मलेशियाको कलिङ भिसाधारी ६४ ले पाए श्रम स्वीकृति


काठमाडौँ, २९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् ।

सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए । “सरकारले खुला गरेपछि मलेशिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ”, उनले भने। सरकारले जेठदेखि मलेशिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उनी बताउँछन् ।
 
मलेशियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका सम्पूर्ण कामदारलाई नियमितरूपमा श्रम स्वीकृति दिइने उनले बताए । श्रम कार्यालय ताहाचलले १७ गते नै कामदार पठाउन अनुमति पाएको भए पनि २५ गतेबाट मात्र श्रम स्वीकृति दिन शुरु गरेको थियो । जसमध्ये पहिलो दिन २५ गते दुईले श्रम स्वीकृति लिएका थिए । त्यस्तै २६ गते १७, २७ गते सात र २८ गते ३८ जनाले श्रम स्वीकृति लिइसकेका छन् । रासस
     
            

 

मदिराले धानेको राजश्व

चितवन, ११ वैशाख। आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस

शिवम् सिमेन्ट्सको शेयरधनीलाई १५ प्रतिशत नगद लाभांस

काठमाडौं, १० वैशाख । शिवम् सिमेन्ट्स लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।  पब्लिक कम्पनीमा परिणत भइसकेपछि शिवम् सिमेन्टले

काठमाडौँमा पाँच हजार साना उद्योग दर्ता

काठमाडौँ, १० वैशाख । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी

लाभ कर नतिर्ने एनसेलको सीम प्रयोग नगर्न अपील 

काठमाडौं । नेपाल सरकारलाई पूँजीगत लाभ कर नतिर्ने एनसेलको सीम प्रयोग नगर्न अभियन्ताहरुले आव्हन गरेका छन् । उनीहरुले एनसेललाई कुनै पनि किसिमको