नेपालको ठूलो जीत, सिंगापुर ६५ रनमै अलआउट

काठमाडौं, २९ चैत । आईसीसी यू–१९ क्रिकेट वल्र्ड कप एशिया क्वालिफायर २०१९ अन्तर्गत आज भएको खेलमा नेपाली यू १९ टोलीले सिंगापुर यू १९ लाई २१७ रनले हराएको छ ।

क्वाला लुम्पुरमा भएको खेलमा यसअघि सिंगापुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । 

नेपालले १८ रनमै २ विकेट गुमाएपनी तेश्रो विकेटको लागि रोहित पौडेल र पवन शर्राफले ९० रनको साझेदारी गरेका थिए । अन्य साझेदारी खासै नचलेपनी सातौं विकेटको लागि रोहित र रसिद खानले ७७ रन जोड्न सफल भए ।

नेपाली टोलीका लागि कप्तान रोहित ९५ रन बनाएर आउट भए । उनले १०५ बलमा १ छक्का र ७ चौका प्रहार गरेका छन् । त्यस्तै रसिद खानले ४ चौका र २ छक्का सहति ४७ बलमा ४८ रन बनाए । विस्फोटक ब्याटिङ गरेका कमल सिंह ऐरीले पनि ३ छक्का र १ चौका सहित १८ बलमा ३१ रन बनाए ।

ओपनर पवन शर्राफले ५३ बलमा ४ चौका र २ छक्का सहित ४७ रन बनाए भने भिम सार्कीले १९ बलमा २६ रन बनाए । कुशल मल्लले पनि १० रनको योगदान दिए ।  सिंगापुरको लागि अथर्व गुणीले ४ विकेट लिए भने विनित मेहता र राउल शर्माले समान २ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको सिंगापुरले नेपाली स्पीनरहरुको सामना गर्न नसक्दा सस्तैमा समेटिनु प¥यो । स्पीनर विरुद्ध सात विकेट गुमाएको सिंगापुरले ३१ ओभरमा ६५ रन बनाउँदै अलआउट भयो ।

पवन शर्राफले घातक बलिङ गर्दै सिंगापुरलाई धराशायी बनाए । ६ ओभर बलिङ गरेका उनले ५ मेडन राख्दै ५ रन दिइ ३ विकेट लिएका छन् । त्यस्तै कुशल मल्लले ८ ओभर बलिङ गर्दै ३ मेडनका साथ १७ रन दिइ २ विकेथ लिए भने सूर्य तामाङले ७ ओभर बलिङ गर्दै २ मेडनका साथ १५ रन दिइ २ विकेट लिए । पेसर रसिद खानले १ विकेट लिए भने दुई खेलाडी रन आउट भए । 

अलराउन्ड प्रदर्शन गरेका पवन शर्राफ प्लेयर अफ द म्याच चुनिए । 

नेपालको टोलीले यू १९ विश्वकपमा पुग्नको लागि यो प्रतियोगितामा उत्कृष्ट हुनुपर्ने समिकरण रहेको छ । नेपालको आगामी खेल भोली अर्थात् शनिबार युएई विरुद्ध हुने तालिका रहेको छ । 
 

मलेसियालाई हरायो नेपालले, अर्को खेल बिहिबार

काठमाडौं, ११ वैशाख । एसियाली क्षेत्रको यू १६ स्तरको प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन नेपालले मलेसियामाथी विजय पाएको छ ।  थाइल्याण्डमा जारी

तङ्ग्रिदै भूकम्पले क्षतिग्रस्त बनाएका खेल संरचना

काठमाडौँ, ११ वैशाख । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त खेलकूदका संरचना क्रमिकरूपमा पुनःनिर्माण हुँदैछन्

आठौँ खेलकूद : नेपाली खेलकूदको युग परिवर्तन

राँझा, ११ वैशाख । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक

अन्तर्राष्ट्रिय कराँतेमा नेपाल चम्कियो, २० स्वर्णपदक सहित समूह विजेता

पटना, ११ वैशाख ।  २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ