ्यौ ?

 

आँखाबाट पीर बनि आँसु खसाको 
कहिं कतै भेटेको छ्यौ प्रिया ?
हेर न– म त सधैं भिडमा पसेर
खुशी भै अविरल नाँचेको छु
अरुको दुःख र कष्टसँग हातेमालो गर्दै
छिनछिनमा तिम्रै सम्झनामा 
हाँस्दै हाँस्दै पनि नराम्ररी रोएको छु

 

साँच्चै भनुँ प्रिया– 
विगत र वर्तमानलाई एक सिरामा गाँसेर
आगतको लागि मीठा मीठा सपनाहरु
धेरै धेरै साँचेको छु

 

...र... कहिं कतै मैले देखेका सपनाहरु
नविथोलियोस् भनेर नजर 
चनाखो र खुल्ला राखेको छु
रै पनि यो मन कहिले काहिं
वेचैन वनिदिन्छ, 

 

एक्लोपनको आभास अनायासै भैदिन्छ
जव–खुशीको क्षणहरुले अंकमाल गर्छ मलाई
एकान्तसँग साउती गर्न सक्दिन
तव– एकतमासले मन निस्सासिन्छ
जब–पीडाहरुमा डाको छोडेर रुन मन लाग्छ
एकान्तमा न्यानो काख पाउँदिन 
तब–मन टुहुरो लाग्छ

 

तैपनि वियोगको चोटलाई कुल्चँदै कुल्चँदै
बाँची रहेछु, हाँसी रहेछु
फगत– म तिम्रै लागि

 

लाग्छ, वरु मेरो आयु सुख, खुशी सवैसवै
तिमी मै थपिओस्, गाँसिओस, टाँसिओस
म त तिम्रो खुशीको चम्किलो मुहार
एक कुनामा बसी नियाल्न सकुँ
अनुपम ती पलहरु, क्षणहरु
मुटुभित्र, छातीभित्र साट्न सकुँ...

 

 र अन्त्यमा
मेरो ‘कालु’ मेरो ‘सुजाता’–
लाखौं लाख शुभकामना छ नयाँ वर्ष २०७६ को
बस– शुभकामना !!!

(फुटबलका कुशल खेलाडि र प्रशिक्षक मंगेश बस्नेत एक सिध्दहस्त कवि पनि हुन् । उनको कविता संग्रह निकट भविष्यमा प्रकाशन हुन लागेको बुझिएको छ । नयाँ वर्षको शुभकामना सन्देश स्वरुप भर्खरै उनले लेखेको यो कविता उनकै फेसबूकवालबाट साभार गरिएको हो ।)

 यसपाली शान्ति ठटालले पलेँटी मार्ने,दार्जिलिङ र सिक्किमको संगम

काठमाडौं । यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी श्रृंखला’ मा दार्जिलिङ र सिक्किमको संगम हुने भएको छ । यसका निम्ति दार्जिलिङबाट संगीतकार शान्ति

 ‘देउरालीको फूल’ लिएर आए युवराज

काठमाडौं । कवि तथा गीतकार युवराज अधिकारीको ‘देउरालीको फूल’ शीर्षकको गीति अल्वम सार्वजनिक भएको छ । सुपरिचित र लोकप्रिय गायकका स्वरमा सजिएका

फाल्नुपर्ने औषधीको खोलबाट कलाकारिता

काठमाडौँ, १९ वैशाख । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता (खोल) तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ

कलामा देखियो भोटेकोशीको सभ्यता

काठमाडौँ, १३ वैशाख । सिन्धुपाल्चोक, भोटेकोशीमा विकास भएको सभ्यता संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने लक्ष्यका साथ तीनदिने कला कार्यशाला सम्पन्न