खेलाडीलाई बास बस्न होटल अभाव

 दाङ । राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा टेबलटेनिस र बास्केटबल प्रतियोगिता सञ्चालन भइरहँदा खेलाडी र खेलप्रेमीहरु भने उचित वसोवासको समस्यामा रहेका छन् । खेलकूदको लागि देशभरका सातवटै प्रदेशका खेलाडी, खेलसँग सम्बन्धित व्यक्ति र खेलप्रेमी दाङ आएका छन् ।
 बुधबार र बिहीबार उद्घाटन भएका दुई खेल क्रमश टेबलटेनिस र बास्केटबल दुबै घोराहीमा सञ्चालन भइरहेका छन् । दुबै खेलमा देशभरबाट करीब दुई हजारदेखि दुई हजार २०० खेलसँग सम्बन्धित व्यक्ति यहाँ आएका छन् । दाङमा अन्य पाँचवटा खेलको औपचारिक उद्घाटन हुन बाँकी छ । 
 जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष कैलाश रोकामगरका अनुसार जिल्लामा आएका सबै प्रदेश र विभागीय समूहका खेलाडीलाई समितिले यहाँका विभिन्न ठूला तथा मध्यमस्तरका होटेलमा खान बस्नको व्यवस्था गरेको छ । सबै खेलाडीलाई सुविधासहितको होटलमा बसाउनका लागि मुस्किल भइरहेको छ । 

‘‘होटल थोरै भए, पाहुना धेरै भए’’ कोषाध्यक्ष रोकाले भने, “पाएक पर्ने ठाउँमा धेरै खेलाडी र खेलसँग सम्बन्धित व्यक्ति अटाउन सक्ने अवस्था    छैन ।” लमही र तुलसीपुरमा हुने खेलमा त्यहाँ प्रर्याप्त होटल नहुँदा घोराही ल्याएर बसाउनुपर्ने बाध्यता छ । 

खेल खेल्नका लागि भौतिक पूर्वाधार र खेलमैदान तयार पारे पनि बाहिरबाट आउने पाहुनालाई सजिलै, सस्तो दरमा धेरै व्यक्ति राख्न मिल्ने होटल नहँुदा समस्या भएको उनको भनाइ छ । खेलकूद विकास समितिको जिम्मेवारीमा खेलाडीलाई होटेल व्यवस्थापनको काम गरिरहनुभएका बक्सिङ प्रशिक्षक सुमन घलेका अनुसार अहिले जिल्लामा खेलाडी र खेलसँग सम्बन्धितलाई मात्र पनि जिल्लामा बस्नका लागि होटेल पुगिरहेको  छैन । 
भत्ता अपर्याप्त

राष्ट्रिय खेलकूद परिषद्ले प्रतिखेलाडी खान बस्नको लागि रु एक हजार ४०० दैनिक भत्ता उपलब्ध गराएको छ तर यहाँका केही होटलले सरकारले उपलब्ध गराएको भत्ताभन्दा पनि बढी पैसा मागेपछि समस्या भएको हो । 

अहिले प्रत्येक खेलका समूहलाई यातायातको लागि बसको सुविधा दिइएको छ । एउटा खेल सञ्चालन गर्दा कम्तीमा पनि २० वटा होटेलको आवश्यकता देखिएको जिल्ला खेलकूद विकास समितिको भनाइ छ । 

समितिले दिएको तथ्याङ्कअनुसार खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायलगायत सबै प्राविधिकसहित जिल्लामा सञ्चालन हुन लागेको एथ्लेटिक्समा ४०५ जना, कराँतेमा ३६३, टेबल टेनिसमा १८४ जना, ब्याडमिन्टनको लागि २१० जनालाई जिल्लाका होटेलमा राख्नुपर्ने अवस्था छ ।

 त्यस्तै बास्केटमा ३०५ जना, क्रिकेटमा ४०१, फुटबलमा २५०जनालाई होटलमा बसाउनुपर्ने छ । त्यसमा पनि खेलाडीका आफन्त, अन्य खेलप्रेमी गरेर तोकिएको भन्दा झण्डै तीन गुणा पाहुना दाङ आएका छन् । अहिले घोराहीमा रहेका करीब दुई दर्जन बढी होटेल, लजमा खेलसँग सम्बन्धित भरिभराउ छन् ।

जिल्ला होटेल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी भने आफूहरुसँग समन्वय नभएको कारण यहाँका धेरै होटेल खाली छ । अन्य मध्यमस्तरका धेरै होटेल पनि खाली छ ।  अहिले घोराहीमा मात्रै खान, बस्नसहितको सुविधा भएको ठूला र मध्यमस्तरका ५१ वटा, तुलसीपुरमा एक दर्जन र लमही, बालुवाङमा आधादर्जन होटेल भएको उनले जानकारी दिए।  रासस

मलेसियालाई हरायो नेपालले, अर्को खेल बिहिबार

काठमाडौं, ११ वैशाख । एसियाली क्षेत्रको यू १६ स्तरको प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन नेपालले मलेसियामाथी विजय पाएको छ ।  थाइल्याण्डमा जारी

तङ्ग्रिदै भूकम्पले क्षतिग्रस्त बनाएका खेल संरचना

काठमाडौँ, ११ वैशाख । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त खेलकूदका संरचना क्रमिकरूपमा पुनःनिर्माण हुँदैछन्

आठौँ खेलकूद : नेपाली खेलकूदको युग परिवर्तन

राँझा, ११ वैशाख । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक

अन्तर्राष्ट्रिय कराँतेमा नेपाल चम्कियो, २० स्वर्णपदक सहित समूह विजेता

पटना, ११ वैशाख ।  २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ